• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    उदयपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण, ३ प्रहरी घाइते, यस्तो छ अवस्था

    10.2K
    SHARES

    काठमााडाैँ। उदयपुरको कटारी नगरपालिका–६ स्थित बिहीबारे भन्नेस्थानमा ड्युटीमा खटिएको प्रहरीमाथि आक्रमण भएको छ । डिउटीमा खटिएको प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गर्दै आक्रमण भएको बताइएको छ ।

    घटनामा संलग्न रहेको अभियोगमा कटारी नगरपालिका–७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    हो–हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्तीटोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथि बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएका थिए ।

    घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ । घटनामा संलग्न अन्य १ जना फरार भएकोले खोजी गरिरहेको प्रहरीलेजनाएको छ । यसअघि सोलुखुम्बुमा प्रहरीमाथि आक्रमणको प्रयास भएको हल्ला चलाइएको थियो ।

    केहि मिडियाहरुले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीमाथि दमन बढोस भन्ने उदेश्यले नेकपा कार्यकर्ताले नै प्रहरी कार्यालयमा आक्रमणको प्रयास गरेको भन्दै अफवाह फैलाएका थिए । तर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले त्यस्तो कुनै पनि आक्रमण नभएको प्रष्ट पारेको थियो ।

    यता नेपाल कम्युनिष्ट पार्टीले समेत सेना प्रहरीमाथि आक्रमण गर्ने कुनै नीति नै नभएको प्रष्ट पार्दै योजनाबद्धरुपमा गरिएको भ्रामक कूप्रचारको खण्डन गरेको थियो ।

    उक्त भ्रामक समाचार बाहिर आएलगत्तै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार राति सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचारको खण्डन गरेका हुन् । सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उनले बताएका छन् ।

    ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने हाम्रो पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको त्यो समाचार (फेक न्युज) प्रचारमा ल्याइएको स्पष्ट पार्न चाहान्छौ ।’ प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    प्रवक्ता प्रकाण्डले सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको भन्दै उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको उल्लेख गरिएको छ ।

    एकाएक सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा सोलुखुम्बुमा विप्लव नेतृत्वको नेकपाले प्रहरी चौकी आक्रमण गर्ने हल्ला चलेपछि नेकपाले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्न विज्ञप्ति जारी गरेको हो ।

    ‘ओली-प्रचण्ड सामाजिक दलाल सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि दमनको अनेक षड्यन्त्र र हत्या गरिरहेको छ । यसै क्रममा हिजो आइतबार सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रम प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचारवाजीप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।’ विज्ञप्ति भनिएको छ ।

    उता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले पनि प्रहरी चौकी आक्रमणको कुनै सूचना र हल्ला नभएको र त्यहाँ प्रहरी पनि परिचालित नभएको सञ्चार माध्यमलाई बताएका छन् । नेकपा सोलुखुम्बुका स्थानीय नेताहरूले पनि अनावश्यक रूपमा वातावरण उत्तेजित बनाउनकालागि चौकी आक्रमणको हल्ला फैलाइएको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीले पहिलेदेखि नै आफ्नो पार्टीको सङ्घर्ष दलालर भ्रष्टाचारीहरूसँग भएको तर सुरक्षा निकायमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ । यस्ता समाचारलाई आफ्नो पार्टी र सुरक्षा निकायबीचको दूरी बढाउने बनावटी प्रचारबाजी मात्र भएको पनि नेकपाले बताउँदै आएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ