• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ऐन महरलाई विद्यार्थीको अध्यक्ष बनाएपछि प्रधानमन्त्री ओलीले रञ्जित तामाङलाई दिए यस्तो सुझाव

    13.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवर्गीय संगठन एकीकरणमा असन्तुष्टि जनाएकाहरूलाई चित्त सानो नपार्न सुझाव दिएका छन् ।

    ‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन,’ शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई आत्मसाथ गर्ने हो । २ वटा पार्टीलाई एक बनाएका छौं र नछुट्टिने गरी अन्तर्घुलन गर्दैछौं । अरू साथीहरू क्रमशः समेटिँदै जानुहुनेछ ।’

    विद्यार्थी संयोजकको जिम्मेवारी नदिएकामा तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्टि जनाएका थिए ।

    अखिल महासचिव ऐन महरलाई संयोजक बनाइएपछि तामाङ नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । नेकपा सचिवालयले महरलाई संयोजक र तामाङले चाहेमा उनलाई सह–संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

    यद्यपि तामाङले आफूमाथि अन्याय भएकाले सह–संयोजककोजिम्मेवारी स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय सोचेर लिने बताएका छन् । तर सामाजिक सञ्जाल फेसबुकमा अभाने उनको असन्तुष्टि छताछुल्ल भएको छ । उनले एकता गर्दा विधि, प्रक्रिया र पद्दति मिचिएको जिकिर गरेका छन् ।

    तामाङले वरिष्ठता, योग्यता र क्षमतालाई उपेक्षा गरेर पार्टी नेतृत्वले निर्णय लिएको आरोप लगाए । ‘विधि, प्रक्रिया र पद्दतिविपरीत निर्णय गरियो’, तामाङले भनेका थिए, ‘एकतामा ममाथि अन्याय भएको छ ।’

    ऐन महरलाई विद्यार्थीको अध्यक्ष बनाउनुको रहस्य खुल्यो, पहिले नै दिएका थिए यस्तो बचन

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण टुंगिएको छ । गत वर्ष जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणले जनवर्गीय संगठनको एकतासँगै शुक्रबारबाट पूर्णता पाएको नेताहरुले बताएका छन् ।

    गत वर्ष जेठ ३ गते पार्टी एकीकरण घोषणा गर्दैगर्दा ३ महिनाभित्र सबै कमिटी र जनसंगठनको एकीकरण टुंग्याउने भनिएको थियो । तर, विभिन्न कारणले एक वर्ष लागेको महासचिव बिष्णु पौडेलले बताए ।

    शुक्रबार विहान मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित कार्यक्रममा महासचिव पौडेलले अब एकताको काम लगभग सकिएको बताए । अब केही बाँकी रहेका काम तत्कालै टुंगो लाग्ने उनले बताए । नेकपाको विधानले किटान गरेका २२ वटा भातृ संगठनमध्ये मधेसीबाहेक अरु सबै संगठनको एकीकरण भएको छ ।

    २१ वटा संगठनको संयोजक र सहसंयोजक चयन हुँदा तत्कालिन एमालेले १५ वटामा मुख्य नेतृत्व पाएको छ भने तत्कालिन माओवादीको भागमा ५ वटा संगठन परेका छन् ।

    नेकपाको बिहीबारको सचिवालय बैठकले कम्तिमा ४५ देखि बढीमा २५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी भातृ संगठनमा संयोजक र सहसंयोजक तोकेको छ । सदस्यहरु भने यसअघिका साविक कमिटीका कार्यदलबाट सिफारिस भए बमोजित चयन हुनेछन् ।

    नेकपाका प्रभावशाली संगठन मानिएका युवा संघ र अनेरास्ववियुको नेतृत्व चयनका सन्दर्भमा नेताहरुबीच लामै छलफल चलेको थियो । प्रचण्डको अडानपछि दिपशिखाले युवा सङ्गठनको नेतृत्व पाइसकेका छन् ।

    तर अनेरास्ववियुको अध्यक्ष चयन पनि नेताहरुका लागि पेचिलो बनेको थियो । पूर्व एमालेको भागमा परेको अनेरास्ववियुको अध्यक्ष नविना लामा प्रतिनिधिसभा सदस्य भएलगत्तै संगठनको बैठकमा राजीनामा पेश गरेकी थिइन् । तर उनको राजीनामा स्वीकृत भएको थिएन ।

    नविना आफैं संयोजक बन्न इच्छुक थिइनन् । नविना दोहोरिँदा क्रान्तिकारीका रञ्जित तामाङ सहसंयोजक बन्न तयार थिए । तर अध्यक्ष ओलीले नविनाको विकल्पमा तत्कालिन महासचिव ऐन महरको नाम अघि सारे । तत्कालिन एमालेको अनेरास्ववियुमा अध्यक्ष नविना, चार उपाध्यक्ष र महासचिव ऐन महर सबै ओली निकट मानिन्छन् ।

    नविनाको विकल्प छान्नुपर्दा ओलीले महर रोजे । नविना अखिलको उपाध्यक्ष हुँदा महर पनि उपाध्यक्ष नै थिए । नविना गुट परिवर्तन गरेर आफूतिर आएपछि ओलीले उनलाई अध्यक्षका रुपमा अगाडि सारे । त्यसबेला नै ऐनलाई अर्कोपटक अध्यक्ष बनाउने आश्वासनसहित महासचिवमा उठाइएको थियो । ओली सोही बचन पूरा गरेका छन् ।

    अध्यक्षको दावेदारका रुपमा उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला र सुनिता बराल थिए । तर संगठनमा महर सिनियर भएकाले उनैलाई अध्यक्ष बनाइएको ओली निकट स्रोतको दाबी छ ।

    पूर्वएमालेले पाएका १५ जनवर्गीय संगठनका संयोजमध्ये केपी ओली पक्षका ९ जना र माधव नेपाल पक्षका ५ जना छन् । बामदेव गौतमसहित ओली इतर समूहका ६ जना संयोजक भएका छन् ।

    पूर्व माओवादीतिरका ६ जना सयोजकमध्ये रामबहादुर थापा बादल पक्षले आधा हिस्सा पाएको छ । महिला संघकी अध्यक्ष अमृता थापा मगर, प्रेस संगठनका महेश्वर दाहाल र आदिवासी जनजातिका सुरेश आले बादल निकट मानिन्छन् ।

    नेकपाको जनबर्गीय सङ्गठनमध्य सबैभन्दा सानो केन्द्रीय कमिटी नेपाल कानुन व्यवसायी संगठनको ४५ सदस्यीय रहेको छ भने अपांगता संगठनको ६९ सदस्यीय प्रस्ताव गरिएको छ । अन्य प्रायः जनसंगठनका कमिटी बढीमा २५१ सदस्यीय हुनेछन् । मधेशी संगठनको बारेमा पछि निर्णय हुने भएको छ ।

    यसैबीच स्रोतका अनुसार युवा संघ नेपालको अध्यक्षमा प्रस्तावित तत्कालिन वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाबारे अध्यक्ष तथा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएपछि बिहिबार एकता टुंग्याउन बसेको बैठक लम्बिएको थियो । तर अन्ततः उनी नै संयोजक तोकिए ।

    प्रचण्डका विश्वास पात्र दीपशिखालाई किन रुचाउदैन् ओली ?

    प्रचण्डका विश्वास पात्र मानिने वाईसीएल अध्यक्ष तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले एकीकृत युवा सङ्गठनको नेतृत्व पाएका छन् । उनलाई युवा सङ्गठनको नेतृत्व दिलाउन प्रचण्डले गरेको मिहिनेतमा पूर्व एमाले वरिष्ठ नेता माधवकुमार नेपालको हात पनि छ ।

    दीपशिखा शान्त र शालीन स्वाभावका नेता मानिन्छन । उनी समसामयिक राजनीतिक अवस्था, देशको परिस्थितिको बारेमा सामाजिक सञ्जालसहित मिडियामार्फत पनि आफ्नो धारणा दिइरहन्छन् । उनी पार्टीभित्रकै खराबीबिरुद्ध पनि खुलेर आलोचना गर्छन् । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न कत्ति पनि पछि पर्दैनन् दीपशिखा ।

    उनको यस्तै स्वभावले पूर्व माओवादीभित्र मात्रै हैन पार्टी एकीकरणपछि पूर्व एमालेका युवाहरुले पनि उनलाई रुचाएको देखिन्छ । तर यिनै दीपशिखा पार्टी अध्यक्ष समेत रहेका केपी ओलीका नजरमा भने अराजक छन् ।

    पूर्व माओवादी केन्द्रका एक नेताले दीपशिखा खुलेर आलोचना गर्ने र नेताहरु खबरदारी गर्ने नेता भएकोले ओलीले उनलाई मन पराउदैनन् । गुटउपगुटको अभ्यासबाट आएको एमालेभित्र नेताको पक्षपोषण गर्ने र आलोचना नगर्ने नेता कार्यकर्तालाई नेताहरु नजिक राख्ने गर्छन् ।

    ती नेताले संचारकेन्द्रसंग भने- ‘दीपशिखाले ओलीको सिधा समर्थ गर्दैनन् । तर आलोचनात्मक समर्थन गरेको चाहिँ ओली कमरेडलाई मन पर्दैनन् । त्यसैले पनि युवा सङ्गठनको नेतृत्व दिन उहाँलाई अलि गाह्रो परेको हुनसक्छ । तर युवा सङ्गठननेतृत्वका लागि दीपशिखा नै उत्तम पात्र हुन् ।’

    नेकपाले शुक्रबार मदन-आश्रित स्मृति दिवसको अवसरमा जबसको एकता घोषणा गरेको छ । उक्त घोषणापछि युवा संगठन नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’लाई बधाईको ओइरो आएको छ ।

    मदननगर बल्खुमा आयोजित २६ औ मदन-आश्रित स्मृति दिवसको अवसरमा औपचारीक घोषणापछि संयोजक दिपशिखालाई खादा लगाएर सम्मान समेत गरिएको छ । पार्टीले दिपशिखालाई नेतृत्वको जिम्मा दिएपछि अहिले उनलाई बधाई दिने तथा सामूहिक तस्बिर खिचाउनेको भीडले घेरेको छ ।

    युवा संगठनको सह-संयोजकको रुपमा पूर्वएमनालेको तर्फबाट रमेश पाैडेल चुनिएका छन् । युवाका संयोजक तथा सहसंयोजकले सामूहिक तस्बिर खिचाएर एकताको सन्देश दिन खोजेका छन् । उनीहरु पार्टीले गरेको निर्णय सहर्ष स्विकार गर्ने भन्दै अबको युवा संगठन मजबुत र बलियो बनाउने तर्|प केन्द्रित हुने सामहूक प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    प्रचण्डले मदन भण्डारीले देखेको सपनालाई पछ्याउने क्रममा नै अहिले पार्टी एकता भएको बताउँदै नेपालका कम्युनिस्ट नेताले देखेको सपना पूरा गर्न नेकपा लागि पर्ने बताए । अब नेकपाको लक्ष्य समाजवाद तिरको एउटा युगीन यात्रा रहेको भन्दै प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनमा होमिएका नेताको सपना पूरा गरेरै छाड्ने घोषणा गरे ।

    जनताको जनवादलाई तत्कालका लागि समाजवादलाई रणनीतिक रुपमा कार्यान्वयन गर्ने भन्ने योजनासहित पार्टी एकता भएको भन्दै प्रचण्डले आगामी जिल्ला अधिवेशन र आउँदो महाधिवेश हुँदा सम्म विश्वका कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै सकारात्मक र रचनात्मक बहस गर्ने बताए ।

    पुरानै मान्यतालाई छोड्न नसक्ने केही पुराना कम्युनिस्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्को समेत योगदान गर्न नसकेको उनको दाबी थियो।अध्यक्ष दाहालले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरी पार्टीलाई अझ गतिशील र जीवन्त बनाउने गरी नयाँ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि गरे।

    पार्टीको जिल्ला अधिवेशन हुँदै केन्द्रीय अधिवेशन गरेर पार्टीलाई वैचारिक रुपमा अझ स्पष्ट, सांगठानिक रुपमा अझ सुदृढ र जनतासँगको सम्बन्धलाई अझै बलियो बनाएर लैजाने उनले प्रतिबद्धता जनाए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ