• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights पत्रपत्रिका

    गगन थापालाई शिक्षा र दिलेन्द्र बडुलाई गृह मन्त्रीको जिम्मेवारी, अरु कसले कुन मन्त्रालय पाए ? लिस्टसहित

    20.9K
    SHARES

    काठमाडौं । ओली सरकारलाई काउन्टर दिन नेपाली ‘कांग्रेसले  छायामन्त्रीको सूची तयार पारेको छ । सभापति शेरबहादुर देउवाले छाया सरकारका मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाइसकेको र यसको घोषणा एक-दुई दिनमै हुने समाचार नयाँ पत्रीका दैनिकमा उल्लेख छ ।

    काँग्रेसले २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, बद्री पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ ।

    यसबारे कांग्रेसको प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले देउवासँग छलफल गरेका छन् । प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने कांग्रेस स्रोतले जनायो ।

    ‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्नका लागि छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।’

    गत २४ पुसमा बसेको पार्टी संसदीय दलको बैठकले छाया सरकार बनाउने औपचारिक निर्णय गर्दै इच्छाएका तीन मन्त्रालयको नाम पेस गर्न सांसदहरूलाई भनेको थियो । ३० भन्दा बढी सांसदहरूले गरेको प्रस्तावका आधारमा कांग्रेसले छायामन्त्रीको सूची तयार गरेको हो ।

    पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय दलका उपनेता, प्रमुख सचेतकबाहेक मन्त्री भइसकेका र केन्द्रीय सदस्यमध्येबाट छायामन्त्री बनाइँदै छ । एउटा मन्त्रालय हेर्न तीनदेखि चार सदस्य तोक्ने तयारी पनि छ । छाया सरकारमा २१ मन्त्रीसहित ६६ सांसदले भूमिका पाउनेछन् ।

    प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार मन्त्रालयमा एक संयोजक र अरू उपसंयोजक हुनेछन् । नेपाल सरकारका मन्त्रालयहरूमा भएका राम्रा कार्यको जानकारी राख्ने, कमीकमजोरी र अनियमिततालाई जनसमक्ष ल्याउने भूमिका छायामन्त्रीहरूले खेल्ने खाणले बताए ।

    कांग्रेस नेता भन्छन्– झन्डा, डन्डा र गाडी नपाउने भए पनि छायामन्त्री चुन्न प्रधानमन्त्रीलाई जस्तै गाह्रो
    छायामन्त्री भए पनि धेरै आकांक्षीबाट छान्न गाह्रो भएको कांग्रेसका एक नेताले बताए । संयोजक छान्न नसकेकैले समय लिएको उनको भनाइ छ ।

    ‘प्रधानमन्त्रीलाई मन्त्री बनाउनजस्तै हामीलाई छायामन्त्री बनाउन पनि गाह्रो भएको छ,’ ती नेताले भने, ‘झन्डा, डन्डा र गाडी नहुने भए पनि गृह, अर्थ, पर्यटनसहितका मन्त्रालयमा धेरैको दाबी हुँदा हामीलाई नाम टुंग्याउन केही समय लागेको हो । अब ढिलो हुँदैन ।’ दाबेदारहरू रिसाउने, गुटगत भागबन्डा खोज्नेजस्ता समस्या नआऊन्् भनेर पनि पहिले नै नाम घोषणा नगरिएको उनको दाबी छ ।

    उसो त आज प्रकाशित सबै पत्रिकाहरु सरकारको नीति तथा कार्यक्रममा केन्द्रित छन् । शुक्रबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको सरकारको नीति तथा कार्यक्रमलाई केही पत्रिकाले सस्तो लोकप्रियता भनेका छन् भने केहीले महत्त्वाकांक्षी ।

    नीति तथा कार्यक्रमसँग सम्बन्धित समाचारमा अन्नपूर्ण पोष्ट र राजधानी दैनिकको उस्तैउस्तै हेडलाइन छ । दुवैले आगामी आर्थिक वर्ष तीव्र विकासको वर्षको रुपमा चित्रण गरेका छन् ।

    नयाँ पत्रिका र नेपाल समाचारपत्र दैनिकले आगामी आर्थिक वर्ष २०७६/७७को नीति तथा कार्यक्रमलाई महत्त्वाकांक्षी भनेका छन् । नागरिक दैनिकले सरकारको नीति तथा कार्यक्रमलाई ‘सस्तो लोकप्रियताको पुलिन्दा’ शीर्षक दिएर टिप्पणी गरेको छ ।

    कान्तिपुर दैनिकले ‘चार वर्षभित्र दुई अंकको आर्थिक वृद्धि’ शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारको मुखपत्र गोरखापत्र दैनिकले भने नीति तथा कार्यक्रमको समाचारलाई ‘विकास र समृद्धिमा केन्द्रित’ शीर्षकमा छापेको छ ।

    आजका सबैजसो पत्रिकाहरुले नीति तथा कार्यक्रम वाचन गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेर राजतन्त्रको झल्को दिएको टिप्पणी पनि गरेका छन् ।

    नीति तथा कार्यक्रम बाहेकका समाचार पनि पत्रिकाका फ्रन्टपेजमा छन् । नागरिक दैनिकमा ‘न्यायालयमा सर्वसत्तावादको संकेत’ शीर्षकको समाचार छ । न्यायालयमा बढेको राजनीतिक प्रभावले मुलुक सर्वसत्तावादतर्फ प्रवेश गर्न लागेको पूर्वन्यायाधीशहरुको अध्ययनले देखाएको समाचारमा उल्लेख छ ।

    राजधानी दैनिकले ‘लोकसेवा आयोगले वैशाखभित्रै भर्ना खोल्ने’ शीर्षकमा समाचार छापेको छ । ५ सय स्थानीय तहले १० हजार कर्मचारी माग गरेको र लोकसेवाले वैशाखभित्रै भर्ना आह्वान गर्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

    कान्तिपुरले भृकुटीमण्डपमा व्यापारीको रजाइँ रहेको समाचार छापेको छ । बीसको दशकमा गुठीको २१४ रोपनी जग्गा अधिग्रहण गरेर खुला ठाउँ र मनोरञ्जन गर्ने स्थल थियो भृकुटीमण्डप तर अहिले कुरुप बन्दै गएको समाचारमा उल्लेख छ । भृकुटीमण्डपमा ठेलामा सामान राखिएका छन् । टहरा बनाइएका छन् । कहीँ पाल राखेर पसल राखिएका छन् ।

    प्रतिक्रिया


    आजको ट्रेन्डिङ