• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भूकम्पको भ्रम फैलाउने अर्जुनले प्रहरी समक्ष दिए यस्तो सनसनीपूर्ण बयान, के हुन्छ कारबाही ?

    9.2K
    SHARES

    काठमाडौं । नेपालमा जेठ २९ भित्र महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गरी अपवाह फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन कुमार क्षत्रीले अनुमानको भरमा भविष्यवाणी गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

    जनमानसमा महाभूकम्पको भ्रम फैलाएकोमा प्रहरी हिरासतमा रहेका उनले बयान दिने क्रममा यस्तो बताएका हुन् । उनी ज्योतिष नै नभएको आशंकामा प्रहरीले थप अनुसन्धान पनि अगाडि बढाएको छ ।

    महाभूकम्पको भविष्यवाणी गरेर जनतामा भ्रम फलाएको आरोपमा अहिले उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । युट्युवरहरूलाई बोलाएर महाभूकम्पको हल्ला फैलाएको आरोपमा उनलाई मंगलबार दिउँसो प्रहरीले गौशालाबाट पक्राउ गरेको थियो ।

    उनीमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरिवाना हुनसक्ने बताइएको छ । बयानको क्रममा उनी ज्योतिष नै नभएको आशंका पनि बढेको एक प्रहरी अधिकृतले बताएका छन् । उनलाई ज्योतिष महासंघले पनि कारबाही गरेर निस्कासन गरिसकेको बताएको छ।

    त्यस्तै त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ तथा नागरिक अगुवा प्रा डा गोविन्द केसीले सरकार लोकतन्त्रको मर्म विपरित निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।

    प्रेस विज्ञप्ती जारी गर्दै उनले सरकारको नियतमाथि औंला उठाएका छन् । विज्ञप्तिमा उनले नियत सफा भएको सरकारले दण्डहीनता सिर्जनाका लागि ‘बाहुबली’ प्रयासहरु नगर्ने उल्लेख गरेका छन् । सरकारका गतिविधिहरुले उसको गैर–जिम्मेवार र निरंकुशतावादी चरित्र प्रस्ट पारेको विज्ञप्तिमार्फत जनाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ– ‘नीतिगत भ्रस्टाचारमा पारंगत भइसकेको अहिलेको सरकार समाजलाई नीतिगत दण्डहीनताको डरलाग्दो खाडलमा धकेल्न अभ्यासमा लागेको पुष्टि हुन्छ ।’ डा केसीले लोकतन्त्रमा कार्यकारी लगायत राज्यको कुनै पनि अंग सर्वशक्तिमान वा निरंकुश हुन नसक्ने र नपाउने बताएका छन् ।

    ‘देशमा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतन्त्र हामी नागरिकहरुकै पसिना, रगत र बलिदानीबाट प्राप्त भएको हो, कुनै अमुक नेताको बाहुबल, बहादुरी वा प्रपञ्चबाट आएको हैन, ‘प्रेस विज्ञप्तीमा भनिएको छ’,‘लोकतन्त्र स्थापित भए यता जति पनि सरकारहरु बने, ती सबैले नागरिकहरुको सेवा गर्ने जिम्मेवारी पाएका हुन्, हामीमाथि स्वेच्छाचारी शासन गर्ने, हाम्रो स्वतन्त्रता कुण्ठित हुने वा संविधान प्रतिकुल काम गर्ने अनुमति पाएका हैनन् ।’

    पछिल्लो समय सिल्सिलाबद्ध रुपमा सरकारले ल्याएका अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने विधेयकहरुले स्वतन्त्रताप्रेमी नागरिकहरुलाई नराम्रोसँग झस्काएको उनले बताए । उनले अहिले मिडियाको घाँटी थिचिनु वा मानव अधिकार आयोगका पखेटा काटिनु भनेको ती संस्थासम्बद्ध मानिसहरुको भन्दा बढी आम नागरिकको सरोकारका विषय भएको जिकिर गरेका छन् ।

    यस्तै जबर्जस्ती संसदबाट पारित गरिएको चिकित्सा शिक्षा ऐनलाई पनि आफूसँग भएको सम्झौता बमोजिम संशोधन गर्न समेत माग गरेका छन् । उनले नागरिक लगायत सम्बन्धित सबै सरोकारवालाहरुले उठाएका नागरिक अधिकार र सुशासनसम्बन्धी मागहरु सम्बोधन नभए विरोधका कार्यक्रमसहित प्रदर्शनमा उत्रने जानकारी दिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ