• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कैदीले जेलभित्रै चक्कु प्रहार गरेपछि भयो भयानक झडप, सुरक्षाकर्मीसहित ३२ जनाको मृत्यु

    14.2K
    SHARES

    काठमाडौं । आतंकवादी संगठनसंग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीहरुले जेलमै हिंसा मच्चाउँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

    ताजिकिस्तानको राजधानी दुशान्बेबाट १० किलोमिटर टाढा बाखदात शहरमा रहेको जेलमा हिंसात्मक दंगा मच्चिएको हो । उक्त घटनामा ३ जना जेलका सुरक्षाकर्मी तथा २९ कैदी मारिएको जनाइएको छ । इस्लामिक स्टेटसँग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीले शुरुमा चक्कु प्रहार गरी तीन सुरक्षाकर्मी तथा ५ कैदीको हत्या गरेपछि हिंसा शुरु भएको थियो ।

    हिंसालाई साम्य पार्न सुरक्षाकर्मीले जेलभित्र गोली चलाएका थियो । यसक्रममा अन्य २४ कैदी मारिएको जनाइएको छ । सन् २०१५ मा इस्लामिक स्टेटमा भर्ना हुन सिरिया पुगेका ताजिकिस्तानको वरिष्ठ सुरक्षा अधिकारी गुलरमोड खालिमोभका छोरा बेखुर्ज गुलमरोडको नेतृत्वमा हिंसा शुरु भएको बताइएको छ।

    त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा वक्तव्य दिंदै दुई देशबिच युद्ध शुरु भएमा इरानको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन्। दुई देशबिच तनाव चुलिँदै गर्दा उनको यो वक्तव्य आएको हो। सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै ट्रम्पले आइन्दा अमेरिकालाई नधम्क्याउन चेतावनी समेत दिए।

    अमेरिकाले ‍खाडी क्षेत्रमा सैन्य तयारी तिब्र पारेको छ। यसलाई इरानसँगको युद्धको तयारीको रुपमा हेरिएको छ। गत बिहीबार पत्रकारहरुले इरानसँगको सम्भावित युद्धबारे सोधेको प्रश्नमा ट्रम्पले भनेका थिए, ‘म आशा गर्छु, त्यसो नहोला।’ तर उनको यो ट्विटले दुई देशबिच तनाव बढेको संकेत दिएको छ।

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वमा रहेको लेक अल्बर्टमा एक बन्दूकधारी समूहको आक्रमणमा परी कम्तीमा १९ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन्।

    बुधबार स्थानीय माछा बजारमा भएको उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन तर आइतुरी प्रान्त वरपरको क्षेत्रमा यस अघि हेमा तथा लेन्दु समुदायका लडाकुबीच हिंसात्मक गतिविधि हुने गरेकाले यसमा पनि उनीहरूमध्ये एक (लेन्दु) लडाकूको सम्लग्नता रहेको हुनसक्ने स्थानीय अधिकारीले बताएका छन्।

    समुदायका एक स्थानीय राजनीतिकर्मी पिलो मुलिन्दोले भने, “आक्रमणपछि लेक अल्बर्टको तारा गाउँमा १९ जनाको मृत शरीर भेटिएको छ भने अन्य आठ जना घाइते अवस्थामा भेटिएका छन्।” उनका अनुसार घाइतेमध्ये केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ।

    शसस्त्र बन्दूकधारीको समूहले माछा लिएर बजारतर्फ जान लागेका समय आक्रमण गरेका बताइएको छ । उक्त स्थानमा अहिले राष्ट्रसंघीय सुरक्षा नियोगबाट खटिएका शान्ति सेना पठाउने तयारी भइरहेको बताइएको छ। उक्त स्थानमा गत बर्ष दुई समुदायबीच भएको झडपमा कम्तीमा १०० जनाको मृत्यु भएको थियो।

    लेक अल्बर्टको पारीपट्टी युगाण्डाको जमिनमा सो क्षेत्रबाट विस्थापित भएका करिब तीन लाख शरणार्थी शिविरमा बस्दै आएका छन्। माछा मार्न युगाण्डा क्षेत्रमा पुग्ने गरेको भन्दै कतिपय अवस्थामा युगाण्डाको तर्फबाट पनि माझीहरूमाथि आक्रमण हुने गरेको छ।

    फाइल तस्वीर; गुगल

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ