• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राजधानीमै रहेको एक कारागारमा गोली हानाहान, ७ जनाको मृत्यु, २० घाईते, थप विवरणसहित

    11.5K
    SHARES

    काठमाडौं । ग्वाटेमालाको एक कारागारमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा दुई कैदीबन्दीबीच झडप भएपछि गोली चलेको हो । घटनामा २० जना घाइते भएका छन् ।

    उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

    यो कारागारमा चार हजार कैदीबन्दी रहेको बताइएको छ । यसअघि सन् २०१६ मा पनि यो कारागारमा दंगा फैलिँदा १४ कैदीबन्दीको मृत्यु भएको थियो ।

    यसैबीच पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

    स्थानीय जियो न्यूज टेलिभिजनका अनुसार धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ। तिनमा प्रहरीहरू पनि छन्। अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन्।

    प्रारम्भिक विवरणहरूका अनुसार विस्फोटन दाता दरबार सुफी दरगाहनजिकै भएको थियो। विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू पुगेका छन्।

    रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। अहिलेसम्म कसैले विस्फोटनको जिम्मेवारी लिएको छैन।

    शिया र सुन्नी दुवै सम्प्रदायका हजारौँ मुसलमानहरू सो दरगाहमा प्रत्येक वर्ष जान्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्। सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो।

    लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो। इस्लाम धर्मअन्तर्गत भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्। सन् २०१४ मा तालिबानले पेशावरस्थित विद्यालयमा आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो।

    त्यसपछि पाकिस्तानले अतिवादी लडाकु समूहविरुद्ध कारबाही सुरु गर्‍यो। अहिले सुरक्षास्थितिमा सुधार आए पनि देशमा लडाकु समूहरहरू सक्रिय छन्। सन् २०१६ मा लाहोरमा इस्टर पर्व मनाउन भेला भएका इसाईहरूलाई लक्षित एउटा विस्फोटनमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो।

    यता ट्रम्प प्रशासनले इराक र सिरियामा रहेका अमेरिकी फौजलाई इरानी सैन्यले उच्च जोखिममा पारेको बताएको भोलिपल्ट उनको भ्रमण भएको हो। अमेरिकी विदेशमन्त्रीको अघोषित इराक भ्रमण रात परेपछि र उच्च सुरक्षाव्यवस्थाबीच भएको थियो।

    विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्व वर्गसँग भेट्नु रहेको बताए। पोम्पेओले ‘छिमेकी इरानको प्रभावबाट मुक्त सार्वभौम र स्वतन्त्र इराकलाई अमेरिकाको सहयोग रहेको देखाउन’ चाहेको जानकारी पनि दिए।

    बर्लिनको पूर्वनिर्धारित भ्रमण स्थगित गर्दै त्यहाँ पुगेका विदेशमन्त्री पोम्पेओले बग्दादमा चार घण्टा बिताएका थिए। उनले अधुरै रहेका व्यापार सम्झौताहरूबारे पनि आफूले कुराकानी गर्न चाहेको बताए।

    ती विषयले इराकलाई इरानी ऊर्जामाथि रहेको उसको निर्भरताबाट मुक्त पार्न सघाउने उनको भनाइ थियो। उनले यसअघि आफूले इरानले गतिविधि बढाएको भनी अर्थ्याएको खतराको प्रकृतिबारे व्याख्या गर्न भने अस्वीकार गरे।

    तर विदेशमन्त्री पोम्पेओले इरान वा उसका सहयोगीबाट इराकस्थित अमेरिकी फौजमाथि हुने कुनै पनि आक्रमणले इराकी सरकारलाई पनि प्रभावित तुल्याउनेमा जोड दिए।

    इराकी प्रधानमन्त्री अदिल अब्दुल मह्दीले अमेरिकी स्वार्थहरूलाई इरान वा उसका समर्थकको आक्रमणबाट सुरक्षित राख्ने जिम्मेवारी इराकले गम्भीरतापूर्वक लिएको बताए।

    विदेशमन्त्री पोम्पेओको भ्रमण इरानको तर्फबाट अमेरिकी फौज र उनका सहयोगीमाथि बढेको खतराको प्रतिक्रियास्वरूप भन्दै अमेरिकाले उक्त क्षेत्रमा युद्धपोत तैनाथ गरेको भोलिपल्ट भएको छ। तर इरानले अमेरिकाको भनाइ वाहियात भएको भन्दै त्यो आरोप अस्वीकार गरेको छ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अमेरिका र अन्य राष्ट्रहरूले सन् २०१५ मा गरेको परमाणुसम्झौताबाट गत वर्ष हात झिकेका थिए।  सो सम्झौतामार्फत् इरानले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्ध कम गरिएको खण्डमा आफूले परमाणुगतिविधि कम गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई निरीक्षण गर्न दिने सहमति जनाएको थियो।

    गएको महिना ह्वाइट हाउसले इरानबाट तेल किनिरहेका पाँच राष्ट्र चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीलाई आर्थिक प्रतिबन्धबाट दिइएको छुटलाई अन्त्य गर्ने बताएको थियो। सोही समयमा अमेरिकाले इरानको रेभ्युलुशनरी गार्ड कोरलाई विदेशी आतङ्ककारी समूह भन्दै कालोसूचीमा राखेको थियो।

    आर्थिक प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्रो छ र इरानी मुद्राको अहिलेसम्मकै ठूलो अवमूल्यन भएको छ। त्यसले गर्दा विदेशी लगानीकर्ताहरू इरानमा लगानी गर्न अनिच्छुक छन् भने इरानभित्र पनि विरोध भइरहेको छ। बीबीसी

    प्रतिक्रिया