• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्डको विवाह भोजमा ओली सहभागी नहुने, यस्तो छ कारण

    13.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विवाहको ५०औ वर्ष गाँठ मनाउने भएका छन् ।

    पत्नी सीता दाहालसँग उनले फेरी आजै विवाह पनि गर्ने भएका छन् । सीता र प्रचण्डबीच विवाहको आज ५० बर्ष पुगेको छ । बैबाहिक जीवनको ५० बर्ष पुगेकाे अवसरमा प्रचण्डले फेरी आज विवाह गर्न लागेको उनी निकट स्रोतले बताएको छ ।

    २६ बैशाख अर्थात आज प्रचण्ड र सीताबीच फेरी विवाह हुने भएको हो । विवाहको ५० बर्ष गाँठमा प्रचण्डले औपचारिकरुपमै सीताको सिउँदोमा सिन्दुर हाल्ने भएका छन् । पुनः विवाह गर्दै प्रचण्डले सीताको सिउँदोमा सिन्धुर हाल्न लागेका हुन् । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते आजकै दिन विवाह भएको हो ।

    विवाहको अवसरमा प्रचण्डले आफु नजिकका नेता कार्यकर्तालाई भोज खुवाउन लागेका छन् । तर प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी ओली भने प्रचण्डको बिबाह भोजमा सहभागी हुन नपाउने भएका छन् । व्यस्त कार्यतालिकाका बीच प्रधानमन्त्री ओली बुधबार नै विदेश भ्रमणमा जान लागेकाले भोज खान नपाउने स्रोतले बतायो ।

    प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६ दिन देश बाहिर हुने भएका छन् । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तो मान्न बिहीबार त्यसतर्फ जान लागेका ओली ६ दिन उतै व्यस्त हुन लागेका हुन् ।

    भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यस्तो छ भ्रमण तालिका -प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानेछन् । जहाँ उनी वैशाख २६–३० गतेसम्म व्यस्त रहनेछन् । त्यहाँ रहँदा उनले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम बनेको छ ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नेछन् । दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुने बताइएको छ । यद्यपि, परराष्ट्रले त्यसबारे केही प्रष्ट्याएको छैन ।

    प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते नै उतैबाट कम्बोडिया लाग्नेछन् । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने तय भएको छ ।

    भियतनामको भ्रमणमा जस्तै कम्बोडियामा रहँदा पनि उनले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ