• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    शक्तिशाली बिस्फोट, यस्तो छ थप बिबरण

    69.4K
    SHARES

    काठमाडौं । देश भित्र तथा देश बाहिरबाट अहिले भिभिन्न किसिमका डरलाग्दा दुर्घटना तथा भयानक बम बिस्फोटका समाचार बाहिर आइरहेको बेला फेरी राजधानीमा सेनाको गेटलाई लक्षित गरी शक्तिशाली बम बिस्फोट भएको छ । अफगानिस्तानको काबुलस्थित सैनिक तालिम केन्द्रको गेटमै आत्मघाती बम हमला हुँदा ६ जना मारिएका छन्, भने अन्य ६ जना घाइते छन् । प्रहरी तथा सुरक्षा अधिकारीका अनुसार राजधानीमा रहेको सैनिक अधिकृतहरुलाई पढाइने अध्ययन केन्द्रको गेटमै हमला भएको हो । नयाँ अधिकृतहरु तालिम सकेर निस्किसकेको समय भएकाले ठूलो मानीय क्षति हुन नपाएको बताइएको छ । बिहीबारको उक्त घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । त्यस्तै लागू औषध कोकिनका २ सय ४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जापानी नागरिकको मृत्यु भएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती व्यक्तिको मृत्यु भएको हो ।

    विमानभित्रै ती व्यक्तिको मृत्यु भएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो । परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टिमिटर लामो र १ सेन्टिमिटर चौडाइका कोकिनका पोका भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए । विमानमै उनको मृत्यु भएपछि एयर मोसिलियो नगरमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा नै गन्तव्यमा पु¥याइएको थियो ।

    यसैबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) साँझबाट दोस्रो कार्यकाल सुरु गर्दैछन् । स्थानीय समयानुसार साँझ ७ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ । दोस्रो कार्यकालको पहिलो महिना उनी विदेश भ्रमणका क्रममा विभिन्न तीन मुलुक पुग्ने भएका छन् । मोदीले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्सलाई रोजेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार ७ र ८ जुनमा उनले माल्दिभ्स भ्रमण गर्ने कार्यक्रम छ । दोस्रो विदेश भ्रमणका रुपमा १३ र १४ जुनमा उनी किर्गिस्तान जानेछन् । बहुपक्षीय विदेश भ्रमणका क्रममा मोदीले किर्गिस्तानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतसँग भेटवार्ता गर्नेछन् ।

    महिनाको अत्यतिर २८ र २९ जुनमा मोदी जापान जानेछन् । ‘जी–२० शिखर सम्मेलन’ मा सहभागी हुन उनी जापान जाने बताइएको छ । त्यहाँ उनले जापानी प्रधानमन्त्रीका अतिरिक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल मेक्रों लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको पहिलो एक महिनामा विदेश भ्रमणमा ६ दिन बित्नेछ । उक्त ६ दिनमध्ये उनी दुई दिनभन्दा बढी अर्थात् ५५ घण्टा आकाशमै बिताउनेछन् । तीनवटा विदेश भ्रमणका क्रममा ती मुलुकमा जान र आउन गरी विमानमा उनले ५५ घण्टा बिताउनु पर्ने भएको हो ।

    प्रतिक्रिया