• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    बैठकस्थल नै घेरा हालेर प्रहरीले मध्यराति समात्यो नेकपाका १८ नेता कार्यकर्ता, नामसहित

    11K
    SHARES

    पोखरा । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका १८ नेता तथा कार्यकर्ता मध्यरातमा गिरफ्तार गरेको छ । पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल ‘क्रान्तिकारी’ को बैठक बसिरहेका बेला बैठकस्थल नै घेराबन्दीमा पारेर कास्की प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।

    अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा विद्यार्थी सङ्गठनको वैठक बसिरहेकै शनिबार अपरान्ह ४ बजेबाट प्रहरीले वैठकस्थलमा घेराबन्दी गरेको थियो । प्रहरीको नेकपा नेता कार्यकर्तालाई घेरा हालेपछि स्थानीय आमा समूहले प्रतिकार गरेको त्यहाँबाट एक प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई टेलिफोन गरेर जानकारी दिएका थिए ।

    तर प्रहरीले सबैलाई गिरफ्तार गरेर हिरासतमा राख्ने धम्की दिएपछि आमा समुह पछि हटेको ति प्रत्यक्षदर्शीले बताए । ४ बजेदेखिको घेराबन्दीमा राखेका नेता कार्यकर्तालाई राति १० बजे जिल्ला प्रहरी कार्यालयबाट थप फोर्स मगाएर गिरफ्तार गरेको बताइएको छ ।

    पक्राउ पर्नेहरुमा नेकपा कास्कीका सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपास्कीका जिल्ला सदस्य एवम् एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन राई, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, क्रान्तिकारीकै पीएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, विद्यार्थी नेता एवम् सहिदपुत्र सुजन सापकोटा र आस्था नेपाली लगायत छन् ।

    सो क्षेत्रमा नेकपाको बैठक बसिरहेको सूचनाका आधारमा प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई पुर्‍याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच नेकपा कास्कीले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीप्रति घोर आपत्ति जनाएको छ । आइतबार बिहानै एक विज्ञप्ति जारी गर्दै नेकपा कास्कीका इन्चार्ज रुपेशले हिजो २५ गते कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा न.. ११ उरीस्थित एक आमा समूहको घरमा बसिरहेका बखत दलाल सत्ताका मतियारहरुले बैठकस्थललाई घेरा हाली आतंक मच्चाएर व्यापक गिरफ्तारी गरेको भन्दै घोर भत्सर्ना गरेका छन् ।

    सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार सबैलाई निःशर्त रिहा नगरेर राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जाने समेत उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

    ‘संविधानले नै निर्धारण गरेको परिधिमा रही आफ्नो संगठनको बैठक बसरिहेका बेला गरिएको जनदमन र गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार साथीहरुको निःशर्त रिहाईको माग पनि गर्दछ । यदि राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जान समेत बाध्य हुने कुरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    आफ्नो दलाल सत्ता जोगाउन ओली सरकारले संविधानले नै मौलिक हकका रुपमा निधाृरण गरेको “विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने” अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको नेकपाको दावी छ ।

    विज्ञप्तिमा भनिएको छ -‘विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासविादी दलाल सत्ताले वैज्ञानिक समाजवादी राज्यस्थापनाका लागि देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवास्वप्न देख्दै व्यापक दमनमा उत्रिएको सर्वविदित्रै छ । आफ्नो दलाल सत्ता जोगाउन उसले संविधानले नै मौलिक हकका रुपमा निधाृरण गरेको “विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने” अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको छ ।’

    साथै सबै न्यायप्रेमी देशभक्त, राष्ट्रवादी, उत्पीडित समुदाय, ब्यबसायीहरु, बुद्धिजिवी, पत्रकार, मानवअधिकारवादी संघ संस्था, राष्ट्रसेवक लगायत सवैमा जनदमनको विरोधमा उत्रिन र जनताको राजनीतिक अधिकारको रक्षार्थ भए-गरेका संघर्षहरुमा सहयोग, समर्थन र ऐक्यबद्धता जनाईदिन नेकपाले अनुरोध पनि गरेको छ ।

    ता नेकपाले भने आफ्ना २२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ तर प्रहरीले भने १८ जनालाई मात्रै नियन्त्रणमा लिएको बताएको छ । २२ नेता कार्यकर्तालाई गिरफ्तार गरेर १८ जना मात्रै भन्नु कुनै षड्यन्त्र हुनसक्ने अन्यलाई बेपत्ता बनाउनसक्ने भन्दै नेकपाले आफ्नो ध्यान केन्द्रित भएको पनि जनाएको छ ।

    ‘नेपाल कम्युनिष्ट पार्टी
    जिल्ला संगठन समिति कास्की
    आदरणीय सञ्चारकर्मी, पत्रकार मित्रहरु,
    विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासविादी दलाल सत्ताले वैज्ञानिक समाजवादी राज्यस्थापनाका लागि देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवास्वप्न देख्दै व्यापक दमनमा उत्रिएको सर्वविदित्रै छ ।

    आफ्नो दलाल सत्ता जोगाउन उसले संविधानले नै मौलिक हकका रुपमा  निर्धारणगरेको “विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने” अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको छ ।

    यसैक्रममा हाम्रो पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारी-को जिल्ला कमिर्टी कास्की र पृथ्वीनारायाण क्याम्पस जिल्ला कमिर्टीको संयुक्त बैठक हिजो मिति २०७६। ०२। २५ गते कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा न.. ११ उरीस्थित एक आमा समूहको घरमा बसिरहेका बखत दलाल सत्ताका मतियारहरुले बैठकस्थललाई घेरा हाली आतंक मच्चाएर व्यापक गिरफ्तारी गरिएको छ ।

    दलाल सत्ताको मतियारहरुको गरिफ्तारीमा पर्नेहरुमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी विवेक भण्डारी “आक्रोश”, अनेरास्ववियु -क्रान्तिकारी-का केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो संयोजक मिलन राई, अनेरास्ववियु -क्रान्तिकारी-का अध्यक्षद्वय जिल्ला कमिर्टी कास्कीका काजी गुरुङ र पृथ्वीनारायाण क्याम्पस जिल्ला कमिर्टीका प्रकाश बाास्तोला लगायत २२ जना रहेका छन् ।

    संविधानले नै निर्धारण गरेको परिधिमा रही आफ्नो संगठनको बैठक बसरिहेका बेला गरिएको जनदमन र गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार साथीहरुको निःशर्त रिहाईको माग पनि गर्दछ । यदि राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जान समेत बाध्य हुने कुरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।

    अन्तमा, हामी सबै न्यायप्रेमी देशभक्त, राष्ट्रवादी, उत्पीडित समुदाय, ब्यबसायीहरु, बुद्धिजिवी, पत्रकार, मानवअधिकारवादी संघ संस्था, राष्ट्रसेवक लगायत सवैमा जनदमनको विरोधमा उत्रिन र जनताको राजनीतिक अधिकारको रक्षार्थ भए-गरेका संघर्षहरुमा सहयोग, समर्थन र ऐक्यबद्धता जनाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
    क. रुपेश
    इन्चार्ज’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ