• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विप्लवको यस्तो कारवाहीमा परेका नेकपा नेता पदम राई ओली-प्रचण्डको पार्टीमा प्रवेश गर्दै

    6.4K
    SHARES

    काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीबाट निलम्बित पोलिटब्यूरो सदस्य पदमबहादुर राई ‘विकास’ ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्न लागेका छन् ।

    पार्टी नीति र हितविरुद्ध गतिविधिमा संलग्न रहेको पाइएपछि महिनादिन अघि बसेको नेकपा स्थायी समितिको बैठकले राईलाई निलम्बन गरेर कारवाही गरेको थियो । निक्कै उग्र स्वभावका नेता राई आफ्नो आलोचना गर्ने कार्यकर्तामाथि बैठकमै कुटपिटमा उत्रिनेदेखि गालीगलौज गर्नेसम्मका बिभिन्न पार्टीविपरीत गतिविधिमा संग्लन थिए ।

    कमीकमजोरी सच्याउन पार्टीले पटकपटक चेतावनी दिएपनि नमानेपछि उनलाई नेकपाले कारवाही गरेको स्रोतले बतायो । कारवाहीमा परेपछि उनका लागि सत्तारुढ नेकपामा प्रवेश गर्ने बाटो पनि खुकुलो भएको कतिपयको बुझाई छ । उसो त केहिदिन अघि सरकारले बाँडेको संविधानसभा पदबाट विभूषण हुने सूचीमा उनको पनि नाम थियो ।

    सत्तारुढ नेकपा प्रवेश गर्ने भएपछि उनलाई उक्त विभूषण प्रदान गर्न सिफारिस गरिएको पूर्व माओवादी नेताहरुको बुझाई छ । विद्रोही नेकपा उच्च स्रोतले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार राईलाई निलम्बन गरेर कारवाही गरिएको परिपत्र पार्टीभित्र सबै निकायमा परिपत्र समेत गरिसकेको छ ।

    राईले पार्टीको नीतिविपरीत अनधिकृत पात्र र क्रान्तिविरोधी पक्षसँग साँठगाँठ गरेको भन्दै निलम्बन गरिएको थियो । तर सच्चिने मौका अवधिमा राखिने भन्दै कारवाहीको निर्णय सार्वजनिक नगरिएको स्रोतको बतायो । ‘सच्चिने त परको कुरा, उहाँ त पार्टी नै छोडेर भाग्नु तयारीमा हुनुहुँदो रैछ’ नेकपा स्रोतले भन्यो- ‘पार्टी वैठकमा कार्यकर्तामाथि कुटपिटमा उत्रिने राईजस्तो नेता अहिलेसम्म हामीले देखेको छैन ।’

    पछिल्लोसमय नेकपाबाट कारवाही परी गहलत्याइएका नेता कार्यकर्ताहरु प्रचण्ड र केपीको टीका थापेर सत्तारुढ नेकपा प्रवेश गरिरहेका छन् । राईलाइ आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा ओली र प्रचण्डले पार्टी प्रवेश गराउने तयारी गरिएकाेसत्तारिध नेकपा स्रोतले जनाएको छ । ओली सरकारले बिद्रोहीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेदेखि नै राई पार्टीबाट टाढा र गुपचुप बस्दै आएका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ