• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री ओली गएकै बेला रुपन्देहीमा बम बिस्फोट, सिद्धार्थ राजमार्गमा पनि बम भेटियो

    9.5K
    SHARES

    बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका २ मा सिलिन्डर बम बिस्फोट भएको छ। शनिबार बिहान बम बिस्फोट गराइएको हो। बिहानै बम बिस्फोट भएपछी स्थानीयहरुले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए।

    ठूलो आवाजमा बिस्फोट भएको बमको छर्राहरु गाउँसम्म आइपुगेको वडा नम्बर २ का अध्यक्ष शेरबहादुर चौधरीले बताए। ‘जानकी ग्यासको सिलिण्डर प्रयोग गरेर बिष्फोट गराइएको रहेछ,’ उनले भने, ‘गाउँसम्मै त्यसको छर्राहरु आएका थिए।’

    यस्तै लुम्बिनीमा बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको छ । सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो ।

    सो बस्तु बम भएको आशंका गरिएको छ । प्रहरीले बम भएको आशंका गरेपछि डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । सडकमा शंकास्पद बस्तु भेटिएपछि सवारीसाधन आवतजावत रोकिएका छन् ।

    प्रधानमन्त्री बुद्धजयन्ती कार्यक्रमका लागि शुक्रबारदेखि नै लुम्बिनीमा छन्। राष्ट्रपतिको आज लुम्बिनी प्रस्थान कार्यक्रम छ । लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।

    बम कसले र किन राखेको भन्ने नखुले पनि विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने सुरक्षा निकायको शंका गरेको छ। प्रधानमन्त्री ओली सहभागी कार्यक्रम स्थलमा बन्द आह्वान गर्ने बताउँदै आएको नेकपाले प्रधानमन्त्री ओली लुम्बिनी आउने कार्यक्रमलाई लक्षित गरी बम राखेको हुन सक्ने अनुमान सुरक्षा निकायको छ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारका प्रधानमन्त्री जहा जान्छन त्यहा प्रतिबन्धको घोषणा गरेको छ । नेकपाले पार्टीको घोषित नीतिअनुरुप प्रतिबन्ध स्वरुप बम रखिएको हुन सक्ने प्रहरीको अनुमान छ तर नेकपाले भने जिम्मा लिएको छैन ।

    यस्तै शुक्रबार मध्येराती सप्तरीमा एक जना जन प्रतिनिधिको घरमा बम बिस्फोट भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति कुकर बम बिस्फोट भएकाे हो ।

    बम बिस्फोटबाट गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतका काका ७० वर्षीय श्यामानन्द गोईत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    विष्फोटमा परेका गोईतको ढाडभन्दा तल छर्रा लागेको प्रहरीले जनाएको छ । राति करिब १२ बजेतिर नचिनेका मान्छेहरुकाे समूहले घरमा बम विष्फोट गराएको अध्यक्ष गोइतले जानकारी दिए ।

    यसैबीच जयकृष्ण गोइत नेतृत्व जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले भ्रष्टाचारकाे बिराेधमा आफूहरुले बम विष्फोट गराएको भन्दै बिस्फाेटकाे जिम्मा लिएकाे छ ।

    गोईत समूहले जारी गरेकाे विज्ञप्तीमा तराईमा भ्रष्टाचार बिरोधी अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँपालिकाको भ्रष्ट अध्यक्ष दयानन्द गोइतमाथि कार्वाही स्वरूप उनको निवासमा प्रेसर कुकर बम विष्फोट गराएको दावी गरेका छन ।

    साथै जारी विज्ञप्तीमा भ्रष्टाचार(अपराध) जारी नै रहे यसभन्दा पनि उच्च स्तरको कार्वाही हुने चेतावनी दिइएकाे छ । लामोसमयसम्म शान्त रहेको तराईमा पुनः विस्फोटका घटना हुन थालेपछि स्थानियहरु आतंकित भएका छन् ।

    प्रतिक्रिया