• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीको अनुपस्थितमा माधव नेपालसँग मिलेर प्रचण्डले गरे यस्तो कार्य, पूर्व माओवादी नेता कार्यकर्ता दंग

    13.2K
    SHARES

    काठमाडाैं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको पर्सी शुक्रबार एक वर्ष पुग्दैछ । दुई पार्टी मिलेर बनेकाे नेकपाले एक वर्ष बितिसक्दा पनि एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गाे नलागेपछि याे नेता कार्यकर्ताहरु आत्तिएका छन् ।

    साथै यसले सबैभन्दा लामाे समय चलेकाे एकता प्रक्रियाकाे रेकर्ड पनि राख्ने भएकाे छ । नेकपाकाे एकता बेलाबेलामा टुङ्गाे लागेकाे हल्ला चले पनि फेरि अर्काे भूमरीमा परेर एकता प्रक्रिया लम्बिदै जाने गरेकाे छ ।

    यसैबीच नेकपाका जनवर्गीय संगठनहरुकाे एकता टुङ्गाे लागेकाे खबर आएकाे छ । नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विदेश गएकाे माैकामा यता अध्यक्ष प्रचण्ड, माधव नेपाल, विष्णु पाैडेल लगायतका नेताहरुले जनवर्गीय संगठनहरुकाे नेतृत्व ककसले गर्ने भन्ने टुङ्गाे लगाएकाे बताइएकाे छ ।

    एकीकरणका बाँकी काम टुङ्ग्याउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल लगायतकाे टीम अझै पनि गृहकार्यमा जुटेकाे बताइएकाे छ ।

    टाेलीले जेठ ३ अघि नै जनवर्गीय सङ्गठन, पोलिटब्युरो, केन्द्रीय सदस्यको कार्यविभाजन र केन्द्रीय विभागका प्रमुख र उपप्रमुख टुङ्ग्याउने गरी गृहकार्य गरिरहेकाे बताइएकाे छ । स्राेतका अनुसार प्रधानमन्त्री ओली विदेश भ्रमणबाट फर्केसँगै सचिवालयको बैठक बसालेर यसबारे टुङ्गाे लगाउने याेजना रहेकाे नेकपाका एक सचिवलाय सदस्यले जानकारी गराए । ओली जेठ १ गते स्वदेश फर्किंने र जेठ २ मा सचिवालयको बैठक बस्ने तयारी भएकाे उनले जानकारी दिए ।

    मुख्य जनवर्गीय संगठनमा यसरी मिलाइयाे भागवण्डा
    नेकपाकाे सबैभन्दा बढी विवाद रहेका जनवर्गीय संगठन मध्ये ३/३ वटा संगठन अवधारणामा अघि बढ्ने सहमति भएकाे बताइएकाे छ । जसअनुसार युवा संगठन, महिला संगठन र पत्रकार संगठनकाे नेतृत्व तत्कालीन माओवादी केन्द्रले लिने सहमति भएको छ ।

    त्यसैगरी विद्यार्थी संगठन, मजदुर संगठन र बुद्धिजीवी सङ्गठन तत्कालीन एमालेले लिने सहमति जुटेको छ । त्यसबाहेक अन्य जनवर्गीय सङ्गठनमा छलफल चलिरहेको छ । बाँकीमा त्यति धेरै समस्या पनि नरहेकाे नेकपाका सचिवालय सदस्यले जानकारी दिए ।

    त्यसैगरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा केन्द्रीय विभाग पनि पर्ने भएकाले केही मुख्य विभागहरुका प्रमुख र उपप्रमुख पनि तोक्ने सहमति गरिएकाे बुझिएकाे छ । विभागहरुकाे नेतृत्व स्थायी कमिटी सदस्यले गर्ने बताइएकाे छ ।

    नेकपा स्राेतका अनुसार जटिल मानिएको पोलिटब्यूरो गठनको काम भने सकिएको छ । अब बस्ने सचिवालय बैठकले ती नाम अनुमोदन गरेर घोषणा गर्नेछ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्वएमाले र ६६ जना पूर्वमाओवादी तर्फबाट चयन गरिएको छ।

    पूर्वएमालेको तर्फबाट पहिलेका ५९ जनामा २२ जना थप गरिएको छ भने पूर्वमाओवादीको तर्फबाट अहिले स्थायी समितिमा रहेका १९ जना र थप ४७ जना गरि ६६ पुर्याइएको छ।

    नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको कार्यदल बैठकले २५ वैशाखमा पोलिटब्यूरोको अन्तिम सूची तयार गरेको हो। ओली भियतनाममा रहेका बेला काठमाडौंमा कार्यदलका बाँकी चार जनाको बैठक बसेपनि पोलिटब्यूरो सूचीमाथि थप छलफल भएन ।

    पूर्वएमालेको तर्फबाट पहिले पोलिटब्यूरो सदस्य रहेका यी ५९ जना नेकपाको पोलिटब्यूरोमा रहनेछन् । जसमा केपी शर्मा ओली, माधव नेपाल,  झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ र प्रदिप ज्ञवाली रहेका छन् ।

    त्यस्तै भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, किरण गुरुङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, विष्णु रिमाल, युवराज ज्ञवाली, रघुजी पन्त, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, सुवास नेम्वाङ, अरुण नेपाल, काशीनाथ अधिकारी र  गंगालाल तुलाधर छन् ।

    त्यस्तै अन्य पोलिटब्युरो सदस्यमा थममाया थापा, नागेन्द्र चौधरी, प्रदिप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, विजय पौडेल,  श्रीमाया थकाली रहेका छन् ।

    त्यस्तै कर्ण थापा, गोकुल घर्तीमगर, गोरख वोेगटी, गौरा प्रसाई कोईराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादुर गुरुङ, दलवहादूर राना, डा. वंशीधर मिश्र, भगवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुध्न महतो र शेरधन राई पनि पोलिटब्युरो हुन् ।

    त्यस्तै पूर्वएमालेको तर्फबाट नेकपाको पोलिटब्यूरोमा नयाँ २२ जना छनोट भएका छन । नयाँ पोलिटब्युरमा केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, घनेन्द्र बस्नेत, देवराज घिमिरे, खगराज अधिकारी, धर्मनाथ साह, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी, विजय सुब्बा, शेरबहादुर तामाङ र वैजनाथ चौधरी रहेका छन् ।

    त्यस्तै केशवलाल श्रेष्ठ, शुशीला नेपाल, जयन्ती राई, कल्याणी खड्का, गरिमा शाह, चुडामणी जंगली, नजिर मियाँ, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव र गौरी ओलीलाई पोलिटब्युरोमा लागीएको छ । त्यस्तै पूर्वमाओवादीतर्फका स्थायी समिति सदस्य पोलिटब्यूरोमा स्वतः छनोट भएका छन्

    पूर्वमाओवादीतर्फका तर्फबाट पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल), देव गुरुङ, टोपबहादुर रायमाझी,  गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, बर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव र गणेश साह रहेका छन् ।

    त्यस्तै लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल, मणि थापा पोलिटब्युरो छन् भने पूर्व माओवादीको तर्फबाट पोलिटब्यूरोमा ४७ सदस्य थप गरिएको छ । थपिएकाहरु हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह र डिलाराम आचार्य रहेका छन् ।

    त्यस्तै उर्मिला अर्याल, ओनसरी घर्ती, प्रभु साह, प्रल्हाद बुढाथोकी, सुनिल मानन्धर, सुरेन्द्र कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोक्का, झक्कु सुवेदी, हरिराज अधिकारी, सुरेशकुमार राई र शशी श्रेष्ठ रहेका छन् ।

    त्यस्तै डिआर पौडेल, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, टेकबहादुर बस्नेत, खगराज भट्ट, महेश्वर गहतराज, अन्जना विशंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, सूर्यप्रसाद सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, रामचन्द्र झा र दिलीप प्रजापतिलाई पोलिटब्युरोमा लागीएको छ ।

    त्यस्तै माओवादीका तर्फबाट श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्बर काङवाङ र सुरेश आले मगरलाई पोलिटब्युरोमा लागीएको नेकपा स्रोतले बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ