• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    त्रिशुली बस दुर्घटना सेलाउन नपाउदै बैतडीमा फेरी ठुलो दुर्घटना, यस्तो छ मानवीय क्षतिको विवरण

    15.9K
    SHARES

    काठमाडौं । बैतडीमा आइतबार एक यात्रीवहाक जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१०, बाराकोटका हिराबल्लभ भट्ट र सोही ठाउँका नरुली भट्ट छन् ।

    मृतक एकजनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    बैतडीको देहीमाडौंबाट नागार्जुनतिर जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–११, नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन

    यस्तै धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ । पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए ।

    मृत्यु हुनेमा काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, धादिङ बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य छन् । मृतकमध्ये चार जनाको सनाखत हुन सकेको छैन ।

    दुर्घटनामा घाईते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाईतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

    झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ख ४३८७ नम्बरको बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । बस सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

    दुर्घटनाअघि बसका चालक परिवर्तन भएको घाइतेहरुले बताएका छन् । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन भने नदीबाट बस निकाल्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

    यसैबिच करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । शनिबार १६:४५ बजेदेखि आइतबार ०६ः४५ बजेसम्मको उक्त अवधिमा धादिङ, झापा, कैलाली, सिराहा, महोत्तरी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा १७ जनाको ज्यान गएको हो ।

    यसैगरी झापा मेचीनगर नगरपालिका-१२ काली झोडास्थित पूर्वपश्चिम राजमार्गमा मे-९ प १७८४ र मे.४ प ८१८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँई दुर्घटना हुँदा गम्भीर घाइते भएका मे.४ प ८१८६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१४ दुवागढी बस्ने ४१ वर्षीय अर्जुन सुनुवारको बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    यसैगरी कैलाली भजनी नगरपालिका-३ कुसुमघाटस्थित सडकमा से.१ ह २७३७ नम्बरको अटोरिक्शा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका अटोरिक्शामा सवार बर्दिया गुलरीया नगरपालिका-४ बस्ने ५१ वर्षीय गिदवा थारुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका आटो चालक समेत ४ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । अटोरिक्सा चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

    साथै कैलाली टिकापुर नगरपालिका-७ स्थित सडकमा बा.१६ च ४७१० नम्बरको कार र यूपी ३१ स ५१७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ बटनपुर बस्ने २६ वर्षीय कमल साउदको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    साथै कैलाली जानकी गाउँपालिका-४ बेलापुरस्थित सडकमा से.२ प ४२४६ नम्बरको मोटरदाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय रामनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने कृष्ण बमको टिकापुर अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ ।

    यसैगरी सिराहा धनगढीमाई नगरपालिका-१० आँप चोकमा स.९ प ९६३६ नम्बरको मोटरसाइकलले स.१ ह २९० नम्बरको अटो रिक्शालाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका-४ बस्ने ३२ वर्षीय राजकुमार चौधरीलाई उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा मृत्यु भएको छ । मोटरसाइकल र अटो रिक्शालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी महोत्तरी बर्दिबास नगरपालिका-१ भप्सी पुलस्थित सडकमा बा.८ च ८७४९ नम्बरको एम्बुलेन्सले ना.७ ख ६७६५ नम्बरको ट्रकमा ठक्कर दिँदा गम्भीर घाइते भएकी एम्बुलेन्समा सवार बर्दिबास नगरपालिका-११ खयरमारा बस्ने ४८ वर्षीया हेम कुमारी गौतमको उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा मृत्यु भएको छ । एम्बुलेन्स चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ भने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी उदयपुर कटारी नगरपालिका-१४ स्थित सडकमा बा.४ ख ७००० नम्बरको टिप्पर सडकबाट खोलामा खसेर दुर्घटना हुँदा सिन्धुली दुधौली नगरपालिका-११ बस्ने २० वर्षीय लिला बहादुर सार्की र कटारी नगरपालिका-५ भोर्ले बस्ने माईलो भनेर चिनीने हाल नाम, थर नखुलेका करिब २५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

    प्रतिक्रिया