• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    मोरङको खोलामा भेटियो आधुनिक हतियार ‘एम १६’ राइफल, यसरी लुकाएर कसले राख्यो ?

    11.6K
    SHARES

    विराटनगर । मोरङको एक खोला किनारमा आधुनिक हतियार ‘एम १६’ राइफल फेला परेको छ । जनयुद्ध कालमा नेपाली सेनाले मात्र प्रयोग गर्ने अनुमति पाएर उक्त हतियार नुनसरी-बक्राह खोला किनारमा फेला परेको हो।

    मोरङको मिक्लाजुङ गाउँपालिका- ६ नुनसरी बक्राह खोलामा एम १६ राइफल,१ थान, म्यागजिन र ६ राउण्ड गोली समेत फेला परेको छ ।खोलाबाट ढुंगागिटी उत्खनन गरिरहेको स्काभेटरले नदिजन्य बस्तु निकाल्ने क्रममा हतियार भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    नदि खनिरहेका व्यक्तिले खबर गरेपछि मधुमल्लाबाट पुगेको प्रहरीले आइतबार उक्त हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अमेरिकाको नेटो सेनाले प्रयोग गर्ने उक्त हतियार नेपालमा जनयुद्ध चल्दा माओवादीलाई सिध्याउन भनेर अमेरिकाले नेपाली सेनालाई दिएको थियो ।

    खोलामा भेटिएको उक्त हतियार जनयुद्धकालमा माओवादीले नेपाली सेनासंग कब्जा गरेर पार्टी शान्ति प्रक्रियामा आउदा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । केही महिना पहिला नेपाल कम्युनिष्ट पार्टीका एक जना नेता एलएमजी र एम १६ राइफलसहित धरानबाट पक्राउ परेका थिए । अहिले मोरङमा अर्को एम १६ राइफल फेला परेपछि एकतिर नेकपाले नै उक्त हतियार राखेको हो की भन्ने अनुमान पनि गरिन थालेको छ ।

    तर केही बर्ष पहिला माओवादीले नेपाली सेनाबाट खोसिएको सबै हतियार क्यान्टनमेन्टमा किन नराखिएको भन्ने कांग्रेस, एमालेले प्रश्न गर्दा तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले खोलाले बगाएको होला भन्ने ह्यास्यस्पद जवाफ दिएका थिए ।

    केपी ओली र प्रचण्ड नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपचि देशका विभिन्न ठाउँमा हतियार भेटिन थालेका छन् भने नेकपा आफूमाथि लगाइएको प्रतिबन्धको राजनीति जवाफ दिने बताइरहेको छ ।

    सत्तारुढ नेकपाले बिद्रोही नेकपालाई बिस्फोट र हतियारको राजनीति गर्न खोजेको भन्दै प्रतिबन्ध लगाए पनि विप्लव नेतृत्वको नेकपाले भने प्रतिबन्धको सामना गरेर भए पनि राजनीतिक गतिविधिलाई निरन्तरता दिएर राजनीतिक समस्याको समाधान राजनीतिक तरिकाले गर्न अनुरोध गरिरहेको छ ।

    प्रतिक्रिया