• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    छुट्टि मनाएर फर्किरहेका बेला फेरी भयानक बस दुर्घटना १७ जनाको मृत्यु,पाँच घाइते, कसरी भयो यस्तो

    13.2K
    SHARES

    एजेन्सी । दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दुबई प्रहरीका अनुसार इदको छुट्टि मनाएर फर्किरहेका ३२ मानिस सवार बस दुर्घटनामा परेको हो । उनीहरु फरक फरक देशको रहेको प्रहरीले जनाएको छ ।

    खलीज टाइम्सका अनुसार मृतक र घाइते सबैलाई राशिद अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार एक बोर्डमा ठोक्किदा बस दुर्घटनामा परेको हो । मृतकमध्ये ८ जना भारतीय नागरिक रहेको दुबइमा रहेको भारतीय दूतावासले जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    दुर्घटना स्थानीय समय अनुसार विहीवार साँझ ५ बजे भएको थियो । त्यस्तै जर्मनीका अस्पतालमा ८५ जना बिरामीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक जना पूर्व नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ ।

    ओल्डेनवर्गको अदालतका न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ८५ जना बिरामीको हत्याको अभियोग लागेको पूर्व नर्स निल्स हुगललाई आजीवन कैदको सजाय सुनाएका हुन् । न्यायाधीश ब्यूर्मेनले नर्सको सो कार्यलाई ‘सामान्य बुझाइभन्दा बाहिर रहेको’ बताएका छन् ।

    पूर्वनर्स हुगलले दुई वटा अस्पतालका ८५ जना बिरामीको हत्या गरेको ठहर अदालतले गरेको हो । यसअघि पनि दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५ सम्म आफ्नो संरक्षकत्वमा रहेका मानिसलाई मुटु रोगसम्बन्धी औषधिको घातक मात्रा दिएको पाइएको थियो ।

    उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा समेत लिइएको छ । ४२ वर्षीय नर्स निल्स हुगलले सुरुमा बिरामीलाई हृदयाघात हुने खालको औषधि दिने र त्यसपछि ती बिरामीलाई बचाउने कोसिस गर्दथे ।

    उनले यो सबै प्रशंसा पाउन र सबैको नजरमा नायक बन्नका लागि गरेको बताइएको छ । उनले आफ्ना सहयोगीलाई प्रभावित गर्नका लागि बिरामीलाई पुनर्जिवित बनाउने कोसिस गर्दथे । हुगललाई ‘पुनर्जिवित गर्ने रेम्बो’ को उपनाम दिइएको थियो ।

    हुगेलमाथि जर्मनीको उत्तरी शहर डेलमेनहस्र्ट र ओल्डेनवर्गमा १०० बिरामीहरुको हत्या गरेको आरोप लागेको थियो । प्रहरीका अनुसार, उनले अरु बिरामीहरुको पनि हत्या गरेको हुन सक्ने भए पनि शवको दाहसंस्कारका क्रममा सम्भावित प्रमाण नष्ट गरिएको छ ।

    हुगलले भने ५५ जनाको हत्या गरेको स्वीकार गरेका छन् । तर, ओल्डेनवर्गको अदालतले उनीमाथि ८५ जनाको हत्या गरेको दोषी ठहराएको छ । फ्रान्सको नरमेण्डीमा अवतरण गरेको सम्झनामा उक्त युद्धका अनुभवी बयोवृद्ध ९७ वर्षीय पूर्व सैनिकले प्यारासुटबाट हाम फालेका छन् ।

    उता डी डे अर्थात् सन् १९४४ जुन ६ मा नरमेण्डीको तटमा साझेदार मुलुकका सैनिक अवतरण गर्दाका सम्झनामा नरमेण्डीको युद्धका अनुभवी बयोवृद्ध अमेरिकी पूर्वसैनिक टम राइसले नरमेण्डीको तटमा प्यारासुटमार्फत् हाम फालेका हुन् ।

    उनले पछिल्लो अवतरण ‘उत्कृष्ट’ भएको राइसले जनाएका छन् । डि डेका दिन उनी अमेरिकी सेनाको १०१ औं एअरबोन डिभिजनमा थिए । डि डेका दिन उनले नाजी फौजको गोलीको परवाह नगरी हाम फालेका थिए । उनले त्यस दिन सम्झिदा पनि कहालीलाग्ने बताए ।

    त्यसबाहेक नरमेण्डीकै युद्धका अनुभवी अन्य दुई बयोबृद्ध बेलायती पूर्वसैनिकले पनि प्यारासुटबाट हाम फालेका छन् । दुई बेलायत पूर्व सैनिकहरु ९५ वर्षे ह्यारी रेड तथा ९४ वर्षे जोन हटनले पनि नरमेण्डीको तटमा हाम फालेका छन् ।

    दोश्रो विश्वयुद्धका क्रममा नाजी जर्मनीविरुद्ध साझेदार मुलुकका सेनाले सन् १९४४ जुन ६ का दिन नरमेण्डीको तटमा अवतरण गरेपछि दोश्रो विश्वयुद्धको मोड नै परिवर्तन भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ