• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बारामा शक्तिशाली बिस्फोट, ७ जना घाईते, २ को अबस्था गम्भीर, यस्तो छ थप विवरण

    4.6K
    SHARES

    बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा सिलिण्डर ग्यास बिस्फोट हुँदा ७ जना घाईते भएका छन । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

    सिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चारसहित सात जना घाईते भएका छन् । स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका चार सहित ७ जना घाईते भएको इलाका प्रहरी कार्यालय सिमराले संचारकेन्द्रलाई बतायो ।

    सिलिण्डरबाट ग्यास लिक भएर भएको आगलागीमा परी ६७ बर्षिय नजरमान थिङ, ज्ञानिमायाँ भनिने २८ बर्षिय सुकुमायाँ ब्लोन, ३१ बर्षिय बौद्धमान थिङ र ३२ बर्षिया अनिता थिङ गरी एकै परिवारका चारजना घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

    त्यसैगरी स्थानिय ५२ बर्षिय दिलमायाँ वाईबा, २८ बर्षिय सुनमायाँ ब्लोन र २६ बर्षकी कमलिमायाँ पनी घाईते भएका छन् । घाईतेमध्ये स्थानिय दिलमायाँको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भैरहेको छ ।

    घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ । घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिएका छन् ।

    प्रनानि शाहीकाअनुसार रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएको हो । नजरमानकी बुहारी ज्ञानीमायाले चिया पकाउनका लागि सिलिण्डरमा रेगुलेटर जोड्न लागेकी थिइन् । उनको घरमा छलफल गर्नका लागि छिमेकी आएका थिए ।

    रेगुलेटर जोड्न नसकेपछि ज्ञानीमायाले सबैलाई जानकारी गराइन् । घरमा उपस्थित सबै भान्सामा पुगे । त्यतिबेलासम्म भान्सामा ग्यास लिक भइसकेको थियो । रेगुलेटर जोडेर ग्यास बाल्ने क्रममा आगो लागेको र ग्यास पड्किएको प्रनानि शाहीले बताए ।

    ग्यास पड्किएलगत्तै स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पु¥याएका थिए । घाइते सबैको अहिले अल्पाइन अस्पतामा उपचार भइरहेको छ । उक्त ग्यास सिलिण्डर अमर ग्यास कम्पनीको हो ।

    यसैबीच यता सुकेधारा बम विस्फोटको घटनाका गम्भीर एक जना घाइतेकाे पहिचान खुलेकाे छ । घाइते रामेछाप मन्थली नगरपालिका वडा नं. ४ निवासी रामकुमार श्रेष्ठको पहिचान खुलेको हो ।

    घटना भएकाे दिन सुकेधाराकाे छाेटे ठाकुरकाे सैलुनमा पुग्ने बित्तिकै कुकर बम बिस्फोट हुँदा गम्भीर घाइते भएका रामकुमारकाे ओम हस्पिटलकाे आइसीयुमा उपचार भईरहेकाे छ ।

    अरु २ जना सुरेन्द्र महर्जन र हरि खड्काकाे पनि ओम हस्पिटलमै उपचार भईरहेकाे छ । सुकेधाराकाे विस्फाेटमा दाङका गाेकुल रानामगर, कालिकाेटका दिपेन्द्र विक र बाग्लुङका कृष्ण भण्डारीकाे मृत्यु भएकाे थियाे ।

    शुरुमा नाम र पहिचान नखुले पनि तत्काल उपचार गरिहाल्नु पर्ने भएकाले xyz नाम दिएर उपचार थालिएकाे थियाे । x नाम दिएका पहिचान नखुलेका यिनै रामेछापका रामाुमार हुन् भने Y र Z नाम दिइएका क्रमश सुरेन्द्र महर्जन र हरि खड्का पजि ओम हस्पिटलमा उपचार गराइरहेका छन् ।

    विद्यार्थी रामकुमारकाे उपचारमा संलग्न डाक्टरका अनुसार उनी खत्तरा मुक्त छन् । बमकाे छर्राले टाउकाे, छात्ती र खुट्टामा गम्भीर चाेट लागेको छ । १२ गतेदेखि नै रामकुमार सम्पर्कमा नआएपछि उनका आफन्त हस्पिटल श्राेतकाे सुचनाका आधारमा ओम हस्पिटल पुगेका थिए ।

    रामकुमारसहित सुरेन्द्र र हरिकाे ओम हस्पिटलले अहिलेसम्म निशुल्क उपचार गरिरहेकाे छ ।”भव्यतव्य घटनामा अरु केही नभनि खुरुखुरु उपचार गरियाे, अब आफन्तहरु पनि आए, पहिचान पनि खुल्याे, अब सहज हाेला” ओम हस्पिटलका डाइरेक्टर बाबुकाजी कार्कीले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ