• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल कार्यक्रम स्थलबाटै गिरफ्तार

    6.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) अध्यक्ष चिरन्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रमबाट ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।

    शुक्रबार युनियन हाउसमा ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रम थियो । सोहि कार्यक्रममा सहभागी हुन् पुगेक्ला ढकाललाई १ भ्यान प्रहरीले गिरफ्तार गरेर लगेको उक्त सङ्गठनका एक केन्द्रीय सदस्यले संचारकेन्द्रलाई जानकारी दिए ।

    यस्तै शुक्रबार नै उता रुकुम पश्चिममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेतालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

    शर्मालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । प्रहरीले गोली प्रहर गरे पनि शर्मा भने सकुशल रहेको बताइएको छ ।

    शर्मालाई गिरफ्तार गर्नुको कारणबारे भने प्रहरीले केहि खुलाउन नचाहे पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले नेकपाका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यहि समात्न ओली सरकारबाट आदेशपाएदेखि धरपकड र गिरफ्तारी ह्वात्तै बढाएको छ ।

    यसअघि ४ दिनअघि मात्रै प्रहरीले नेकपाका पोलिटब्युरो सदस्य भरत बमलाई नेपालगन्जबाट गिरफ्तार गरेको छ । त्यस्तै पार्टीका स्थायी समिति सदस्य सुदर्शन र अर्का पोलिटब्युरो सदस्य जीवन्तसहित ४ सय बढी नेता कार्यकर्ता अझै प्रहरी हिरासतमा छन् ।

    विहीबार विद्यार्थी संगठनको संयुक्त बैठकले तीनवटा निर्णय गरेको थियो ।

    १. शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणलाई अन्त्य गरी पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ बनाउनका लागि नेपाल सरकारको शिक्षामन्त्रीलाई मागपत्र बुझाउने निर्णय गरियो ।

    २. राष्ट्रिय आविष्कार केन्द्रलगायत अनुसन्धानका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलगायत सबैलाई समेटी उच्चस्तरीय सबै क्षेत्रका राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्तित्वहरुसँग बृहत अन्तरक्रिया कार्यक्रम जेठ ११ गते प्रज्ञा–प्रतिष्ठानको डबलीमा दिनको ११ बजे गर्ने निर्णय गरियो ।

    ३. राज्यसत्ताको दुरुपयोग गरी विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरु वाइडबडी, एनसेल, फोरजी, बालुवाटार जग्गा, सुनकाण्ड, ठेकेदारकाण्डलगायतका विषयहरुमा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारवाहीको निम्ति नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरियो ।

    संयुक्त विज्ञप्तिमा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह, नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतमले संयुक्त हस्ताक्षर गरेका छन् ।

    त्यसतै अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जीत निष्पक्ष, समाजवादी विद्यार्थी फोरम, नेपालका अध्यक्ष विवेक राई, राष्ट्रवादी वि. संघका अध्यक्ष, ताराप्रसाद अर्याल र ने.आ.ज.वि. महासंघका अध्यक्ष दुजाङ शेर्पाले पनि संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।

    यसअघि हिजो साँझ मात्र अखिल क्रान्तिकारीकै पाल्पा अध्यक्ष मुक्ति गैरेलाई प्रहरीले तानसेनबाट गिरफ्तार गरेको थियो । यसैबीच ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै तुरुन्त खारेजीको माग गर्दै शुक्रबार पाँच राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध र्यालीसहित विरोधसभा आयोजना गर्दैछन् ।

    सरकारको निर्णयले राजनीतिक स्वतन्त्र र नागरिक अधिकारको संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै प्रतिबन्ध खारेज गर्नुपर्ने माग राख्दै नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी केन्द्र), ऋषि कट्टेल नेतृत्वको नेकपा र गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो)द्वारा शुक्रबार दिउँसो १ बजे राजधानीको शान्तिवाटीकामा बृहत विरोधसभा गर्दैछन् ।

    पाँच दलले बैशाख १० गते एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले दलमाथि प्रबिन्ध लगाएर फाँसीवादी निर्णयको विरोधमा ६ बुँदे विरोध कार्यक्रम सार्वजनिक गरेका थिए । मिल्नेसम्मका एजेन्डा र कार्यक्रममा सरकारको निर्णयविरुद्ध संयुक्त रुपमा विरोधका कार्यक्रमहरु गर्ने सहमतिअनुरुप पूर्वघोषित कार्यक्रम अनुसार आजको विरोधसभा गर्न लागिएको छ ।

    नेकपामाथिको प्रतिबन्ध, अजंगका भ्रष्टाचार, राष्टघाती नागरिकता विधेयक र सीमा मिचिएको विषय विरोधको प्रमुख एजेण्डा रहेको छ । पाँच शक्तिबीच खासखास विषयमा कार्यगत एकता गर्दै जाने बताइएको छ । सहमतिको ३ नम्बर बुँदमा ‘राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि लगाइएको प्रतिबन्धलाई तुरुन्त खारेज गर्न माग गर्दछौं’ भनिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ