• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा शक्तिशाली बम विस्फोट, क्षतिको विवरणसहित

    10.4K
    SHARES

    अछाम । अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ। अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरिले बताएको छ।

    शुक्रबार साँझ ठुलो आवाजसहित बिस्फोट भएको सूचना स्थानीयले दिएपछि शनिबार बिहानै प्रहरी घटनास्थलमा पुगेको थियो । बम बिस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

    स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले कार्यालय सन्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो। विस्फोटबाट ढुंगामाटोले बनेको घर र नजिकैको शौचालय भत्किएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए।

    घटनाको अनुसन्धान भइरहेको छ। घटनामा संलग्न समूहको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ। डिएसपी शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय र घटनास्थल आसपासका प्रहरी कार्यालयहरूबाट ४० जना प्रहरी परिचालन गरिएको छ।

    माथिल्लो कर्णाली जलबिद्युत आयोजनामा पटकपटक बिस्फोट हुदै आएको छ । यसअघि २०७४ माघ २७ गते उक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालयमा भएको बम विस्फोटपछि आयोजनाको काम रोकिएको छ । त्यसबखत ड्याम साईट आसपास प्रभावित स्थानमा परेका जंगलका रुखहरु काट्ने तयारी भैरहेको थियो । तर, बम प्रहारपछि ती कामहरु रोकिएका छन् ।

    ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनी जिएमआरलिई दिइएको भन्दै बिद्रोही नेपाल कम्युनिष्ट पार्टीसहितले बिरोध जनाउदै आएको छ ।

    सन २००८ मा गोलोवल टेण्डर मार्फत उत्कृष्ठ कम्पनीका रुपमा भारतिय कम्पनी जिएमआरले पाएको थियो । सन् २०१३ बाट पीडीए वर्ता सुरु भई सन् २०१४ पीडीएमा हस्ताक्षर भएको माथिल्लो कर्णाली जलविद्यूत परियोजनाले विद्युत उत्पादन सन् २०२१ बाट सुरु गर्ने पीडीए सम्झौतामा उल्लेख छ ।

    विद्यूत उत्पादन सुरु भएको २५ वर्षमा आयोजना संञ्चालन भएकै अवस्थामा सन् २०४६ मा कम्पनीले नेपाललाई हस्तान्तरण गर्ने पनि उल्लेख छ । तर नेपालीले आफ्नै लगानीमा बनाउन सक्ने आयोजना कमिसनको खेलमा भारतीयहरुलाई सुम्पिएको भन्दै बिरोध भैरहेको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ