• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    एकाविहानै पाँचथरबाट आयो यस्तो दुखद खबर, गाउँ नै त्रसित हुनेगरी किशोरीको विभत्स हत्या

    11.7K
    SHARES

    काठमाडौं । एकाबिहानै पाँचथरबाट दुखद खबर प्राप्त भएको छ । आइतबार साँझ पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर विभत्स हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो । उक्त हत्यापछि गाउँ नै त्रासमा रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जानकारी दिए । हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । प्रहरी निरीक्षक पौडेलका अनुसार, यसबारे थप अनुसन्धान भइरहेको छ ।

    ‘हत्या स्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ’, उनले भने । उनका अनुसार, हत्या स्थलबाट प्रहरीले एक मोबाइल फोन फेला पारेको छ । किशोरीको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।

    यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ माइस्थान चोकमा ट्रक र टिप्पर ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

    सोमबार बिहान २ बजे ना ६ ख ३०२० नम्वरको ट्रक र बा ५ ख ४२२२ नम्वरको टिप्पर ठोक्किएका थिए । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । यस्तै दाङमा पिकअप जीपको ठक्करबाट आइतबार एक जना बालकको मृत्यु भएको छ।

    दंगिशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँ निवासी ७ वर्षीय किरण पुनको जीपको ठक्करबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रगैंचाबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६४ नम्बरको पिकअप जीपको ठक्करबाट गम्भीर घाइते बालक पुनको मृत्यु भएको हो।

    जीपले बालक पुनलाई दिउँसो ४ बजेर १० मिनेटतिर ठक्कर दिएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बागरमा उपचारका क्रममा सवा ४ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ। चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया