• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पाँचथरको विभत्स हत्याकाण्ड सेलाउन नपाउदै रोल्पामा घट्यो भयानक घट्ना, दुई जना छटपटाईरहेको अवस्थामा जंगलमा फेला

    18.8K
    SHARES

    काठमाडौँ । दाङमा एक जना मृत र एक जना छटपटाई रहेको अबस्थामा सामुदायीक वनमा फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को राटामाटा सितल सामुदायिक वन क्षेत्रमा आज दिउँसो एक युवक मृत भेटिएका हुन भने उनि सँगै एक युवती छटपटाईरहेको अबस्थामा फेला परेका हुन् ।

    मृत अबस्थामा भेटिएका युवक रोल्पा सुनिल स्मृती गाउँपालिका ८ असरेका १८ बर्षिय राजेश घर्ती र छटपटाईरहेकी सोही ठाउँकी १७ बर्षिया गिता केसी रहेको दाङका प्रहरी प्रबक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन । वन हेर्न गएका सुनिल चौधरीले ति युवा युवती छटपटाईरहेको देखे पछि वडा सदस्यलाई खबर गरी प्रहरीलाई जानकारी गराएपछि उनिहरुको उद्धार गरिएको

    मृतक युवकको शबलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शबगृहमा राखिएको छ भने युवती केसीको प्रतिष्ठानमै उपचार भैरहेको छ । उनिहरुले बिषादी सेवन गरेको प्रहरीले अनुमान गरेको छ ।

    घटना स्थलमा बिषादीको गन्ध आएको र बोतलको बिर्को समेत फेला परेको प्रहरीको भनाई छ । युवती बेहोस भएका कारण घटनाका बारेमा सबै खुल्न नसेकको र अनुसन्धान भैरहेको प्रबक्ता शाहले जानकारी दिएका छन ।

    त्यस्तै झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट प्रवेश गरेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् ।

    आक्रमणको घटना राति भए पनि बिहीबार बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए । एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसकी बिरामी वृद्धा सासु थिइन् ।

    टाउकोमा धारिलो हतियारको चोट लागेकी घाइते आरतीलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल लगिएको र सामान्य घाइते अवस्थाकी उनकी छोरी अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।

    घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । सो घरसँगै जोडिएको अर्को घरमा कोही पनि बस्दैनन् भने अरु घर केही टाढा छन् । छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो । छोरी अर्पणा रोइरहेकी थिइन् । बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन् ।

    गाउँलेले खबर गरेपछि घटनास्थलमा धुलाबारी इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनाली आफैं प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा जुटेका छन् । उनले घटनाको अनुसन्धान भइरहेको जनाउँदै अभियुक्त चाँडै पत्ता लगाइने बताए ।

    बुधबार राति निकै ठूलो पानी परेको थियो । पानी परेकै बेला आक्रमणकारी सो घरमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाकी प्रत्यक्षदर्शी नाबालिका अर्पणाले दुई व्यक्ति कोठामा पसेर आक्रमण गरेको र आफूलाई कराएमा मारिदिने धम्की दिँदै घाँटीमा हातले च्यापेर हुत्याइदिएको बताएकी थिइन् ।

    यसैबीच उता कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ का चिरञ्जीवी आचार्यको हत्या उनकै साथीहरूले गरेको खुलेको छ। आचार्यको शव दुई दिनअघि रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको थियो।

    होटलमा सँगै बसेर मदिरा खाएका बेला मोबाइल हराएको विषयमा भएको सामान्य विवादले २७ वर्षीय आचार्यको ज्यान गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक साताअघि चितवनबाट वाणगंगास्थित घर आएका आचार्य तिनै साथीहरूसँग भेटेपछि घर पुगेका थिएनन्।

    साथीहरू सँगै बस्ने, मादक पदार्थ तथा लागुऔषध समेत सेवन गर्ने गरेका उनीहरूले ६ गते साँझ वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा बसेर मदिरा सेवन गरेका थिए।

    आचार्यसँगै रमेश विक, राजु विक, गोपाल खनाल र राजु खत्रीसँगै बसेर मदिरा सेवन गरेका थिए। त्यसै क्रममा आचार्यले ‘मेरो मोबाइल हरायो तिमीहरूले चोरेको हो?’ भनेर सोधेपछि विवाद सुरू भइ कुटाकुट समेत भएको थियो।

    आफूहरूलाई चोर दोष लगाएपछि मार्ने योजना बनाएको उनका साथीहरूले स्वीकार गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए।

    आचार्यसँग १३ हजार रुपैयाँ साथमा रहेको थाहा पाएका उनीहरूमध्ये रमेश विक र राजु विकले विवाद केही मत्थर भएपछि आचार्यसँगै मोटरसाइकलमा चढेर सालझण्डी आएको र जंगलमा लगी ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    हत्यापछि उनीहरूले आचार्यको मोटरसाइकल वाणगंगा १ स्थित खयरखानी जंगलमा लगेर फालेको प्रहरीले जनाएको छ। मृतकको शव फेला पारेको २४ घण्टा नबित्दै प्रहरीले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिन सफल भएको छ।

    पक्राउ परेकामध्ये राजु र रमेशले मोटरसाइकलमा ल्याएर ढुंगाले हान्ने र जंगलमा फाल्ने काममा संलग्न भएको तथा गोपाल र बसन्तले प्राप्त सूचना लुकाउन सहयोग गरेको अभियोग प्रहरीले लगाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ