• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारतीय सुरक्षाकर्मीले रक्सी खाएर नेपाली प्रहरी कुटेपछि भयो यस्तो हंगामा

    16.8K
    SHARES

    काठमाडौं । रौतहटमा ३ जना भारतीय सुरक्षाकर्मी पक्राउ परेका छन् । गौर नगरपालिका १ को सूर्या बेम्बो होटलमा मदिरा खाएर होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि पनि कुटपीट गरेपछि पछि प्रहरीले पक्राउ गरेको समाचार आनलाइन खबरमा छ । पक्राउ पर्नेमा पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए ।होटलमा मदिरा खाएर होहल्ला गरेका उनीहरुले होटलमा तोडफोड र कामदारलाई कुटपीट गरेपछि घटनाबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको थियो । तर उनीहरुले प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    चार जनाको समूहमा रहेका उनीहरुमध्ये एक जना भने भाग्न सफल भएका छन् । विहारमा शनिबार हुने लोकसभा चुनावका कारण मदिरा सेवनमा कडाइ गरेकाले उनीहरु नेपाल प्रवेश गरेका हुन् । त्यस्तै केहि दिन अघि धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गर्नु कारण पारिवारिक रिसइबी भएको अनुमान प्रहरीले गरेको छगत सोमबार साँझ मिथिला नगरपालिका–६ ढल्केवर निवासी शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएकोमा उनको शव मंगलबार बिहान घर नजिकैको बारीमा फेला परेको हो ।

    हराएको दिन राति अबेरसम्म खोजतलास गर्दा समेत नभेटिएका बालकको भोलिपल्टै बिहान आधा घाँटी काटेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।बालकको हत्या आशंकामा पिडित परिवारले दिएको उजूरीको आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।यस्तो छ मृतक बालकको परिवारको आशंका :करिब २ वर्ष पहिले साह परिवारका एक महिला सदस्यलाई फकाएर घर देखि टाढा लागि बलात्कारको प्रयास भएको थियो तर, त्यसैबेला स्थनीय शिवकुमार महतोका १५ वर्षीय छोरा रञ्जीतलाई जबर्जस्ती करणी मुद्धामा उमेर नपुगेकाका कारण सुधारगृहमा राखिएको थियो । उनी हाल सम्म सुधारगृहमै रहेका छन् ।

    आफ्नो छोरालाई अभियोग लगाएर सुधारगृहमा राखेको भन्दै शिवकुमारले बालकका परिवारलाई प्राय धम्क्याउने गरेका थिए । उनी सहित पिता दिनेश र दाइ प्रदीपले समेत बाटो घाटोमा पटक पटक धम्क्याउँदै आएको बालकका परिवारले बताएका छन्गाउँमा अन्य कसैसँग कुनै रिसइबी नरहेको र रञ्जीत परिवारले आफूसँग बदला लिने बताएकाले घटना सोहि परिवारका सदस्यले घटाएको भन्ने पिडित परिवारको जाहेरीका आधारमा प्रहरीले ३ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ

    प्रतिक्रिया