• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भरतपुरमा मेयर रेणु दाहालकै कारण धुर्मुस-सुन्तली र स्थानीयबीच झगडा, खुल्यो यस्तो रहस्य

    16.7K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकामा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका क्रममा देखिएको विवादबारे नयाँ तथ्य बहैरिएको छ । गत बुधबारस्थानीय प्रकाश कँडेल नेतृत्वको समूहले रंगशालामाको बार डोजर लगाएर भत्काएपछि विवाद छताछुल्ल भएको थियो ।

    उक्त बिबाद मिलाउनरामपुरसहित आसपासका प्रभावित स्थानीयले मेयर रेणु दाहाललाई गत पुस महिनामै लिखित रुपमा जानकारी गराएको तर दाहालले यो विषयमा सम्बोधन नै नगरी गुप्चुप आलटाल गरेको स्थानीयले बताएका छन् ।

    रंगशाला निर्माणका क्रममा आफूहरूलाई परेको समस्याका बारेमा स्थानीयले वडा नम्बर १६ का वडाध्यक्ष चतुरमान गुरुङलाई पुस महिनामा जानकारी गराएका थिए ।

    वडाध्यक्ष गुरुङले रंगशाला निर्माण गर्ने जिम्मेवारी लिएको ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ र स्थानीय जनताबीच देखिएको सडक विस्तारको विवाद आफूले मिलाउन नसक्ने भन्दै मेयर रेणु दाहाललाई पुसको २९ गते पत्र लेखेर पठाएका थिए ।

    वडाध्यक्ष गुरुङको पत्रसँगै रंगशाला प्रभावित स्थानीय जनताको ज्ञापनपत्र, माग र हस्ताक्षर गरिएको दस्तावेज जस्ताको त्यस्तै मेयर दाहाललाई पठाइदिएको प्राप्त दस्तावेजमा उल्लेख छ । विवाद मिलाउन मेयर दाहालले कुनै पनि पहल नगर्नुलाई स्थानीयले षडयन्त्रपूर्वक गरिएको रहस्यका रुपमा लिएका छन् ।

    रंगशाला बनाउने बहानामा स्थानीयको कुरै नसुनेर ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का मालिक सीताराम कट्टेल र कुञ्जना घिमिरेले पेलेरै अगाडि बढ्न खोजेपछि पाँच महिनापछि स्थानीयको आक्रोश ‘धुर्मुस–सुन्तली’ र मेयर रेणु दाहालले सामना गर्नु परेको छ ।

    राष्ट्रिय कलाकारको छवि बनाएकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्ताहरूमा अत्यन्तै तल्लो र कानून तथा संविधानले नै बन्देज लगाएका शब्दावलीसहित प्रकाश कँडेलसहितका स्थानीयविरुद्ध अभिव्यक्ति दिएपछि विवादले उग्ररुप लिएको थियो ।

    डोजर लगाएर बार हटाएपछि पक्राउ परेका प्रकाश कँडेलसहितका व्यक्तिहरू स्थानीय तहको निर्वाचनका बेला रेणु दाहाललाई मेयरमा जिताउन विशेष भूमिका खेलेकै व्यक्तिहरू हुन् । उसो स्थानीयले कँडेललाई मेयर दाहाल र गृहमन्त्री रामबहादुर थापाका निकटतम भनेर चिन्ने समेत गरेका छन् ।

    तर अहिले आफ्नो साख जोगाउन कँडेल लगायत उक्त घटनामा संग्लन सबैलाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्न र क्षतिपूर्ति तिराउन माग गर्दै मेयर रेणु दाहालले विज्ञप्ति नै जारी गरेपछि प्रकाश कँडेलका आफन्त र शुभेच्छुकहरू रिसाएका छन् । प्रकाश कँडेलकी दिदी आफैले मेयरको उम्मेदवार बनेर प्रचार प्रसारमा हिँडेका बेला रेणु दाहाललाई आफ्नै घरमा राखेर खानपिन गराउने गरेको बताउदै आएकी छिन ।

    प्रकाश कँडेलसहित केही व्यक्तिलाई थुनामै राखेर बाँकी अन्य व्यक्तिहरूलाई चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले छाडेपछि झन् विभिन्न आशंकाहरू उब्जिएको छ ।

    मेयर रेणु दाहालकै निर्देशनमा एसपी मल्लले प्रकाश कँडेलसहितका व्यक्तिहरूलाई राजनीतिक पूर्वाग्रह राखेर कारबाही अगाडि बढाएको आफन्तहरूको आरोप छ । कुनै बेला तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक बनिसकेका मल्ल दाहाल परिवारसँग निकट मानिन्छन् । मल्ललाई चितवनको प्रहरी प्रमुख बनाएर सरुवा गर्नुमा पनि प्रचण्डले पवार प्रयोग भएको स्थानीयको बुझाई छ ।

    पक्राउ परेका प्रकाश कँडेलसहितका व्यक्तिको रिहाइ र रंगशाला निर्माणका क्रममा देखिएको सडक विस्तारको विवादलाई समाधान गर्न माग गर्दै स्थानीयहरूले मंगलबार भरतपुर महानगरपालिकाको कार्यालयमा धर्ना र घेराउ गरेका थिए ।

    बार हटाएको विषयलाई लिएर सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको कार्यबाट हात झिक्ने भित्री तयारी गरेको स्थानीयको आरोप छ । जस्तापाताको बार लगाउँदा ६०–७० लाख खर्च भएको सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफन्ता अन्तर्वार्ताहरूमा बताउने गरेका छन् ।

    जस्तापाताको बारमा नै यति धेरै रकम खर्च गर्ने ‘धुर्मुस–सुन्तली फाउण्डेशन’को अपारदर्शिताका विषयमा पनि प्रश्न उब्जिन थालेको छ । स्थानीयहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई रंगशाला निर्माणका बहानामा संकलन भएको पैसा र खर्च विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् । स्थानीयहरूको यो मागलाई सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई चित्त बुझको छैन ।

    कँडेल भरतपुर महानगरपालिका–१६ का सत्तारुढ नेकपाका स्थानीय नेता हुन् । उनी ठेक्कापट्टामा समेत संलग्न छन् । कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

    यसैबीच नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’

    नेकपा चितवनले दोषीउपर कारर्वाही गरी क्षतिपूर्ती उनीहरुबाट नै भराउन माग पनि गरेको छ । यस्ता घटनाबाट विचलित नभएर निर्माणको काममा अघि बढ्न नेकपा चितवनले विज्ञप्ती मार्फत फाउण्डेशनलाई आग्रह गरेको छ ।

    धुर्मस-सुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कार्य स्थगित गरेको छ । सो बार भत्काउँदा १० लाखभन्दा बढीको क्षति भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

    अहिले सामाजिक सञ्जालमा सुन्तलीले प्रकाश कँडेललाई ‘देशद्रोही’को बिल्ला भिराएको भिडियो समेत भाइरल भएको छ । राष्ट्रिय कलाकारको पहिचान बनाएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले रंगशाला निर्माणस्थल आसपासमा बनाएको जस्तापाताको बार स्थानीयले भत्काइदिएपछि त्यसको विरोधमा स्थानीयलाई ‘अपराधी’, ‘देशद्रोही’, ‘नागरिकता खोस्नुपर्ने’, ‘जुत्ताको माला लगाउनु पर्ने’ जस्ता अत्यन्तै तल्लोस्तरका अभिव्यक्ति दिएका थिए ।

    यी अभिव्यक्तिहरूको आलोचना भएको थियो । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ जत्तिको व्यक्तिले दिएका अभिव्यक्ति दिन सुहाउँछ कि सुहाउँदैन भनेर प्रश्न उठेका छन् ।

    आफूहरूको अपमान हुँदा पनि चुपचाप बसेका पीडित गाउँलेहरूले आफैले भत्काएको बार पुनः बनाइदिएका छन् । माग पूरा गराउन दवाव दिन बार भत्काउने मात्रै होइन जनश्रमदान गरेर बार उठाउन पनि सक्छौँ भन्ने उदाहरण रामपुरका स्थानीयले दिएका छन् ।

    निवेदन तस्वीर : दैनिक नेपाल

    प्रतिक्रिया