• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राजधानिबाट उडेको हेलिकोप्टर कराकासनजिक फेरी दुर्घटना, सात जनाको मृत्यु, थप बिबरणसहित

    17.6K
    SHARES

    काठमाडौं । संसारमा जतात्यताबाट भिभिन्न किसिमका ठूला – ठूला दुर्घटना तथा मानवीय क्षति हुने समाचार बाहिर आइरहेको बेला फेरी भेनेजुएलामा ठुलो सैनिक हेलिकोप्टर दुर्घटना भएको छ । उक्त भयानक दुर्घटनामा परी  ७ सैनिकको ज्यान गएको रक्षामन्त्रालयले जनाएको  छ

    राजधानीबाट  पश्चिमी प्रान्त कोएडेसका लागि उडेको हेलिकोप्टर कराकासनजिक दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाका क्रममा हेलिकोप्टरमा सबार सबै ७ सैनिक मारिएको भेनेजुएलाको रक्षामन्त्रालयले जनाएको छ ।

    रक्षामन्त्रालयले हेलिकोप्टर दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको जनाएको छ । हेलिकोप्टर दुर्घटना भएको समयमा राष्ट्रपति निकोलस मादुरो सैनिक परेडको निरीक्षणका लागि कोएडेसमा रहेको बताइएको छ । त्यस्तै रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

    मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् ।

    आगलागी कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन । स्रोतका अनुसार उडान भरेको केही बेरमै विमानमा धुँवा निस्किएको थियो । लगत्तै आपतकालीन अवतरण गराए पनि आगो फैलिएका कारण ४१ यात्रुको मृत्यु भएको बताइएको छ ।

    रुसी सरकारी विमान कम्पनी एरोफ्लोटले प्राविधिक कारणले विमानमा खराबी आएपछि आकस्मिक अवतरण गराइएको जनाएको छ । कम्पनीले घटनाको विस्तृत जानकारी दिएको छैन ।

    समाचार संस्था इन्टरफ्याक्सले विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपतकालीन संकेत जारी गरेको जनाएको छ । सामाजिक सञ्जालहरुमा राखिएका भिडियोमा आगो लागेको जहाजको आपत्कालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिएको छ । जारी भिडियोमा अवतरण गर्दै गर्दा विमानको पछिल्लो भाग आगोको मुस्लोले ढाकेको देखिन्छ ।

    रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुई जना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयले ५ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

    ७८ जना यात्रु रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यसैबीच अफगानिस्तानमा तालिवानी विद्रोही समुहले गरेको आक्रमणमा परि १३ जनाको मृत्यु भएको छ ।अफगानिस्तानको पुल ए खुमरीमा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएर विस्फोट गराइएको हो ।

    विस्फोटलगतै आक्रमणकारीहरु हातहतियारसहित प्रहरी चौकी प्रवेश गरेका थिए । विस्फोटपछि सुरक्षाकर्मी र तालीवानी विद्रोहीबीच झडपसमेत भएको छ । झडपमा दर्जनौ घाइते भएका छन् । अफगान सरकारले युद्धविरामका लागि गरेको आग्रह अस्वीकार गरेको केही समयपछि प्रहरी चौकी लक्षित आक्रमण भएको हो ।

    उता ब्रुनाईमा सरकारले समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्यदण्ड दिइने कानून फिर्ता लिएको छ । गत महिनामात्रै समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्युदण्ढ दिइने कानून बनाएको ब्रुनाई व्यापक विरोधपछि भने पछाडि हटेको हो ।

    त्यहाँको सुल्तान हसनल बोल्कियले मृत्युदण्डको व्यवस्था गरिएको नयाँ कानूनको निलम्बन अवधि लम्ब्याएका हुन् । गत अप्रिलमा यस्तो कानून बनाएपछि विश्वभर ब्रुनाईको आलोचना भएको थियो ।

    दक्षिण पूर्वी एसियाली मुलुकमा नयाँ इस्लामिक कानूनको घोषणा गर्दै समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि कडा सजायको व्यवस्था गरिएको थियो । ब्रुनाईको कानूनमा केही अपराधको निम्ति मृत्युदण्डको प्रावधान राखिएको भएपनि सन् १९५७ यता कसैलाई मृत्युदण्ड दिइएको छैन ।

    प्रतिक्रिया