• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    एकाबिहानै प्रहरी कार्यालयलाई लक्षित गरी शक्तिशाली बम विस्फोट, ८ जनाको मृत्यु, के भन्छ प्रहरी

    18.9K
    SHARES

    काठमाडौँ । पछिल्लो समय देश भित्र तथा देश बाहिर बम बिस्फोटका घट्नाहरु बढ्दै गएको समाचारहरु बाहिर आईरहेका छन । यस्ता यस्तै ठुला-ठुला बम बिस्फोटका खबरहरु बाहिर आइरहेको बेला फेरी  प्रहरी कार्यालयलाई लक्षित गरी अफगानिस्तानमा ठुलो शक्तिशाली बम बिस्फोट भएको छ ।

    उक्त आत्मघाती कार बम विस्फोटनमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन्

    विस्फोटन गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ । घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिनुभयो । दुर्भाग्यबस आठ जना प्रहरी अधिकारीहरु मारिएका छन् र अरु सात जना घाइते भएका छन् । विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको छ, खानले बता

    यसैबिच रुसमा शक्तिशाली विस्फोटक पदार्थ बनाउने एक कारखानामा विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते भएका छन् । जसिङ्क शहरमा रहेको कारखानामा भएको विस्फोटबाट आसपासका १ सय ८० घरमा समेत क्षति पुगेको छ ।

    विस्फोटमा घाइतेमध्ये ३८ जना मजदुर र ४१ जना सर्वसाधारण भएको बताइएको छ । रुसी सेनाका लागि आवश्यक विस्फोट पदार्थ उत्पादन गर्ने यो कारखानामा एक्कासी विस्फोट भएको हो । विस्फोटबाट क्रिस्टल रिसर्च इन्स्टिच्युट पुरै ध्वस्त भएको छ ।

    विस्फोटको समयमा पाँच जना कारखानाभित्रै रहेको भए पनि उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

    सोसल भिडियामा सार्वजनिक भएका तस्बिरहरुमा विस्फोटपछि त्यस क्षेत्र धुँवामय भएको देखिएको छ । विस्फोटमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । शक्तिशाली विस्फोट भएपछि कारखाना रहेको भवनका सीसा र धातुले लागेर धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

    विस्फोटपछि त्यस क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । स्थानीय स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कारखानामा विस्फोटपछि एक सय वर्गमिटरमा आगो लागेको बताएका छन् । यही शहरमा गत अप्रिलमा भएको एक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो

    त्यस्तै सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलापछि पाकिस्तानी सेनाले कारबाहीका नाममा हजारौंको हत्या गरेको ठहरसहितको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

    बीबीसीले गरेको विशेष अनुसन्धानले पाकिस्तानी सेनाले आतंककारीविरुद्धको कारबाहीका नाममा हजारौंको हत्या गरेको ठहरसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । स्वतन्त्र अनुसन्धानकर्ता र अधिकारवादी संस्थाहरुले सन् २०१२ यता मात्रै पाकिस्तानको उत्तरपूर्वी क्षेत्रका करिब ५० लाख सर्वसाधारणलाई विस्थापनका लागि बाध्य पारिएको दाबी गरेका छन् ।

    पाकिस्तानले युद्धका क्रममा मारिएकाको यकिन तथ्यांक राख्ने गरेको छैन । यद्यपि, स्थानीय अधिकारी तथा अधिकारकर्मीहरुको अध्ययन प्रतिवेदनले युद्धका क्रममा सेना र सर्वसाधारण गरी ५० हजारको मृत्यु भएको देखाएको छ ।

    सेनाले सर्वसाधारणमाथि गरेको हवाई तथा स्थलगत कारबाहीको भिडियो फुटेज पनि प्रमाण स्वरुप सर्वसाधारणले सुरक्षित राखेको बीबीसीले जनाएको छ । पाकिस्तानी अधिकारवादी संस्थाहरुले गत वर्षदेखि सर्वसाधारणका अधिकारवादी मुद्दाहरु सार्वजनिक गर्न थालेपछि पाकिस्तानी सेनाको ज्यादतीबारेका घटना सतहमा आएका हुन् ।

    उच्चस्तरीय छलफलपछि कानुनसंगत ढंगले कारबाही गर्नुपर्नेमा सेनाको तल्लो तहबाटै हत्यासम्ममा कारबाही हुने गरेको बीबीसीले खुलासा गरेको हो । साथै सेनाले तालिवान तथा अन्य आतंकवादीको पहिचान भएकालाई मात्र नभई उनीहरुका परिवारमाथि समेत अन्यायपूर्ण र क्रुर व्यवहार गरेको पुष्टि भएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ