• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओलीलाई लाग्यो ठुलो झट्का, प्रचण्ड र वामदेवबिच भयो यस्तो सहमति, कार्यकर्ता नै चकित

    19.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालयको बैठक दुई दिन पछाडि सरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतिपछि अर्को बैठक जेठ २० गतेका लागि तय भएको छ ।

    शनिबार बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । तर, प्रधानमन्त्री ओलीले गृहकार्य गर्न नभ्याएको भनेपछि बैठक १८ गतेको साटो २० गतेलाई सारिएको स्रोतले बताएको छ ।

    नेकपा स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री ओली दिल्ली जानुअघि दुई अध्यक्षवीच संक्षिप्त कुराकानी भएको थियो । राष्ट्रपति कार्यालयमा पदक वितरण समारोहमा भाग लिएपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग संक्षिप्त कुराकानी गरेका थिए ।

    सोही कुराकानीमा प्रधानमन्त्री ओलीले आफू भारत जानुपरेकाले गृहकार्य गर्न नभ्याइएको भन्दै सचिवालय बैठक २० गतेलाई सार्ने प्रस्ताव गरेको प्रधाभनमन्त्री निकट स्रोतले  जानकारी दियो ।

    वामदेव र प्रचण्ड एउटै लाइनमा

    यसैवीच, नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा जिम्मेवारी एक/एक जनाले चलाउने गरी कार्यविभाजन हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएसँगै नेकपाभित्र तरंग सिर्जना भएको छ ।

    जेठ २० गते बस्ने बैठकमा नेताहरुको कार्यविभाजन हुने र प्रधानमन्त्री ओलीले पार्टीको जिम्मेवारी प्रचण्डलाई लिएर आफूले सरकारको मात्रै नेतृत्व लिनुपर्ने प्रस्ताव आउन सक्ने स्रोतले बतायो । प्रधानमन्त्री र अध्यक्ष पद एउटै व्यक्तिमा केन्द्रित गरिन नहुने लाइनमा प्रचण्ड र वामदेव गौतम एउटै लाइनमा उभिएका छन् ।

    नेकपाका सचिवालय सदस्य वामदेव गौतमले प्रचण्डको लाइनलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको जिम्मेवारी प्रचण्डलाई दिएर सरकारको काममा बढी ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

    गत मंसिर २९ मा बसेको पार्टी स्थायी कमिटीको बैठकमै नेता गौमतले एक व्यक्ति एक जिम्मेवारीको माग गरेका थिए । सो बैठकमा प्रस्तुत फरक दस्तावेजको १२ औं पृष्ठमा नेता गौतमले भनेका थिए- ‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकूलता भएको पाइएन ।’

    फरक दस्तावेजमा गौतमको माग थियो, ‘तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्नेतर्फ नै बढी ध्यान दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी सञ्चालन गर्नेतर्फ ध्यान बढी गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबे अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने ।’

    त्यस्तै  सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने बताएका छन् । प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’

    सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले एक टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । प्रचण्डको यस्तो भनाइपछि नेकपामा बहस सुरु भएको छ ।

    यसबारे शीर्ष नेताहरुको धारणा आउन बाँकी रहेका गौतमले मुख खोल्दै प्रचण्डको समर्थन गरेपछि याे बहस थप चर्कने स‌ँकेत देखिएकाे छ ।

    नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गरेका छन् । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी पनि गरे । वैदेशिक ऋण बढी भयो नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘ऋण लिनै पर्छ । विकासका लागि विकसित देशहरुले पनि लिएका छन् ।’

    स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन् गर्नुपर्नेमा गौतमले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । ‘सिष्टममा केही अफ्ठ्यारा छन्, अब सफ्टवयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ’, नेता गौतमले भने ।

    मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैर कानुनी काम झनै बढेको उनको दाबी छ ।

    पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे । एकाध हुने अपराधिक घटनाको छानविन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेसबारे बोल्दै उनले असल प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ