• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    प्रधानमन्त्री ओली एकाएक गंगालाल अस्पतालमा, यस्तो छ कारण

    18.1K
    SHARES

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् । एनजिओप्लाष्ट गरेर शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आराम गरिरहेका मुख्यमन्त्री पौडेललाई भेटेर प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेका थिए ।

    स्वास्थ्यमा समस्या देखिएर आइतबार पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । अस्पतालका मुटुरोग विषेशज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

    अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ । यसैबीच प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

    सन्देशमा वर्तमान सरकार सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समूदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लिन रहेको उल्लेख छ ।

    ‘विगतमा पाखा पारिएकाहरुलाई राज्यको मूलप्रवाहमा समाहित गराउँदैछ’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ, ‘आजको एक्काइशौं शताब्दीमा पनि सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवका बीच गरिने जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता दर्शाइने छैन । समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ ।’

    प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार दलित समूदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गरेका छन् ।

    ‘राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट दलित समूदायबाट कम्तिमा १÷१ जनाको प्रतिनिधित्व हुने संवैधानिक प्रत्याभूति गरिएको छ । स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रुपमा सुनिश्चित गरिएको छ ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘ नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्राष्ट्रिय रुपमा पनि ठोस प्रतिबद्धता जनाएको सबैलाई विदितै छ ।’

    प्रधानमन्त्री ओलीले नेपाल जातीय विभेद मु्क्त देश घोषणा भएको यस दिनले जातीय विभेद र छुवाछूतको दुव्र्यवहारलाई रत्तिभर सहन नगर्न हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।

    ‘हामी सबैलाई समानताको मूल्य र मान्यताप्रति सजग गराउने यस दिवसका अवसरमा देशभित्र र प्रवासमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ