• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    कसरी भयो एकैरातमा ९ जनाको विभत्स हत्या, भागेर बाँचेकी बालिकाले दिइन यस्तो कहालीलाग्दो बयान

    67.5K
    SHARES

    फिदिम । पाँचथरको बिकट मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।

    गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बयान दिएकी छन् ।

    भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे।’

    पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका-३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएकोथियो। धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौजनाको हत्या भएकोथियो। सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएको थियो।

    विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी र आसपासका चौकीहरुबाट टोलीहरु घटनास्थलतर्फ गइरहेका छन्। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ। घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त गाउँबाट नजिकै पर्ने भएकाले झापाबाट पनि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको अज्ञात व्यक्तिले हत्या गरेको पाइएको गाउँलेले बताएका छन्।

    स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए। यसैगरी बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ। धनराजका परिवारको शव घरभित्रै पाइएको थियो भने बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो।

    हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुमलगायत छन्।

    १२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन्। सामान्य घाइते उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ। उनले कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरेको प्रहरीलाई जानकारी दिएकी छन्।

    पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको छ। जिल्ला प्रंहरीको टोली त्यसतर्फ गइरहेको उनले बताए। हत्या कसले र किन गरेको भन्ने खुलिसकेको छैन।

    यता पाँचथरका प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार हत्याराले ढोका थुनेर सामूहिक हत्या गरेका हुन्। उनले भने, ‘गाउँलेले थाहा पाउलान् भनेर हत्याराले ढोका थुनेर हत्या गरेर भागेको गाउँलले बताए। ढोका थुनेपछि हामफालेर भाग्न खोज्दा १ जनाको खुट्टा भाँचिएको छ। उनी घाइते छन्। स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भन्ने जानकारी आएको छ।’

    यता एक नम्बर प्रदेश प्रहरीका अनुसार हत्या अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री आफैं हिँडेका छन्।

    उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारी गरेको छ। ‘यहाँबाट अनुसन्धानमा टोली पठाउने तयारी भइरहेको छ,’ ब्युरो निर्देशक निरजबहादुर शाहीले भने।

    पाँचथरसँगै छिमेकी जिल्ला झापाबाट पनि प्रहरी बोलाइएको छ । घटनाबारे अनुसन्धानका लागि झापाको साथ खोजिएको प्रजिअ वस्तीले बताए । प्रजिअ वस्तीका अनुसार, झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ लागेको छ ।

    त्यस्तै पाँचथरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मुरारी वस्तीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ ।

    यस्तै घटनास्थलमा रहेका उक्त गाउँपालिकाका अध्यक्ष अमर माखिमले अर्को रहस्य खोलेका छन् । उनका अनुसार घटना घट्नुभन्दा एक साताअघि मात्रै दुईमध्ये एउटा घरमा अर्को रहस्यपूर्ण घटना भएको बताए ।

    स्थानीय स्तरमा आयोजित एक कार्यक्रमका क्रममा ५ जनाको मृत्यु भएको घरमा खाना बनाइएकोमा खानामा प्रयोग गरिएको नुनमा सिसाको धूलो पनि हालेको पाइएको थियो । माखिमले भने,‘‘त्यो खाना खाएर केही मान्छे बिरामी पनि भएका थिए । अहिले त्यही घरमा हत्या भएको छ । अचम्म लागिरहेको छ ।’’

    त्यतिबेला नुनमा कसले सिसा हालेको थियो भन्ने कुरा अझै नखुलेको समेत अध्यक्ष माखिमले बताए । उनले २ किमीको अन्तरमा रहेका दुवै घरमा शव देखिएको र मृत्यु हुने एक जनाको उमेर ७० वर्षको रहेको समेत जनाए । ‘‘अहिले सदरमुकामबाट डीएसपीसहितको टोली समेत यहाँ आइसकेको छ । अब उहाँहरुले अनुसन्धान प्रक्रिया अघि बढाउनुहुनेछ ।’’

    दुई परिवारका नौ जनालाई गएराति खुकरी प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् । दुवै परिवार आफन्त हुन् । धनराज लिम्बुको घरमा पाँचवटा र बमकुमार लिम्बुको घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

    प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटना भएको स्थान सदरमुकामबाट ६५ किमी टाढा छ । हत्या भएका दुबै परिवार ससुरा र ज्वाईँको भएको गाविस अध्यक्ष माखिमले बताएका छन् ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ