• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    यी हुन आफ्नै श्रीमतीमाथि एसिड हान्ने निर्दयी श्रीमान, बल्ल खुल्यो एसिड प्रहार गर्नुको रहस्य

    19.6K
    SHARES

    काठमाडौँ। काठमाडौं कालोपुलमा बुधवार बेलुका एक युवती माथि एसिड् प्रहार भएको छ । पीडित युवतीमाथि एसिड् प्रहार गर्ने अरू कोही नभई आफ्नै श्रीमान् रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोख्रेलले जानकारी दिएका छन् ।

    पीडित युवतीको नाम जेनी खड्का बताइएको छ । राजधानीको कालो पुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीय जेनी खड्कामाथि २८ वर्षीय श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् ।भुजेलले पीडित युवतीसँग एक वर्षअघि भागेर विवाह गरेका थिए।

    पछिल्लो समय सम्बन्ध खराब भएसँगै युवतीले उनलाई छोडेपछि विवाद चुलिएको थियो। एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ । अहिले ती युवतीको उपचारका लागि अस्पताल छिन ।

    एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भुजेललाई काँडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको डीआईजी पोखरेलले जानकारी दिए । उनका अनुसार युवतीको अवस्था गम्भीर छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।

    उता झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। हल्दिबारी- ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    प्रहरीका अनुसार गत बिहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई किशोरले जबरजस्ती करणी गरेका थिए। बलात्कृत बालिका घर रुदै पुगेपछि घटना बाहिरीएको हो। ती किशोरले यसअघि पनि ती बालिकालाई पटक पटक बलात्कार गरेको समेत खुलेको छ।

    हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ।घटनापछि पीडित बालिकाका परिवारजनले प्रहरी चौकी वडाबारीमा उजुरी दिएका हुन्।यता प्रहरी कार्यालय झापाले फरार रहेका किशोरको खोजी गरिरहेको डिएसपी श्रेष्ठले बताए।

    इन्स्टाग्राममा मत सर्वेक्षण, ६९ प्रतिशतको सुझावअनुसार किशोरीद्वारा आत्महत्या !

    सामाजिक सञ्जालले कतिपयलाई एक्लोपनबाट मुक्ति दिने गरेको पाइन्छ भने कतिपयको जीवन बर्बाद भएको उदाहरण पनि छन् ।

    मलेसियामा एक किशोरीका लागि इन्स्टाग्राम नै मृत्युको कारक बन्यो । समाचार एजेन्सीहरुका अनुसार पूर्वी मलेसियाको सरावक निवासी १६ वर्षीया ती किशोरीले इन्स्टाग्राममा आफ्नो जीवनसँग सम्बन्धित प्रश्न राखेर मत सर्वेक्षण गरेकी थिइन् ।

    ‘धेरै महत्वपूर्ण, चयनका लागि मद्दत गर्नुस्– मृत्यु या जीवन !’ उनले प्रश्न गरेकी थिइन् । उनको सो पोस्टमा मानिसहरुले आफ्नो मत प्रकट गर्न थाले । प्रकट गरिएका मतमध्ये ६९ प्रतिशतले उनलाई मृत्युको सुझाव दिएका थिए । त्यसपछि ती किशोरीले आत्महत्या गरेको बताइएको छ ।

    उनले घरको छतबाट हामफालेर आत्महत्या गरेकी हुन् । ती किशोरीको परिचय भने खुलाइएको छैन । जिल्ला प्रहरी प्रमुख अइदिल बोलहासनका अनुसार ती किशोरी ‘डिप्रेसन’ ग्रस्त थिइन् ।

    स्थानीय वकिलले ती किशोरीलाई आत्महत्याका लागि उक्साएको आरोपमा मृत्युको पक्षमा मत प्रकट गर्ने ६९ प्रतिशत मतदातामाथि कारवाही हुन सक्ने बताए । सांसदसमेत रहेका कानुन व्यवसायी रामकर्पाल सिंहले भने, ‘ती किशोरीलाई मृत्यु रोज्न हतोत्साहित गरेको भए आज उनी जिउँदै हुने थिइनन् र ?’

    मलेसियामा आत्महत्याको प्रयास गर्नु अपराध मानिन्छ । आत्महत्याका लागि कसैलाई उक्साउनु पनि अपराध नै मानिन्छ । (एजेन्सी)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ