• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बंगालबाट २ सयको गतिमा भयानक आँधी हुरी आउने चेतावनी, ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिदै

    17.2K
    SHARES

    काठमाडौँ । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशंकामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।

    सामुद्रिक आँधी २०० किलोमिटर प्रतिघन्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

    भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले एएफपी समाचार समितिलाई उडिसा राज्यको कम्तीमा १३ ओटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्नसक्ने इलाकाबाट सारिएको बताएका छन् ।

    ‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ ।

    हाल बंगालको खाडीबाट यस समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघन्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रबार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ ।

    नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भएपनि त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने बताएको छ ।

    करिब एक हजार विद्यालय र सरकारी भवनहरुमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको बताइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिलनाडुलाई पनि यस आँधीले प्रभावित पार्नसक्ने अनुमा गरिएको छ । त्यसैले ती क्षेत्रहरुमा उच्च सर्तकतामा राखिएको छ ।

    भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गरेको हुन्छ । सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ‘ओक्खी’का कारण करिब २५० व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै, ६०० व्यक्ति बेपत्ता भएका थिए । गत अक्टोबरमा पनि सामुद्रिक आँधी ‘टिल्ली’का कारण ओडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो ।

    त्यस्तै अष्ट्रेलियामा तीन आँखा भएको अचम्मको सर्प भेटिएको छ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा तीनवटा आँखा भएको सर्प फेला परेको हो ।

    नर्दन टेरिटोरीको डार्बिन शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको हम्पटी डू शहर नजिकै सडकमा तीन आँखा भएको सर्प भेटिएको नर्दन टेरिटोरी निकुञ्ज तथा वन्यजन्तु सेवाले जनाएको छ । मण्टी पाइथन नाम दिइएको त्यस सर्प कार्पेट पाइथन प्रजातिको रहेको बताइएको छ ।

    सर्पको बनोट हेर्दा केही प्राकृतिक गडबडीका कारण टाउकोमा तीन आँखा रहन गएको वन्यजन्तु विशेषज्ञलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि सर्पले टाउकोमा भएका तीनवटै आँखाले देख्न सक्ने जनाइएको छ ।

    ४० सेन्टिमिटर लामो त्यस सर्प गत मार्चमा फेला परेको र टाउकोको बनोटका कारण उसलाई आहारा निल्न निकै कठिन हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोही कारण फेला परेको केही दिनमा नै सर्पको ज्यान गएको नर्दन टेरिटोरी निकुञ्ज तथा वन्यजन्तु सेवाले जनाएको छ ।

    सर्पको एक्स रे गर्दा सर्पको दुईवटा टाउको एकै ठाउँमा जोडिएजस्तो नदेखिएको तर, टाउकोको अस्थीपञ्जरमा तेश्रो आँखाका लागि आवश्यक सम्पूर्ण संयन्त्र रहन गएको जनाइएको छ । यद्यपि वन्यजन्तु विज्ञहरुले भने यस्ता गडबडी प्रकृति क्रमविकासमा सामान्य रहेको जनाएका छन् ।

    प्रतिक्रिया