• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    माफियासँग सेटिङ्ग मिलाइएको भन्दै स्वास्थ्य सेवा विभागको टेन्डर रद्द गर्न उजुरी, अदालत र अख्तियार समेत जाने तयारी

    12.9K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागमा माफियाको चलखेल बढेको भन्दै उजुरी परेको छ । सोमबार जनमुक्ति इन्टर प्राइजेजले विभागमा उजुरी दर्ता गरेको हो ।

    विभागले प्रकाशित गर्दै आइरहेका विभिन्न स्वास्थ्य उपकरण खरिद सम्बन्धि बोलपत्रमा सम्बन्धित विभागकै कर्मचारीको मिलोमतो रहेको भन्दै त्यसको छानबिन गरी आबस्यक कारबाहीको माग गर्दै इन्टरप्राइजेजले उजुरी दिएको हो ।

    बोलपत्रमा भ्रष्टाचारी र चरित्रहिन माफियाको चलखेलले पराकाष्ठा नाघेको भन्दै सार्बजनिक खरिद ऐनको दफा ४७ बमोजिम आफुहरुले लिखित उजुरी दिएको जनमुक्ति इन्टरप्राइजेजका सञ्चालक नबिन श्रेष्ठले सञ्चारकेन्द्रलाई बताएका छन् ।

    उपकरण खरिद सम्बन्धि बोलपत्र आव्हान गर्दा स्वास्थ्यकै कर्माचारीको मिलोमतोमा स्पेसिफिकेशन तथा शर्तहरु राख्ने काम गरिएको र त्यसमा मायोमेडिकल इन्जिनीयरहरुको संलग्नता रहेको इन्टरप्राइजेजको दाबी रहेको छ ।

    यस प्रकारको समस्या स्वास्थ्य सेवा बिभागमा मात्र नभई देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा समेत रहेको भनेर आफुहरुले बिगतमा पटक-पटक विभागका प्रमुख समक्ष मौखिक उजुरी गर्दा समेत आफ्ना कुराको बेवास्ता गरेका कारण यो पटक भने निवेदन मार्फत नै ध्यानाकर्षण गराएको श्रेष्ठले बताएका छन् ।

    भर्खरै मात्र स्वास्थ्य सेवा विभागले शुक्रबार केही राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशित गरेर स्वास्थ्य उपकरण खरिद सम्बन्धि हालिएको टेण्डरमा जनमुक्ति हेल्थ इन्टरप्राइजेजको टेण्डर रद्द गरी पुनः खरिद सुचना जारी गरिएको भन्दै त्यस निर्णयको इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठले घोर आपत्ति जनाउदै उजुरी दिएका हुन्।

    श्रेष्ठले आफ्नो कम्पनीले हालेको टेण्डरमा अन्य कम्पनीको भन्दा कम मूल्य र सम्पूर्ण स्पेसिफिकेशन मिलेको हुँदाहुँदै पनि आफ्नो कम्पनीलाई बाइपास गरेरै पुनः सूचना प्रकाशित गर्नुमा बिभाग भित्रकै कर्माचारीको मिलोमतो भएको प्रष्ट भएको बताए । जनमुक्ति हेल्थ इन्टरप्राइजेजले ICB NO. DOHS-GNCB-71-LMD-75/76 Oxygen Constructor 60 units सबै भन्दा कम मूल्य राखी सम्पूर्ण स्पेसिफिकेशन समेत मिलाएर टेन्डर गरेको थियो ।

    साथै इन्टरप्राइजेजले यो टेण्डर आव्हान प्रकरणमामा बिगतमा चरित्रहिन ब्यबहारमा मुछिएर विवादास्पद बनेका तथा कारबाही परेका कर्मचारीले चलखेल गरेको दावी गरेको छ । विगतमा जो कर्मचारी विवादास्पद बन्दै आए तिनै व्यक्तिले माफियाको सेटिङ्गमा चलखेल गरिरहेको बखत विभागका महानिर्देशक र स्वास्थ्य मन्त्रालय समेत मुखदर्शक बनेको श्रेष्ठको आरोप छ ।

    यसरी उच्च ओहोदाका कर्मचारीहरु नै भ्रष्टाचारमा चुर्लुम्म डुबेर टेण्डर आब्हान प्रक्रियाको विवादमा मुछिएपछि पिडित बोलपत्र दातालाई पिडामाथि झन् पिडा थपिनुका साथै एकातिर राज्यको ढुकुटी समेत दोहान गर्ने र अर्कोतिर समयमै स्वास्थ्य संस्थामा औजार, उपकरण ल्याई जनताको स्वास्थ्य सेवामा टेवा पुर्याउने कुरामा शंका पैदा भएकोले समयमै स्वास्थ्य मन्त्रालयको ध्यान जान जरुरी रहेको उनको भनाई छ ।

    टेण्डर प्रक्रियामा चलखेल गरी माफियालाई पोस्ने खालको शर्त र स्पेसिफिकेशन तयार पारी आफुलाई अन्याय गर्ने भ्रष्ट कर्माचारी र बायोमेडिकल इन्जिनिएरमाथि विभागले छानबिन गरी तत्काल कारबाही नगरे आफुहरु सार्बजनिकरुपमै आन्दोलनको सुरुवात गर्ने र चौतर्फी दबाब सिर्जना गरी उनीहरुका चरित्र उदाङ्गो पारेर नांगेझार पारिदिने समेत चेतावी श्रेष्ठले दिएका छन् ।

    यस्तै जनमुक्ति हेल्थ इन्टरप्राइजेजले बिभागद्वारा पुनः जारी गरिएको NCB- ७०, NCB- ७२ को सुचना रद्द गरी सबै भन्दा कम मुल्य र सम्पूर्ण स्पेसिफिकेशनमा मिलाएर टेण्डर हाल्ने आफ्नो कम्पनीको बोलपत्र स्वीकृत गरी आसयको सुचना प्रकाशित गर्न पनि अनुरोध गरेको छ ।

    अहिलेको टेण्डर प्रकृयामा विभागका महानिर्देशक डाक्टर गुणराज लोहनी, निर्देशक रमेश अधिकारी र मन्त्रालयका सचिव पुष्पा चौधरी उनका पिए सोभित रिजाल, विभागका खरिद प्रमुख डाक्टर शुरेन्द्र चौरासिया, इन्जिनियर पद्मा मिश्र र खरिद शाखाका कर्मचारीको सेटिङ्गमा यस्तो चलखेल हुने गरेको श्रेष्ठको दावी छ । श्रेष्ठले सरकारले यो टेण्डर प्रक्रियामा माफियासँग मिल्ने कर्मचारीको खोजबिन गर्न उच्चस्तरीय छानवीन आयोग गठन गर्नुपर्ने, अहिलेको टेण्डर रद्द गरी न्यायोचित निर्णय गर्नुपर्ने माग गरेका छन् ।

    यस्तै इन्टरप्राइजेजले विभागमा दर्ता गरेको लिखित उजुरी सञ्चारकेन्द्रलाई प्राप्त भएको छ । उजुरीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, मन्त्रालयका सचिव, अख्तियार अनुसन्धान दुरुपयोग आयोग, राष्ट्रिय सतर्कता केन्द्र, केमसन, नेम्स, सार्वजनिक खरिद अनुगमन कार्यालय, सुशासन महाशाखा, प्रधानमन्त्रीको कार्यालय, चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चाइना चेम्बर अफ कमर्स, प्रहरीको अनुसन्धान ब्युरो सिबिआइ लगायतलाई बोदार्थ दिइएको छ ।

    यस्तै उक्त उजुरी नेपाली काँग्रेस, विप्लव नेतृत्वको नेकपा निकट स्वास्थ्य बिभाग तथा विभिन्न राजनीतिक पार्टी निकट स्वास्थ्यकर्मी संघ संगठन र आधा दर्जन मिडियालाई समेत बोदार्थ पठाइएको छ । उक्त उजुरी सबैतिर पुगेसँगै स्वास्थ्य सेवा विभागको टेण्डर प्रक्रियामा अनियमितता भएको खबर भाइरल भएको छ भने विभागका महानिर्देशक डाक्टर गुणराज लोहनी समेत विवादमा मुछिने देखिएको छ ।

    डाक्टर लोहनी यसअघि स्वास्थ्य बिमामा हुँदा समेत विवादमा तानिएका थिए । उनको कार्यकालमा त्यहाँ पनि बोलपत्र आब्हान गर्दा ठुलो भ्रस्टाचार गरेको र व्यापारीसँग ५ करोड घुस मागेको आरोपसहित उजुरी परेपछि टेण्डर नै रद्द गरिएको थियो ।

    प्रतिक्रिया