• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    च्याम्पियन्स लिगको फाइनल चलिरहँदा महिला लुगा फालेर मैदानमा दौडिएपछि भयो यस्तो हंगामा, भिडियोसहित

    17.9K
    SHARES

    काठमाडौँ । स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच चलेको च्याम्पियन लिगमा आइतबार एउटा अनौठो दृश देखियो । फाइनलमा खेल चलिरहेको बेला एउटा महिला एक्कासी मैदानमा कुदेको देखेपछि दर्शक मात्रै होइनन् खेलाडीहरु पनि छक्क परे ।

    खासमा यो दृशले धेरैलाई अचम्ममा परेको छ । करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि रहेको बेला एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडिएपछि कमेन्ट्रि बक्समा कमेन्ट गरिरहेका व्यक्ति समेत हासेका थिए ।

    ति महिलालाई मैदानमा खेलाडीको सुरक्षार्थ खटिएका व्यक्तिहरुले दौडिएर समातेको भिडियोमा देख्न सकिन्छ । ति महिलाका कारण एकैछिन खेल र्किएको समेत थियो । महिलालाई बाहिर ल्याएपछि १५ मिनेटमा बल्ल खेल सुरु भएको थियो ।

    खासमा ति महिला को हुन् र किन त्यसो गरिन ? भन्ने बिषय नखुले पनि उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    किन्सी वलान्स्की नामकी ती महिला Vitaly Uncensored नामको पोर्न वेब साइटकी सञ्चालक हुन् । दी सनकाअनुसार किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी रहेको बुझिएको छ ।

    उनीहरू युट्युब च्यानलकासाथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । त्यसपछि उनलाई खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो ।

    त्यस्तै यस सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनलमा अर्काे इङ्लिस टोली टोटनह्यामलाई २–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

    स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटिन रंगशालामा भएको खेलमा लिभरपुलले पेनाल्टी गोलमार्फत दोस्रो मिनेटमै अग्रता बनाएको थियो । खेल सुरु भएको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर सिसाकोले ह्यान्ड बल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । त्यसलाई मोहम सलाहले गोलमा परिणत गरी टोलीलाई अग्रता दिलाए ।

    अधिकांह समय बल आफ्नो कब्जामा लिइ टोटनह्यामले निरन्तर दबाब सिर्जना गरे पनि गोल गर्न सकेन । ८७ औं मिनेटमा वरिजीले गोल गरी लिभरपुलको जित निश्चित बनाइदिए ।

    सेमिफाइनलमा लिभरपुल स्पनिस क्लब बार्सिलोनालाई पराजित गरी फाइनल पुगेको हो। टोटनह्यामले डच टोली आजाक्समाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।

    गत सिजनको उप विजेता लिभुपरलले यससँगै च्याम्पियन्स लिगको ६ टाइटल जितेको छ । च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली स्पेनिस क्लब रियल मड्रिड हो । उसले १३ सिजनको उपाधि जितेको छ ।

    हेर्नुहोस यस्तो छ भिडियो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ