• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विश्वलाई नै चकित पार्दै मोदीले दिए प्रधानमन्त्रीबाट एकाएक राजीनामा, यस्तो छ कारण

    33.5K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन्।

    प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन्। राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ।

    भारतीय लोकसभा निर्वाचनको मतगणना सकिएको छ। कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ। यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने पक्का भएपछि उनले राजीनामा दिएका हुन् ।।

    केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ‘कामचलाउ सरकार’का रुपमा काम गर्नेछ। शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै उनी आफ्नी आमालाई भेट्न जाने पनि बताइएको छ।

    पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो। यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ। पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो। यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ।

    प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ। पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ। सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो। लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन्।

    जसले मोदीलाई प्रधानमन्त्री पदका लागि अयोग्य सम्झिए

    २०१९ को आम चुनावको नतिजा आएको छ। यो नतिजाले प्रमुख रुपमा के कुरा प्रष्ट बनाएको छ भने यो केबल र केबल प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको सांगठनिक क्षमताको जित हो। यी दुईले आआफ्नो क्षेत्रमा हासिल गरेको कार्यकुशलता र व्यापकताको जित हो, जुन २०१४ को भन्दा केही बढी छ।

    यसपटक यी दुईको नेतृत्वमा बीजेपी नयाँ सीमा पार गरेको छ। बंगाल, ओडिसालगायत पूर्व तथा उत्तरपूर्वका राज्यमा उनीहरूले आफूलाई बलियो बनाए। र, आफ्ना पुराना गढमा पनि दबदबा कायम राखिरहे। यसरी उनीहरूले नयाँ ठाउँमा पनि पार्टीको जित सम्भव बनाए।

    यो एउटा यस्तो चुनाव थियो जसले भारतको प्रगतिशील वर्गको हार देखाउँछ। बौद्धिक स्तरमा उनीहरू मोदीको करिस्मा पहिचान गर्न असफल रहे। बीजेपीका नेताहरू भनिरहे कि- यसअघि कहिल्यै पनि समाजका यी दुई वर्ग अर्थात् भारतका आमजनमानस र बुद्धिजीवी वर्गबीच यति धेरै फरक देखिएको थिएन। यसले के पनि पुष्टि गर्छ भने यी दुईको दुनियाँ तथा सरोकारमा धेरै अन्तर छ।

    प्रधानमन्त्री मोदीको कुरा गर्दा २०१४ देखि नै उदारवादीवर्गले उनलाई कम आँकेको थियो। उनीहरूले प्रधानमन्त्री पदका लागि मोदीलाई अयोग्य सम्झे जबकी उनले तीनतीन पटक गुजरातको मुख्यमन्त्री भइसकेका थिए। बारम्बार यो भनिएको थियो कि- मोदी पार्टीको उम्मेदवार बने भने बीजेपीलाई राष्ट्रिय स्तरमा ठूलो धक्का लाग्न सक्छ। तर नरेन्द्र मोदीले यी सबै अनुमानलाई गलत साबित गरिदिए।

    २०१४ मा जब उनले चुनाव जिते तब देशमा हुने हरेक साना ठूला घटनाका लागि प्रत्यक्ष वा परोक्ष रुपमा उनैलाई जिम्मेवार ठहर्याउने एउटा ट्रेन्ड बन्यो। यो मानिसकता पनि कहीँ न कहीँ मोदीको पक्षमा देखियो किनभने यसका कराण उनी लगातार चर्चामा रहे। जनधार अत्यन्त कम भएका नेतालाई मोदीविरुद्ध उतार्ने कोसिस पनि भयो तर मोदीले यी सबैकुरालाई आफ्नो पक्षमा ल्याउन सफल भए किनकि मोदी भारतका आम नागरिकलाई बुझ्न, उनीहरूसँग जोडिन र उनीहरूका आशालाई सही दिशा दिन सक्षम थिए।

    विपक्षीहरूलाई यसको कुनै फाइदा मिलेन। विपक्षीहरू लगातार यो कोसिस गरिरहे कि गठबन्धन, महागठबन्धन र जातीय गणितमा आधारित भएर विकल्प बनाउन सकियोस्। तर यी सारा कोसिसहरू असफल भए। उनीहरूले कुनै पनि ठोस विकल्प तयार पार्न सकेनन्।

    मतदातामा बफादारीको जुन परिवर्तन देखियो यसलाई बुझ्न पनि विपक्षी राजनीतिक दल असफल भए। यो असफलताका लागि उनीहरू इलेक्ट्रोनिक भोटिङ मेसिनलाई दिइरहे। गएका पाँच वर्षमा एउटा कुरा खुब रोचक तरिकाले सतहमा आयो। त्यो के भने जसरी मोदीको कद बढ्यो, त्यसरी यी विपक्षी दलहरूको जनतासँगको कनेक्सन टुट्दै गइरहेको थियो।

    देशको कुनै पनि ठाउँमा यात्रा गरेको जो कोही नागरिकले बुझ्न सक्छ कि सत्ताविरोधी फ्याक्टर चुनावमा थिएन। न त मोदीविरोधी माहौल नै थियो। तर मोदीका नीतिको तटस्थ आलोचना गर्नुको साटो विपक्षीले लगातार मोदीको व्यक्तित्व गिराउने काममा आफ्ना सारा शक्ति गुमाए। जसको नतिजा यो निस्क्यो कि मोदीको व्यक्तित्व भारतीय राजनीतिको केन्द्र बन्यो र विपक्षीको पराजयका लागि जमिन बन्दै गयो।

    मोदीले भारतीय राजनीतिको दशा र दिशा आधारभूत तरिकाबाटै बदलेका छन्। उनले भारतीय जनता पार्टीलाई भारतीय राजनीतिको केन्द्रमा ल्याएर उभ्याइदिएका छन्। जहाँ लामो समयदेखि कंग्रेसको एकाधिकार थियो। भारतीय जनता पार्टीले बनाएको यो कथ्यको वरीपरी आउने धेरै वर्ष भारतीय राजनीति घुमिरहने छ। मोदीले आफ्नो पार्टीको आधार भारतको भूमिमा रहने अनेकौँ समूहसम्म विस्तार गरेका छन्, यसको असर के भयो भने भारतका अन्य दलहरू कि त खतम हुँदै गएका छन् वा खुम्चिरहेका छन्।

    मोदीले भारतीय राजनीतिलाई नयाँ शब्दमा परिभाषित गरेका छन्- ती पार्टीहरू जो २०१४ सम्म जातीय गणितमा केन्द्रीय थिए, उनीहरू अब शासनको कुरा गर्न लागेका छन्। भारतीय मतदाताले राजनेताहरूसँग लगातार असल शासनको माग गर्न थालेका छन्। र, यो जागरण कहीँ न कहीँ मोदीको ‘हाइभोल्टेज क्याम्पेनिङ’ का कारण सम्भव भएको हो। र, यही कारण मोदी मुलुकका युवा मतदातामाझ निकै लोकप्रिय छन्।

    भारतमा यतिबेला अन्य कोही त्यस्तो नेता छैन जसले यहाँका नागरिकको इच्छा, आकांक्षा र आशालाई सही तरिकाबाट बुझ्न सकोस्। र, त्यसलाई महसुस गरेर नयाँ रंग दिन सकोस्। सायद यही ‘क्वालिटी’ ले मोदीलाई उनका मतदातासँग जोडेको छ।

    मोदीको राजनीतिले फेरि एकपटक कयौँ पाखण्डहरूलाई ऐना देखाएको छ जसलाई केही पुस्तादेखि हाम्रो देशमा देख्दै र सुन्दै आइएको छ। जस्तो- धर्मनिरपेक्षतालाई जुन तरिकाबाट एउटा विशेष राजनीतिक वर्गले लगातार आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गर्‍यो।

    ऊ यो चुनावमा खुलेर अगाडि आएको छ। यसअघि एउटा खास वर्ग विशेषसँग भोट या समर्थन माग्नु भारतीय लोकतन्त्रको शक्तिका रुपमा बुझिन्थ्यो तर मोदीले यसलाई पनि गलत साबित गरिदिए। उनले दक्षिणपन्थी सोचलाई एक हिसाबले नयाँ आयाम दिए। आज मूलधारको मिडिया यस्ता मानिसलाई स्थान दिन बाध्य भएको छ। जसलाई पहिला मतलब नै गरिँदैनथ्यो।

    मोदीले पूर्व तथा पूर्वोत्तर राज्यलाई भारतीय राजनीतिको केन्द्रमा ल्याउने काम गरे। यी इलाका लामो समयदेखि राजनीतिक उपेक्षा झेलिरहेका थिए। तर मोदीले गरेको लगातार प्रयासका कारण ती राज्यहरू राष्ट्रिय राजनीतिको मूलप्रवाहमा समाहित भएका छन्। तर मोदीले गरेका यी काममाथि विपक्षीसँग न कुनै नीति थियो न त दूरदर्शिता नै।

    यसले के प्रष्ट पार्छ भने जुन विशालताका साथ मोदीलाई यो जित मिलेको छ, यसले दोस्रोपटक के कुरा स्थापित गर्छ भने मोदीले भारतको ७० वर्ष पुरानो राजनीतिक दाउपेचलाई पूर्णरुपमा बदलिदिएका छन्।

    तर, यसको मतलब यो होइन कि मोदीको शासनकाल पूर्ण रुपमा निश्कलंक थियो र यसको समीक्षा हुनु हुँदैन। तर आज जुन हिसाबले भारतको बौद्धिक वर्ग आफूलाई विभाजित महसुस गरिरहेको छ, यसको मूलकारण यो हो कि उनीहरूले विवादको जन्म तब दिए जब कुनै विवाद नै थिएन। र, यसक्रममा उनीहरूको साख गिर्दै गयो।

    मोदी आफ्नो शासनकालको दोस्रो अध्याय सुरु गर्न लागेका छन्। यतिबेला उनको नीति र राजनीतिमाथि निकै विचार विमर्श र मन्थन आवश्यक छ। तर हामीले यसको सुरुवात यो स्वीकारोक्तिका साथ गर्नुपर्ने छ कि मोदी यो चुनावमा निकै ठूलो शक्ति बनेर उदाएका छन्। यति ठूलो कि जसको अनुमान उनका विरोधी र आलोचकले पनि लगाउन सकेका थिएनन्।

    लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ। निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हासिल गरेको ।

    त्यस्तै यो जीतमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर बधाइ दिएका छन् । उनले लेखेका छन्,‘म प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी तथा उसको सहयोगी दलको जीतका लागी बधाई दिन्छु । दक्षिण एशिषमा शान्ति, प्रगति र समृद्धिका लागि उनको साथ काम गर्नेमा आशावादी छु ।’

    निर्वाचन आयोगका अनुसार बीजेपीले गठवन्धनले ३४३ स्थानमा जीत हात पारेको छ भने कांग्रेस नेतृत्वको गठवन्धनले ९५ स्थानमा जीत हात पारेको छ । बिजेपीले एकल रुपमा ३०३ सीटमा जीत हात पार्दा कांग्रेसले ५२ सीटमा जीत हात पारेको छ ।

    कांग्रेस अध्यक्ष राहुल गान्धीले वायनाड सीटमा चार लाख भन्दा धेरै सीटको अन्तरले जीत हासिल गरेका छन् भने आफ्नो पारम्परिक सीट अमेठीबाट उनले पराजय व्यहोरोका छन् । अमेठीमा बीजेपी उम्मेदवार स्मृति इरानीले राहुल गान्धीलाई पराजित गरिन् ।

    सिक्किममा क्रान्तिकारी मोर्चाले ढाल्यो डेमोक्रेटिक फ्रन्टको २५ वर्षे लामो सत्ता
    भारतको इतिहासमा सबैभन्दा लामो समय राज गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्री परिषद्मा काम गरेका प्रेम सिंह तामाङ गोलेले उल्टाइदिएका छन्।

    बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि चाम्लिङको सत्ता उल्टिएको हो। चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको छ। यस नतिजाले सिक्किममा चाम्लिङको २५ वर्ष लामो सत्ताको अन्त्य भएको छ।

    सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो। यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडी बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए।

    परिवर्तन र ‘२५ वर्षे राजाको शासनको अन्त्य’ उनको प्रमूख चुनावी नारा थियो। ‘म तपाईंहरूसँग २५ वर्ष मागिरहेको छैन। मलाई ५ वर्ष दिनोस्, मेरा सबै वाचा पूरा गर्छु’, उनी भन्ने गर्थे। बहुमत पाएसँगै गोले नेतृत्वको मोर्चाले अब सिक्किमको नयाँ सरकार बनाउनेछ।

    त्यसैगरी लोकसभाको सिटमा पनि गोलेको पार्टी नै विजयी बएको छ। भारतको लोकसभामा सिक्किम राज्यबाट १ सिट को प्रतिनिधित्व हुने गर्छ। सन् १९९४ देखि चाम्लिङ सिक्किमका मूख्यमन्त्री रहँदै आएका थिए।

    चाम्लिङ अघि भारतमा सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड पश्चिम बंगालका मूख्य मन्त्री ज्योति बसुको नाममा थियो। उनी सन् १९७७ देखि सन् २००० सम्म बंगालको मूख्यमन्त्री थिए। ३२ वर्षको उमेरमा राजनीतिक जीवन सुरू गरेका चाम्लिङ सन् १९८९ देखि ९२ सम्म मूख्यमन्त्री नर बहादुर भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए।

    त्यसपछि सन् १९९३ मा भण्डारीको साथ छोडेर चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट खोले। त्यसको अर्को वर्ष सन् १९९४ मा भएको चुनावमा भण्डारीको पार्टीलाई हराएर उनी मूख्यमन्त्रीको कुर्सीमा पुगे। अहिले सो इतिहास दोहोरिएको छ।

    चाम्लिङकै पूर्वमन्त्री गोलेले अहिले उनको सत्ता अन्त्य गरिदिए। चाम्लिङको सत्ता उल्टइदिने गोलेको राजनीतिक यात्रा चाम्लिङसँगै सुरू भएको थियो। चाम्लिङले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोलेसँगै गोले शिक्षण पेसा छोडेर राजनीतिमा आएका हुन्।

    त्यसपछि सन् १९९४ मा भएको निर्वाचनबाट गोले पहिलो पटक सांसद चुनिए। सांसद चुनिएसँगै उनी चाम्लिङ् नेतृत्वमा बनेको सरकारमा गोले मन्त्री बने। उनी सन् १९९४ देखी सन् २००९ सम्म लगातार ३ पटक मन्त्री भए।

    त्यसक्रममा उनले पशुपालन, उद्योग र भवन तथा आवास मन्त्रीको रूपमा काम गरे। सन् २०१३ मा चाम्लिङको पार्टी छोडेर सिक्किम क्रान्तिकारी परिषद् गठन गरे।

    त्यसपछि २०१६ मा गोलेलाई सरकारमा रहँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइयो। सो मुद्दामा उनी झण्डै एक वर्ष जेल बसे। यसपालीको निर्वाचनमा पार्टीले गोलेलाई मूख्यमन्त्रीका रूपमा घोषणा गर्‍यो। पार्टीले घोषणा गरेपनि उनले विधानसभा चुनाव भने लडेनन्।

    उनको निर्वाचन क्षेत्रबाट गोलेका छोरा आदित्य गोलेले लडे। उनी सो सिट उनका छोराले जितेका छन्। पार्टीले गोलेलाई मूख्यमन्त्रीका रूपमा अगाडी सारेपछि चाम्लिङले जनताहरूलाई ढाँटेको भन्दै विरोध गरेका थिए।

    ‘भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका गोलेले कुनै पनि चुनाव लड्न पाउँदैनन, उनी कसरी मूख्यमन्त्री बन्छन्?’, निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गरेसँगै चाम्लिङले भनेका थिए।

    गोले मूख्यमन्त्री बन्छन वा बन्दैनन् भन्नेमा अझै दुविधा देखिएको छ। भारतको संविधानमा विधानसभा सदस्य नभएपनि मूख्यमन्त्री बन्न पाउने प्रावधान छ तर ६ महिनाभित्रमा विधानसभामा निर्वाचित नभए मूख्यमन्त्री पद जान्छ।

    गोलेका समर्थकले पार्टीले जितेको कुनै एउटा विधानसभा सिट खाली गराएर निर्वाचन लड्ने बताएका छन्। तर निर्वाचन आयोगले उनलाई निर्वाचन लड्न दिन्छ कि दिदैन टुङ्गो छैन्।

    प्रतिक्रिया