• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विमानस्थलमा अवतरण गरिरहेको जहाजमा एकाएक आगो दन्किएर दुर्घटना, ४१ जनाको मृत्यु

    16.8K
    SHARES

    काठमाडौं । रुसमा एक यात्रुवाहक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लागेपछि ठुलो मानवीय क्षति भएको बताईएको छ ।

    मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् ।

    आगलागी कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन । स्रोतका अनुसार उडान भरेको केही बेरमै विमानमा धुँवा निस्किएको थियो । लगत्तै आपतकालीन अवतरण गराए पनि आगो फैलिएका कारण ४१ यात्रुको मृत्यु भएको बताइएको छ ।

    रुसी सरकारी विमान कम्पनी एरोफ्लोटले प्राविधिक कारणले विमानमा खराबी आएपछि आकस्मिक अवतरण गराइएको जनाएको छ । कम्पनीले घटनाको विस्तृत जानकारी दिएको छैन ।

    समाचार संस्था इन्टरफ्याक्सले विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपतकालीन संकेत जारी गरेको जनाएको छ । सामाजिक सञ्जालहरुमा राखिएका भिडियोमा आगो लागेको जहाजको आपत्कालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिएको छ ।

    जारी भिडियोमा अवतरण गर्दै गर्दा विमानको पछिल्लो भाग आगोको मुस्लोले ढाकेको देखिन्छ । रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुई जना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयले ५ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

    ७८ जना यात्रु रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यसैबीच उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरिएको जानकारी दिएको छ ।

    नेता किम जोङ अनको उपस्थितिमा होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ । यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन् ।

    उत्तर कोरियाली नेताले आफूले गरेको बाचा नतोड्ने पनि ट्रम्पले जनाएका छन् । गत फेब्रु्अरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो ।

    सो शिखर सम्मेलनमा अमेरिकाले उत्तर कोरियाविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउन किमले माग गरेका थिए । सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो ।

    किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ ।

    यसअघि इजरायलले प्यालेस्टाइन क्षेत्रमा गरेको कारबाहीमा कम्तीमा चारजनाको मृत्यु भएको छ । गाजापट्टीबाट चरमपन्थीहरुले २०० भन्दा बढी रकेट प्रहार गरेका थिए ।

    त्यसपछि प्यालेस्टायनी क्षेत्रमा गरिएको जवाफी कारबाहीमा एक महिला, उनकी १४ महिनाकी छोरीसहित चारजनाको मृत्यु भएको इजरायली सेनाले जनाएको हो । घटनामा केही व्यक्ति घाइते भएका छन् ।

    इजरायली सेनाले गाजापट्टीबाट प्रहार गरिएको रकेट लागेर तीनजना घाइते भएको जनाएको छ । रकेट आक्रमण भएलगत्तै इजरायलका सर्वसाधारणबीच भागदौड मच्चिएको थियो ।

    यसअघि पनि गएको शुक्रबार भएको आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका थिए । प्यालेस्टायनी आक्रमणको जवाफी कारबाहीमा चार प्यालेस्टायनीको मृत्यु भएको थियो । जसमध्ये दुईजना हमास समूहका लडाकू भएको इजरायली सेनाले जनाएको छ ।

    इजरायलमा गएको अप्रिलमा निर्वाचनकाक्रममा भएको युद्धविरामको समय सकिएपछि पुनः तनाव बढेको हो । संयुक्त राष्ट्रसंघले भने दुवै पक्षलाई युद्धविराम गर्न अपिल गर्दै आएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ