• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंको बौद्धमा दुई राउण्ड गोली चल्यो, एक जना घाईते, यस्तो छ थप बिबरण

    11.3K
    SHARES

    काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।

    डकैती मुद्दाका फरार काका भनिने छिरिङ तामाङलाई प्रहरीले बौद्धको अत्तरखेलमा गोली हानेर पक्राउ गरेको हो । गोली लागेर घाइते भएको उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

    घाइते तामाङले काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज र विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी देखाउँदै लुटपाट तथा आतंक मच्चाउने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट गिरोहका मुख्य नाइके रहेको प्रहरीले जनाएको छ।

    जेठ ४ गते दिउँसो १२ बजेर ४५ मिनेटमा काठमाडौं जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमश्वरी सुनचाँदी पसल लुटिएको थियो। सो क्रममा उनै तामाङले उक्त पसलेलाई खुकरी प्रहार गरेका थिए।

    त्यस्तै ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ ओदेखोलामा एक व्यक्तिको शव फेला परेको छ । भीरमुनीको खोल्सामा फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्ध बहादुर थापाको रहको प्रहरीले जनाएको हो ।

    बुधबार राती भीरबाट लडेर उनको मृत्यु भएको बताइएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान गरिने प्रहरीको भनाई छ । थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा फेला परेका छन् ।

    उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा झिकाइएको छ । भीरबाट दुवै जना लडेको भनिएपनि एउटाको मृत्यु हुनु र अर्को सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको स्थानीयले जनाएका छन् ।

    मृतक रुद्ध बहादुर थापा र दिपक बुढाथोकी नाताले मामा भान्जा हुन् । उनिहरु दुबैजना खसी व्यापारी हुन् । बुधबार साँझ खसी व्यापार गरेर काठमाण्डौबाट फर्केका उनीहरु नवलपुरमा बास बसेका थिए । खसी ब्यापार गर्ने दुई मध्ये मृतक रुद्ध बहादुरले डेढ लाख रुपैयाँ बोकेको जनाइएको छ ।

    रातको समयमा नदी किनारबाट टर्च बालेर केही मानिसहरु आएको देखेका थिए । त्यो देखेर उनिहरु पैसा लुट्न आयो भन्दै रातारात होटल छोडेर भागेको बताइएको छ । भाग्ने क्रममा चम्पादेवी–२ स्थित ओदेखोला भीरबाट दुवैजना लडेको घाइते दीपक बुढाथोकीले बताए ।

    लडेकामध्ये रुद्र बहादुरको मृत्यु भयो भने दिपक बुढाथोकी घाइते भए । गाउँपालिका अध्यक्ष नवराज केसीले घटनाको प्रकृतिले भीरबाट लडेको जस्तो नदेखिने बताए । “भीरबाट लडेको भए माथि धस्रेको जस्तो देखीन्थ्यो त्यस्तो केही देखिँदैन, घटना सुनियोजीत जस्तो देखिन्छ । थप प्रहरीको अनुसन्धानले बताउनेछ

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ