• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    पत्रकारलाई ‘असनको साँढे’ भन्दै बाबुराम भट्टराईले उपेन्द्र यादवको विषयमा मुख खोले, हेर्नुहोस् बिस्तृतमा

    22.8K
    SHARES

    काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकारप्रति उक्त पार्टीका अर्का अध्यक्ष डाक्टर वावुराम भट्टराईले असन्तृष्टि जनाएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको भन्दै लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगास् !

    यसैबीच एभिन्यूज खबरको कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई समाजवादी पार्टी नेपालका कार्यकर्ताले ज्यानमार्ने धम्की दिएका छन् । उनलाई ९८५१००५१८० बाट ज्यान मार्ने धम्की आएको हो ।

    धम्की दिने व्यक्ति को हुन भन्ने विषयमा केहि खुलेको छैन । यता एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा पनि सोमबार दिउँसो तोडफोड भएको छ। कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन्।

    कार्यालय तोडफोड गर्ने समुहले आफुहरु समाजवादी पार्टीका कार्याकर्ता भएको बताएको भिन्युजले जनाएको छ। वीरगञ्जस्थित एभिन्यूज खबरका संवाददाता मुस्कान श्रेष्ठका अनुसार कार्यालयमा काम गरिरहेको अवस्थामा साढे १२ बजेतिर मुखमा कालो पट्टी बाँधेका केही मानिसहरू आएर तोडफोड गरेका हुन् । उनले कार्यालयको सिसा फुटाएको अफिसको ब्यानर च्यात्नुका साथै क्यामरा तोडफाड गरेका थिए ।

    ‘हामी काम गरिरहेका थियौं। साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गरे। सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिए,’ एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले भनिन्, ‘उनीहरू को हुन् र किन आएर तोडफोड गरे। केही भनेनन्।’

    उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए।

    सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ। एभिन्युज टेलिभिजनले तत्कालिन संघीय फोरमका वडा नम्बर १३ अध्यक्ष तुफान अन्सारीको नेतृत्वमा आएको समूहले तोडफोड गरेको जनाएको छ ।

    अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ। यसैबीच उक्त तोडफोडको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ पर्साले घटनाको निन्दा गरेको छ । साथै दोषीलाई कडा कारवाहीको माग पनि गरेको छ ।

    एभिन्यूज टेलिभिजनका लागि पत्रकार सुशील पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्ताका क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर गएका थिए ।

    उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ । पत्रकारदेखि राजनीतिकर्मी र सामाजिक सञ्चाल प्रयोगकर्ता समेत उक्त अन्तर्वाताको विषयलाई लिएर अन्तर्वार्ताकार पाण्डे तथा मन्त्री यादवको पक्ष र विपक्षमा उभिएका छन् ।

    प्रतिक्रिया