• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विद्युतको तारमा अल्झेर विमान दुर्घटना, के छ क्षतिको अवस्था

    16.3K
    SHARES

    काठमाडौँ । बेलायतको वेल्समा एउटा सानो विमान दुर्घटनामा परेको छ । वेल्सको मोनमाउथसायरमा रहेको अबेरग्याभनेमा रहेको सडकखण्डमा बिजुलीको तारमा अल्झेर विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । दुर्घटनापछि अबेरग्याभनेको सडकखण्ड बन्द गरिएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सडकमै विमान दुर्घटना भएपनि कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । सोही कारण त्यस क्षेत्र भएर चल्ने रेल सेवा भने केहीबेर अवरुद्ध भएको थियो । यसअघि मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । विधिचिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए । उनले ज्यान गुमाएका व्यक्तिमध्ये सात जनाकोे शरीर सग्लो स्वरुपमा भएप नि जलेको अवस्था रहेको तथा अन्य छ जनाको शरीर टुक्राटुक्रा भएको जानकारी दिए ।

    नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गएको आइतबार सम्पर्क विहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् । यसअघि रुसमा एक यात्रुवाहक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपत्कालीन अवतरण गारइएको थियो । अवतरणको क्रममा नै विमानमा आगो लागेको हो । विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थिए । ३७ जना जिवित रहेको र केही घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    रुसको सरकारी विमान कम्पनी एयरोल्फोटका अनुसार विमानमा केही समस्या देखिएपछि विमानस्थलतर्फ फर्काइएको थियो । यसबारे कम्पनीले विस्तृत जानकारी भने दिएको छैन । सामाजिक सञ्जालमा आइरहेका भिडियोमा यात्रुहरु विमानको आपतकालीन् ढोकाबाट निस्केर भागिरहेका छन् । भिडियोमा विमान अवतरण भइरहेको र कालो धूवाँ फालिरहेको देखिन्छ । सुखोइ सुपरजेट १०० विमान मस्कोको शेरमियतएभो विमननस्थलबाट मारमास्कको लागि उडान भरिरहेको थियो । विमानमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही समयपछि नै विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गरिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यलाई समवेदना प्रकट गरेका छन् । त्यस्तै  मेक्सिकोमा हत्या गरी गाडिएको अवस्थामा ३५ शव फेला परेको छ । मेक्सिकोको दोश्रो ठूलो शहर गुआडालाहारामा ३५ जनाको शव फेला परेको अधिकारीले जनाएका छन् ।

    शहरको जापोपान क्षेत्रमा १० फिट गहिराईमा २७ जनाको शव फेला परेको र त्यहाँ उत्खनन गर्ने काम भइरहेको जनाइएको छ । त्यसबाहेक नजिकै रहेको चिहानमा अरु ७ शव फेला परेको र शहरकै अर्को स्थानमा एक शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    शवको पहिचान गर्न कठिन रहेको र यसबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको अधिकारीले जनाएका छन् । यद्यपि मेक्सिकोमा लागू औषध ग्याङ्गहरु निकै सक्रिय छन् भने उनीहरुले निरन्तर संगठित अपराधमा संलग्न रहँदै आएका छन् । मेक्सिको विश्वको सबैभन्दा धेरै हत्या हुने मुलुकमध्ये पर्छ । अघिल्लो वर्षमात्र मेक्सिकोमा २९ हजार भन्दा धेरैको हत्या भएको थियो । उता विश्वका विभिन्न मुलुकमा प्रहरीले जनताबाट घुस खाने गरेको वा पैसा अशुल्ने गरेका समाचार आइरहन्छन् । खासगरी विकाशोन्मुख मुलुकका प्रहरी संगठनमा यो निकै विकराल समस्याको रुपमा रहेको छ ।

    यसलाई कसरी कम गर्ने भन्नेमा बहस पनि हुने गरेको छ । तर, यसलाई न्यूनीकरण गर्न केन्या सरकारले नयाँ र अनौठो योजना अघि सारेको छ । केन्या सरकारले अघि सारेको यो योजना अनुसार अब प्रहरीको पोसाकबाट खल्ती हटाइने छ । जनतालाई मार पर्नेगरी प्रहरीले खुलेआम घुस अशुल्न थालेपछि सरकारले प्रहरीका नयाँ पोसाकमा खल्ती नराख्ने योजना ल्याएको हो । राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत प्रहरीको पोसाकमा खल्ती नराखिने जनाइएको छ । पछिल्लो केही समययता प्रहरीले बीचबाटोमै खुल्लमखुल्ला घुस खाने गरेको उजुरी बढ्दै गएको अधिकारीले जनाएका छन् । यससँगै पोसाकमा खल्ती नभएपछि प्रहरीले अशुलेको घुस राख्न ठाउँ नहुने र यसबाट भ्रष्टाचार कम हुने विश्वास लिइएको छ । यता पछिल्लो योजनाले सारा प्रहरीको छविमाथि नै आँच आउने भन्दै प्रहरीहरुले विरोध जनाएका छन् । केही भ्रष्ट प्रहरीले गरेको अपराधको सजाय पोसाकबाट खल्ती हटाएर सबै प्रहरीलाई दिन नहुने उनीहरुको भनाइ छ । त्यसबाहेक पोसाकमा राखिने खल्तीले सुन्दरतालाई समेत बढाउने प्रहरीको तर्क छ ।

    म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ। पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्राएर १९० जहाज बिहान ९ बजेतिर मण्डाले विमानस्थलमा अवतरण हुन खोज्दा अगाडिको चक्का खुलेको थिएन। त्यसपछि पाइलटले जहाजको नाक रन वेमा जोतेर जहाजलाई दुर्घटना हुनबाट जोगाए। जहाज रोकिएको केहीबेरमा यात्रु र चालक दलका ८२ जनालाई तत्काल बाहिर निकालिएको थियो। ‘पाइलटले गज्जब काम गरे,’ म्यानमानरको यातायात र सञ्चार मन्त्रालयका सचिव विन खान्टले भने। जहाजका पाइलट क्याप्टेन म्यात मोङ आङ यसअघि दुई पटक उक्त विमानस्थल गएका थिए। ल्याण्डिङ गेयरले काम नगरेको थाहा पाएपछि उनले पहिला जहाजको इन्धन सकेका थिए किनकी धेरै इन्धनमा ल्याण्ड गर्दा भार बढी हुन्छ। सचिव विन खान्टले घटनाको छानबिन भइरहेको जानकारी दिएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ