• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    बालुवाटारमा ओलीसँग फायर भएर फर्किए माधव, कारण बुझेपछि नेता कार्यकर्ता नै छक्क

    22.9K
    SHARES

    काठमाडौँ । पछिल्लो समय सत्तारुढ नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक अन्तवार्ताले तरङ्ग पैदा भएको छ । प्रचण्डको अन्तवार्तापछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि तनावमा रहेको बताइन्छ ।

    पार्टी एकता गर्दा सम्झौता भएको पाँच बुँदे सहमतिको चौथो बुँदाको विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिले उत्पन्न तरंगपछि नेकपाका शीर्ष नेताहरुले छुट्टाछुट्टै भेटवार्ता गर्न थालेका छन् ।

    यस्तै भेटमध्ये आइतबार बालुवाटारको एउटा घटना भने रोचक छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटवार्ताका लागि बालुवाटार बोलाएका थिए । आइतबार विहान प्रधानमन्त्री ओलीले माधव नेपाललाई ‘इमरजेन्सी छ तुरुन्त बालुवाटार आउनु’ भन्दै फोन गरे ।

    आफ्नै निवासमा भेटघाटमा व्यस्त रहेका नेता नेपालले एक दुइ घण्टापछि आइपुग्ने बताए । र नेता नेपालले बालुवाटार पुग्छु भनेको समयमा बालुवाटर पनि पुगे । नेता नेपाल प्रधानमन्त्रीको पखाईमा झन्डै २५ मिनेट बालुवाटारमै बसे । तर प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेनन् । त्यसपछि नेता नेपाल रिसाएर बालुवाटारबाट फर्किएको स्रोतले बतायो ।

    यसअघि मंसिर २२ गते पनि प्रधानमन्त्री ओलीले बैठक समयमा सुरु नगरेको भन्दै नेता नेपालको नेतृत्वमा सचिवालयका चार शीर्ष नेताले सचिवालयको बैठक बहिष्कार गरेका थिए । आइतबार नेता नेपालसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच झन्डै तीन घण्टा लामो भेटवार्ता भएको थियो ।

    यसैबिच पार्टी एकता र आन्तरिक विवाद समाधानका लागि भन्दै सोमबारका लागि बैठक बोलाइएको थियो । तर प्रधानमन्त्री समेत रहेका अध्यक्षा केपी ओली र दोस्रो तहका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि बैठक नै बस्न नसकेको स्रोतले बतायो ।

    प्रचण्डले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने लिखित सहमति भएको रहस्य खोलेपछि ओली अहिले फायर बनेका छन् । प्रचण्डको यस्तो अभिव्यक्तिपछि रिसाएका ओली अहिले पनि फायर नै छन् । नेकपा भित्रका शीर्ष दुई नेता ओली र प्रचण्डबीच नै एकमत नरहेको अवस्थामा सचिवालय बैठक नै स्थगित भएपछि तल्लोतहका नेता कार्यकर्ता भने निराश बनेका छन् ।

    यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने थप गृहकार्यको खाँचो रहेकाले बैठक स्थगित भएको बताएका छन् । यसअघि आइतबार पनि ओली-प्रचण्डबीच गोप्य छलफल भएको थियो । तर सहमति भने केहि हुन नसकेको नेकपा स्रोतले जनाएयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गोप्य बार्ता मध्यस्तता नेता माधवकुमार नेपालले गरेका थिए ।

    आइतबार भएको वार्तामा नेपाल पनि सँगै रहेका थिए। सचिवालय बैठकको एजेन्डा तय गर्न बैठक भएको बताइए पनि यसमा महासचिव विष्णु पौडेलको भने उपस्थिति थिएन । त्यसकारण पनि सचिवालय बैठक एजेण्डा तय गर्नुभन्दा पनि २ अध्यक्षबीचको तिक्तता कम गर्ने प्रयासस्वरुप गोप्य बैठक बसेको थियो ।

    उच्च स्रोतका अनुसार हालै एकीकरणका बेला भएको आलोपालो सरकार नेतृत्व गर्ने विषयले चर्चा पाएपछि त्यस विषयमा मन माझामाझ गर्न ओली–प्रचण्डको वार्ता गराइएको हो । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ कार्यक्रममा नयाँ दिल्ली पुगेका बेला प्रचण्डले उक्त सहमतिको स्मरण गराएका थिए ।

    प्राइम टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा प्रचण्डले अब प्रधानमन्त्री बन्ने पालो आफ्नो रहेको बताएका थिए । ओलीलाई ५ बर्ष नै प्रधानमन्त्री अँ भए पार्टीको सम्पूर्ण नेतृत्व आफुले पाउनुपर्ने उनको तर्क थियो ।

    ऋषि धमलासँगको गफगाफमा के भनेका थिए प्रचण्डले ? पढ्नुहोस् जस्ताको तस्तै
    ”पार्टी एकता गर्दा पक्कै पनि हाम्रोवीचमा समझदारी भएको छ । हामीले सहमतिबाट नै निर्णय गरेर जानुपर्छ । पार्टीमा र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने नै भन्ने सहमति छ । त्यो लिखितै छ । त्यो बाहिरै आइसक्या छ । त्यो किताबमा छापिएरै आइसक्या छ । त्यसकारण यो के हो भनेर धेरै प्रश्न गरिराख्न आवश्यक म ठान्दिनँ । आलोपालोमा जाने सहमति भएकै छ ।

    केपीजी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरामा नै हामी प्रतिवद्ध छौं । त्यसकारण अहिले म आशंका गर्न पनि चाहन्न । यो विषय फेरि के हो भने उहाँ र मवीच सहमति भयो, पार्टीभित्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ । मलाई चैं प्रधानमन्त्री लिन हतारो विल्कुलै छैन ।

    देशमा सुशासन र विकासले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को चाहिँ अध्यक्षले प्रधानमन्त्री मुख्यरुपमा हेर्ने गरी काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभई नहुने, चाहिने भनेर मैले सोचेको छैन । मानिसहरुले त्यसै हो कि भन्छन्, कतिपय अलिकति संकीर्ण, अलिकति पूर्वाग्रही आँखाले हेर्नेहरुले चाहिँ मैले थोरै जनताका गुनासो, जनताका कुराहरु बोलें भने प्रधानमन्त्री हुन बोल्या हो कि भन्ने पनि मान्छे छन् ।

    तर, मेरो त्यो कुरा होइन । राम्रोसँग पार्टी रन भयो, राम्रोसँग सरकार रन भयो भने त्यो आलोपालो भनिएको भए पनि पाँचै वर्ष केपीजी बस्दा पनि मलाई आपत्ति हुँदैन । म समर्थन गरिराख्छु । म एउटा कुरालाई फेरि दोहो¥याउँछु– सुशासन र विकासले गति लियो, सरकार दिन प्रतिदिन अझ बढी लोकप्रिय कामहरु गर्दै अगाडि बढ्यो भने हामीले सहमति गरेकोमा प्रधानमन्त्री फेरिराख्नुपर्छ भन्नेमा म छैन ।

    तर, म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ । त्यसो भयो भने सरकारको नेतृत्व एउटा अध्यक्षले, पार्टीको नेतृत्व एउटा अध्यक्षले ग¥यो भने सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैन । मैले खेल्ने पार्टी अध्यक्षका रुपमा राम्रोसँग भूमिका खेल्छु ।

    अहिले यो छलफलको विषय छ । हाम्रो पार्टी पंक्तिमा पनि, लिडरसिप लेबलमा पनि छलफल चलिराखेकै छ । तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । त्यो सबै परिस्थितिमा हिजो हामीले एकता गर्दा जे सहमति गरेका थियौं, त्यो सहमतिप्रति हामी सबैले इमान्दार त हुनैपर्छ ।

    म अहिले कसैप्रति आशंका गर्दिनँ । म के विश्वास गर्छु भने कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ ।

    राम्रो काम भयो र सहमति पार्टीभित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न हुँदैन ।

    (वीचैमा ऋषि धमलाकाको प्रश्न– ओलीजीले छाड्नुभएन भने ?)
    सबैचिज सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ । त्यो त पार्टीले गर्ने कुरा हो । त्यस्तो कुराको म अहिले कल्पना गर्न चाहँदिनँ । मैले प्र धानमन्त्रीजीलाई दुःख–सुख, अप्ठ्यारो सबैमा रक्षा गर्न मैले मेरो ठाउँबाट बल गरिराखेकै छु । तपाईहरुले देखिराख्नुभएकै छ ।

    मैले सरकारको पक्षमा, प्रधानमन्त्रीजीको पक्षमा जनताका वीचमा, पब्लिक कार्यक्रमहरुमा सरकारले गरेका राम्रा कामहरु के–के हुन् भन्ने कुरा पनि मैले भनिराखेकै छु । त्यसकारण, तपाईको यो प्रश्नमा म अहिले जान चाहँदिनँ । त्यसो गर्नु वास्तवमा उचित पनि हुँदैन । किनभने, हामी सहज ढंगले कुराकानी गरी पनि राख्या छौं ।

    हामीमा केही कमी छन् भने त्यसलाई सच्याउनुपर्छ भन्नेतिर हामी गई पनि राखेका छौं । त्यसकारण भोलि उहाँले छोड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्न । यो विषय हामीले जे समझदारी गरेका छौं, त्यो समझदारीअनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो । यसमा यसरी नै बुझ्नु होला । योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ ।

    दोस्रो, म फेरि पनि के भन्न चाहन्छु भने सवाल सुशासन र जनताको विकास र समृद्धिको आकांक्षालाई सम्वोधन गर्ने कुरा हो । जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएका बेलामा सुशासनको अनुभूति ग¥यो कि गरेन ? यो एउटा सवाल हो भने जनताले अबचाहिँ देशमा विकास हुने भयो, भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो, विकास र समृद्धितिर पनि अगाडि गयो, सरकार र पार्टीका नेताहरुको अर्को कुनै स्वार्थ छैन भन्ने कुरा जनताले बुझ्यो, चिज एक ढंगले जान्छ ।

    जनताले होइन, भ्रष्टाचार त उस्तै छ, झन बढी बढेको पो छ, विकास पनि भन्याजस्तो गरी अगाडि आइराख्या छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ । कुरा बुझ्नु भो त ?

    पार्टीभित्र सबै कुरा छलफलले, हिजो हामीले एकता गर्दा जे सहमति भएको छ, त्यो स्पिरिटमा हामी अगाडि बढ्यौं भने चिजहरु एक ढंगले जान्छ । त्यो सहमतिभन्दा विपरीत कुराहरु गर्न थालियो भने चिजहरु अर्को ढंगले जान्छ ।

    म पार्टीको अध्यक्षको नाताले, यो पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले पनि मेरोचाहिँ के छ भने यसलाई बचाउने, यसलाई सुदृढ गर्ने एकताको आधार भनेर हामीले सैद्धान्तिक राजनीतिकरुपले पनि एउटा बनाएका छौं, त्यो आधारमा टेक्ने ।

    त्यो आधार भत्किन नदिने । र, जे सहमति गरिएको छ, त्यो इमान्दारितासाथ कार्यान्वयन गर्ने । केका लागि भने यो देशका लागि र जनताका लागि । राष्ट्रको एकता र स्वाधीनताका लागि । र, अनि जनताको विकासको आकांक्षा सम्वोधन गर्नका लागि ।

    तर, त्योबाट दायाँवायाँ भयो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन । दायाँ वायाँ कोही गर्न खोज्यो भने त्यो टिक्नेवाला छैन भन्ने छ मेरो । मैले गर्न खोजें भने म टिक्दिनँ । अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन ।

    आपसी समझदारीमा आवश्यक गम्भीरता, निर्णय लिँदाखेरि इमान्दार र पारदर्शी तरिकाको छलफल र छलफलबाट निर्णय लिने प्रक्रियामा हामी गम्भीर हुनैपर्छ । त्यहाँ गम्भीर भइएन भने स्थिति अप्ठ्यारोतिर जाने खतरा हुन्छ ।

    तर, केपीजीसँग मेरो खुलेर छलफल हुन्छ । दुई चार दिनअघि हामी बालुवाटारमा बस्यौं । खुलेर मनमा लागेका कुरा एक–अर्कालाई भनियो । खुल्लम खुल्ला नै भनियो दुईजना मात्रै बसेर । यसले गर्दा हिजो हामीले गरेको एकता र विश्वास तोड्नेतिर हैन, ठीकै दिशातिर जान्छ भन्ने नै मेरो विश्वास छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ