• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    निर्दयी आमा – आफ्नै तिन बर्षिय छोरालाई अचानोमा राखि टुक्राटुक्रा पारेर गरिन बीभत्स हत्या

    3.2K
    SHARES

    भोजपुर । भनिन्छ, आमाका लागि आफ्नो प्राणभन्दा पनि सन्तान प्यारो लाग्छ । तर, भोजपुरमा एक आमाले भने आफ्नो ३ वर्षीय छोराको विभत्स हत्या गरेकी छन् ।

    जिल्लाको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भएकी एक २५ वर्षीया आमाले ३ वर्षीय छोराको खुकुरीले घाँटी रेटेर हत्या गरेकी हुन् ।

    हाल भोजपुर नगरपालिका– ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सम्झनाले आफ्ना ३ वर्षीया छोरालाई अचानोमा राखेर दुई टुक्रा पारिदिएकी छन् । स्थानीयले भने सम्झनाको मानसिक अवस्था ठीक नभएको बताएका छन् । प्रहरीले सम्झनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

    त्यस्तै घरको जगका लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएर पर्साको वीरगन्जमा २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१४ स्थित राजाराम जलाको निर्माणाधीन घरको जगको लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएका २ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बाराको बिश्रामपुर–५ ईटिहायीका ५० वर्षीय दशरथ पण्डित र बाराको परवानिपुर–४ का ५० वर्षीय जवाहिर राम छन् । माटोले पुरिएका बाराको परवानिपुरका ४५ वर्षीय राजेन्द्र रामको भने गण्डक अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सोमबार साँझ घरको जगका लागि खाल्टो खन्ने क्रममा ३ जना माटोमा पुरिएका थिए । तीनैजनालाई उद्दार गरी उपचारका लागि लगिएको बारा बिश्रामपुरका पण्डितको तराईं अस्पताल वीरगन्जमा मृत्यु भएको थियो । यस्तै परवानिपुरका जवाहिर रामको गण्डक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    यसैबिच  देशभरको ध्यान तान्ने गरी भएको पाँचथर हत्याकाण्डको शोकमा स्थानीय सरकार मिक्लाजुङ गाउँपालिकाले आज मंगलबार शोक बिदा दिने निर्णय गरेको छ ।

    गाउँ कार्यपालिकाको बैठकले जेठ ६ गते मिक्लाजुङ–३ आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।

    हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया