• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विवाहबाट फर्किदै गरेको यात्रुबाहक बस दुर्घटना, १५ जनाको मृत्यु, थप बिबरणसहित

    13.1K
    SHARES

    काठमाडौं । भारतमा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको करनूल जिल्लामा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन पुगेको थियो ।

    १३ जनाको घटनास्थलमै र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घटनामा मृत्यु हुनेमध्ये धेरै जना भारतीय राज्य तेलङ्गानाको गडवाल जिल्लाका रहेका जनाइएको छ । उनीहरु एक वैवाहिक कार्यक्रममा सरिक भएर घर फर्किदै थिए ।

    त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा बताइए अनुसार मोदीको मेकअपमा हरेक महिना ८० लाख भारतीय रुपैयाँ(१ करोड २८ लाख नेपाली रुपैयाँ) खर्च हुने दाबी गरिएको छ ।

    करीब ४५ सेकेन्डको यो भाइरल भिडियोमा केही व्यूटिसियन तथा स्टाइलिस्ट पीएम नरेन्द्र मोदीको यता उती देखाइएको छ । फेसबुक र ट्वीटरमा यो भिडियो हजारौं पटक हेरिएको थियो र सयौं मानिसले यसलाई सेयर गरेका थिए ।

    अधिकांश मानिसले सामाजिक सञ्जालमा यो भिडियोका साथ लेखेका छन्,‘यी हुन् गरीबका छोरा, मेकअप गराइरहेका छन् । आरटीआइको माध्यमबाट खुलासा गरिएको छ कि यो श्रृंगारका लागि ब्यूटीशियनलाई प्रतिमहिना ८० लाख रुपैयाँ तिर्छन् ।’

    गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा पनि यो भिडियो यसै दाबीका साथ पोस्ट गरेको छ जसलाई करीब ९५ हजार पटक हेरिएको छ ।

    तर बीबीसी हिन्दीले गरेको अनुसन्धानमा भने यो भिडियो सही भएपनि यसलाई गलत सन्दर्भमा प्रयोग गरिएको पत्ता लागेको छ । साथसाथ भाइरल भिडियोमा प्रधानमन्त्री मोदीका साथ देखिएका युवती उनका निजी मेकअप आर्टिस्ट होइनन् ।

    भिडियोको वास्तविकता
    जुन भिडियोमा प्रधानमन्त्री मोदीको मेकअप गरिरहेको बताइएको छ वास्तवमा यो मार्च २०१६ को हो । यो भिडियो लण्डन स्थित चर्चित तुसाद म्यूजियमले जारी गरेको थियो ।

    १६ मार्च २०१६ मा म्याडम तुसाद म्यूजियमले आफ्नो आधिकारिक यूट्युबमा यो भिडियो पोस्ट गरेको थियो । म्यूजियमका अनुसार यो भिडियो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलामा मेकअप गरि सुट गरिएको हो ।

    म्यूजियमका करीब २० कालिगढको टीमले दिल्लीस्थित प्रधानमन्त्री आवासमा पुगेर चार महिनाको समय लगाए मोदीको पुतला तयार गरेका थिए । म्याडम तुसाद म्यूजियमका अनुसार प्रधानमन्त्री मोदीको पुतला लण्डनस्थित म्यूजिमयमा २८ अप्रिल २०१६ मा स्थापित गरिएको थियो ।

    उता पाकिस्तानको ग्वादरस्थित एक पाँच तारे होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । बलुचिस्तान प्रान्तमा पर्ने ग्वादरस्थित पर्ल कन्टिनेन्टल होटलमा तीन जना बन्दुकधारीले गरेको आक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    होटलका प्रवक्ताका अनुसार रमजान र विदाको कारण होटलमा पाहुनाहरु थिएनन् । कर्मचारीहरु पनि कम थिए । यद्यपि होटलभित्र अझै पनि केही कर्मचारी रहेको अनुमान छ ।

    अलगावादी संगठन बलोचिस्तान लिब्रेसन आर्मी -बीएलए)को माजिद ब्रिगेडले आक्रमणको जिम्मेवारी लिएको छ । बीएलएले चीन र विदेशी सहयोगलाई निशाना बनाउँदै आक्रमण गरेको जनाएको छ । बीएलए समूहसँग आबद्ध रहेको बताइने एक ट्वीटर अकाउन्टमा लेखिएको छ, चीन र पाकिस्तानमा अझै हमला गरिने छ ।

    ग्वादर चीन र पाकिस्तानको बीच आर्थिक करिडोरको मुख्य केन्द्र हो जहाँ चीनका धेरै इन्जिनियर र कर्मचारी छन् । ग्वादरको पश्चिमी सीमा इरानसँग जोडिएको छ । यहाँको सीमा क्षेत्रमा कच्ची बाटो छ, त्यसैले बिभिन्न व्यक्तिहरुको आवत जावत भइरहन्छ ।

    बलुचिस्तान पाकिस्तानको सबैभन्दा गरिब र कम विकसित प्रान्त हो । यहाँ लामो समयदेखि अलगाववादी अभियान चलिरहेको छ । बलुचिस्तानमा स्थानीय अलगाववादी संगठन (बीएलए)ले चिनियाँ सहयोगको विरोध गर्दै आएको छ ।

    यहाँको अर्थव्यवस्था प्राकृतिक स्रोत खासगरी प्राकृतिक ग्यासमा आधारित छ । चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजना अन्तर्गत यहाँ चीनले ठूलो आर्थिक सहयोग गरेको छ ।

    बन्दुकधारीले स्थानीय समयअनुसार साँझ ४ बजेर ५० मिनेटतिर होटलमा आक्रमण गरेका थिए । एक सुरक्षाकर्मीले होटलको ढोकामा बन्दुकधारीलाई रोक्न खोजेका थिए । त्यहाँ गोली चलेर उनको मृत्यु भयो ।

    मिडिया रिपोर्टका अनुसार बन्दुकधारी अझै पनि होटलभित्र रहेको र सुरक्षाकर्मीहरु उनीहरुसँग लडिरहेका छन् । होटलभित्र केही कर्मचारीहरु पनि रहेको अनुमान छ । तर होटलभित्र रहेका व्यक्तिहरुको संख्या भने एकीन छैन । होटल अरब सागरको किनारमा एक चट्टानमाथि छ । यसको अर्कोतर्फ ग्वादर बन्दरगाह छ ।

    बलुचिस्तानका गृहमन्त्री मीर जियाउल्लाहले बीबीसीलाई बताएअनुसार पुलिस, फ्रन्टिएर कोर र अन्य सुरक्षा एजेन्सीहरुले होटललाई घेरा हालेका छन् । गृहमन्त्री जियाउल्लाहको दाबीअनुसार होटलमा विदेशी नागरिक कोही पनि छैनन् ।

    बलुचिस्तानमा आत्मघाती आक्रमण हुने सूचना आएको थियो तर ग्वादरमा त्यस्तो घटना नभएको उनले बताए । ग्वादरमै गत महिना आतंकवादी आक्रमणमा ११ सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु भएको थियो ।

    ग्वादरमा पाकिस्तानी तालिबान, बलुचिस्तान लिबरेसन आर्मी, सुन्नी मस्लिम चरमपन्थी समूह लश्कर ए झांग्वी लगायतका आतंकवादी समूह सक्रिय छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ