• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    घर सर्च गर्न पुगेको सेना र अज्ञात समुहबिच गोली हानाहान, १४ जनाको मृत्यु

    18.7K
    SHARES

    काठमाडौं । पछिल्लो समय देश भित्र तथा बाहिर दुर्घटना, बिस्फोट तथा गोली हानाहान जस्ता समाचार बाहिर आइरहेका छन। यस्ता यस्तै भयानक समाचारहरु सुन्न आइरहेको बेला फेरी एउटा सुरक्षाफौज तथा घरमा लुकेर बसेका अज्ञात समुहबिच डरलाग्दो भिडन्त भएको छ।

    इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेको शंकास्पद १४ जना आतङ्ककारी मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षा फौजले जनाएको छ ।

    उक्त घर खानतलासी गर्ने क्रममा सुरक्षाफौज र आतङ्ककारीबीच गोली हानाहान भएको थियो । सैनिक प्रवक्ताले घटनास्थलबाट ठूलो परिमाणमा गोलीगठ्ठा, मेसिनगन र विस्फोटक पदार्थ भेटिएको दाबी गरेको छ ।

    बुधबार बिहान उत्तरी सिनाईको आरिश नगरको एक सुरक्षा जाँच पोष्टमा आतङ्ककारीले गरेको आक्रमणमा ८ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । दोहोरो भिडन्तमा ५ जना आतङ्कीको पनि मृत्यु भएको छ ।

    पछिल्ला केही वर्षदेखि इजिप्टको सिनाई आसपास आतङ्ककारी आक्रमण हुन थालेका छन् । विद्रोहीको आक्रमणबाट सयौं प्रहरी र सेनाको ज्यान गइसकेको छ । यी आक्रमणहरु सिनाईमा रहेका इस्लामिक स्टेट सम्बद्ध लडाकूले गरेको बताइएको छ ।

    सन् २०१८ को फेब्रुअरीमा सरकारी सेनाले उत्तरी सिनाईलाई केन्द्रित गरी भिषण सैन्य कारबाही थालेको थियो । यस क्रममा कम्तीमा ७०० लडाकूको ज्यान गइसकेको छ ।

    त्यस्तै भारत प्रशासित कश्मीरमा भएको झडपमा दुई पूर्व सैनिकसहित ४ लडाकु मारिएका छन् । कश्मीरको पुलावामामा सुरक्षाकर्मीले गरेको कारबाहीपछि भएको झडपमा ४ लडाकु मारिएका हुन् ।

    भारतीय सञ्चारमाध्यमले ज्यान गुमाउनेमा २ जना अर्धसैनिक बलका पूर्व सुरक्षाकर्मी समेत रहेको जनाएका छन् । उनीहरु केही समयअघि भागेर स्थानीय लडाकु समूहमा भर्ना हुन गएको बताइएको छ ।

    इदका दिन विदापछि दुई सुरक्षाकर्मीले हाजिर नगरेपछि उनीहरु हातहतियारसहित भागेर लडाकु समूहमा भर्ना हुन गएको आशंका गरिएको थियो ।

    गत फेब्रुअरी महिनामा ५० भन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी कश्मीरमा भएको बम आक्रमणपछि कश्मीरमा सेनाको कारवाही चर्किँदै गइरहेको छ ।

    मारिनेहरु पाकिस्तानमा रहेर कश्मीरमा आक्रमण गर्दै आएको अतिवादी इस्लामिक समूह जैश ए मोहम्मदका लडाकु रहेको जनाइएको छ ।

    उता दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दुबई प्रहरीका अनुसार इदको छुट्टि मनाएर फर्किरहेका ३२ मानिस सवार बस दुर्घटनामा परेको हो । उनीहरु फरक फरक देशको रहेको प्रहरीले जनाएको छ ।

    खलीज टाइम्सका अनुसार मृतक र घाइते सबैलाई राशिद अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार एक बोर्डमा ठोक्किदा बस दुर्घटनामा परेको हो ।

    मृतकमध्ये ८ जना भारतीय नागरिक रहेको दुबइमा रहेको भारतीय दूतावासले जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटना स्थानीय समय अनुसार विहीवार साँझ ५ बजे भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ