• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    कांग्रेस नेता रमेश अर्याल बलात्कार गर्दैगर्दा गोंगबुबाट यसरी परे प्रकाउ

    15.5K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल बलात्कार(जबरजस्ती करणी)को अभियोगमा काठमाडाैँको गोंगबुबाट पक्राउ परेका छन ।

    गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल प्रहरीबाट घटनास्थलमै पक्राउ परेका हुन । महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोंगबुमा डेरा गरी बस्ने एक युवतीकोमा रमेश अर्याल मध्यरातको १२ बजे ढोका फोरेर प्रवेश गरेर बलात्कार गरेको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा पक्राउ परेका हुन ।

    युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले बताए ।

    युवतीले अर्यालसँगै नुवाकोटकै राजु श्रेष्ठको नाममा समेत किटानी जाहेरी दिएपछि उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यद्पी प्रहरीले राजुलाई घटनास्थलमा नभेटेको जनाएको छ । स्रोतका अनुसार अर्यालले विभिन्न बहानामा ती युवतीलाइ पटक पटक बलात्कार गर्दै आएका थिए । पक्राउ परेको राति अर्यालले ती युवतीलाइ निघार्त कुटपटि समेत गरेका थिए । अर्यालले आफ्नो हत्याकै प्रयास गरेपछि युवतीले प्रहरीलाइ खबर गरेको बुझिएको छ ।

    आफ्ना नेता बलात्कारको अभियोगमा घटनास्थलबाटै पक्राउ परेपछि नुवाकोटका कांग्रेसका शीर्ष नेताले उनलाई छुटाउनका लागि प्रयास गरेका थिए तर सफल भएनन् । बलात्कारको अभियोग लागेका अर्याल निर्दोष रहेको र किटानी जाहेरी दिने उनको प्रेमीका भन्दै अनेक प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ ।

    घटनाका सम्बन्धमा शक्ति समूहले समेत चासो लिएपछि प्रहरीले समेत कांग्रेस नेताहरूलाई कुनै सहयोग गर्न नसक्नेरनमिल्ने भन्दै कानुन अनुसारनै कारबाही प्रक्रिया अघि बढ्ने बताएका थिए ।

    विदुर नगरपालिका (साविकको खड्गभञ्ज्याङ गाविस) वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका अर्याल नेपाली कांग्रेस नुवाकोटका आमन्त्रित सदस्य हुन । उनलाई पार्टी साभापति जगदिश्वरनरसिंह केसीले आमन्त्रित सदस्यको रूपमा गत मंसिरमा मनोनित गरेका थिए । उनी रणभूवनेश्वरी क्याम्पस देवीघाटको अध्यक्ष र शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख समेत हुन ।

    (काँग्रेस नेताको यो बलात्कार कर्तुतसम्बन्धि न्युज दैनिकी डटकमबाट साभार गरिएको हो ।)

    यता प्रमुख प्रतिपक्ष समेत रहेको नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ ।

    सिंहदरबारमा आइतबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रि–बजेटको छलफल अगाडि नै सरकारले नीति तथा कार्यक्रम ल्याउनु संसदीय मूल्य र मान्यताविरुद्ध हुने निष्कर्ष निर्णय गरेको छ ।

    सोमबारबाट संघीय संसदको बजेट अधिवेशन शुरु हुँदैछ । बजेट अधिवेशनमा प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउने सरकारको योजना संसदीय मूल्य मान्यता विपरीत हुने भएकाले त्यसप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले पहिले प्रि–बजेट छलफल, त्यसपछि नीति तथा कार्यक्रम र सोही अनुसारको बजेट ल्याउन सरकारलाई सचेत गराएको बताएका छन् ।

    कांग्रेसले सरकारले आफ्नो एकपछि अर्को निरंकुश गतिविधिलाई ढाकछोप गर्न पत्रकारहरूलाई समेत पक्राउ गर्ने काम गरिरहेको जनाएको छ । पत्रकारलाई थुन्ने र तर्साउने कार्य कांग्रेसलाई सैह्य नहुने चेतावनी पनि कांग्रेसले दिएको छ ।

    लोकतान्त्रिक गतिविधि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुने गतिविधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि प्रमुख सचेतक खाँडले बताए । नेपाली कांग्रेसले सरकारको अभिव्यक्ति स्वतन्त्रता तथा लोकतन्त्रमाथि अकुंश लगाउने गतिविधिविरुद्ध सदन तथा सडकमा संघर्ष गर्ने तयारी पनि गरेको छ ।

    प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउन लागेकोमा नेपाली कांग्रेसले विरोधको संकेत गरेपछि सरकारलाई चुनौती थपिएको छ । कांग्रेसले सरकारले नीति नियम र परम्परालाई उल्लंघन गरे चुपचाप लागेर नबस्ने संकेत दिएको छ ।

    यता नेपाल तरुण दलले सरकारले देशमा बेथिति गरेको भन्दै ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउने क्रममा राजधानीसहित देशभरिका जिल्लाहरूमा तरुण दलका नेता तथा कार्यकर्ताहरू दलबलसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

    उनीहरूले देशमा सरकारका कारण भइरहेको अराजकताको अन्त्यको माग पनि गरेका थिए । तरुण दलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले आफ्ना जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र समृद्धिको लागि कार्य गर्ने आशा गरेकोमा यसको उल्टो वर्तमान ओली सरकार अपराधी ढंगबाट प्रस्तुत भएको ज्ञापन पत्रमा जनाएको छ ।

    राज्य तहबाटै संरक्षित भई देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अत्याचारको विरुद्ध नेपाल तरुण दल गम्भीर ढंगबाट प्रस्तुत भई जनताको संवैधानिक अधिकारको रक्षाको लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको ज्ञापन पत्रमार्फत तरुण दलले कम्युनिष्टको अधिनायकवादी सरकारलाई चेतावनी दिएको छ ।

    ‘गत आम निर्वाचनपछि एमाले र माओवादीको एकता भई बनेको पुरातन र घोर जडशुत्रवादी तानाशाही सरकारले नेपाली जनताको लोकतन्त्रको मूल्य र मान्यता अनुसार बाँच्न र स्वतन्त्र पेशा र व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको खिल्ली उडाउँदै गरेका घोर अकर्मण्यता एवं जनतामारा र राष्ट्रघाति कार्यहरू तत्काल बन्द गरी न्यायसंगत ढंगबाट जनताका जीवनयापन र कानूनी राज्यको अवधारणासंग गाँसिएका तपशिल बमोजिमका गम्भीर विषयहरुका बारेमा न्यायिक समाधान तत्काल खोज्न नेपाल तरुण दल यस ज्ञापन पत्र मार्फत वर्तमान सरकारको ध्यानकर्षण गराउँदछ’, ज्ञापन पत्रमा भनिएको छ ।

    तरुण दलका मागहरू

    १. निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज १० महिना भईसकेको छ । यस्तो जघन्य अपराधीक घटनामा संलग्न बलात्कारी एवं हत्याराहरुको पहिचाहन र उनीहरुलाई हदै सम्मको कारवाही नभएकोमा नेपाल तरुण दल गम्भीर आपत्ति प्रकट गर्दै यस कुकृत्यमा संलग्न अपराधीहरुलाई तत्काल कानूनको कठघरामा ल्याउन र निर्मला पन्तलाई न्याय दिन नेपाल तरण दल यसै ज्ञापन पत्र मार्फत सरकार संग जोडदार माग गर्दछ ।

    यस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्न अपराधीहरुलाई लुकाउन र त्यसको ढाकछोप गर्न कतै सरकार त लागेको छैन ? हामी प्रश्न गर्न चाहन्छौँ । यस्तो अपराधमा संलग्न अपराधीहरुलाई तत्काल कारवाहीको दायरामा नल्याईएमा निर्मला पन्तलाई न्याय दिलाउन दल जुनसुकै कदम चाल्न पनि बाध्य हुने र त्यसबाट उत्पन्न गम्भीर परिणामको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी दिन चाहन्छ ।

    २. नेपाली जनताले वर्तमान सरकारका सबै तह र तप्कामा गरिएको पाइलै पिछेको भ्रष्टाचारका कारण निकै समस्या भोग्नु परेको यथार्थलाई नेपाल तरुण दलले गम्भीर ढंगबाट लिएको छ । देशमा जताततै व्यप्त वर्तमान सरकारकै संरक्षणमा भएका भ्रष्टाचारको अन्त्य गर्न र राष्ट्रलाई शून्य भ्रष्टाचारमा ल्याई जनताको दैनिक जीवनलाई सहज र सरल बनाउन दल जोडदार माग गर्दछ ।

    ३. नेपाल वायुसेवा निगममा वाईड बडी जहाज खरिदमा भएको अकुत भ्रष्टाचारको नेपाल तरुण दल घोर निन्दा र भत्र्सना गर्दछ । नेपाल र नेपाली जनताकै बेइज्जत र शिर निहुराउने गरी यस अधिनायकवादी सरकारले गरेको अरबौँको भ्रष्टाचारको तुरुन्त छानबिन गरी भ्रष्टाचारीलाई कारवाही गर्न दल जोडदार माग गर्दछ ।

    ४. एनसेलले बुझाउनु पर्ने ७० अर्ब भन्दा बढी राजस्व यस वर्तमान सरकारले विभिन्न बहाना गर्दै एनसेल संग असुलउपर नगरी नेपाली जनताको समृद्धको चाहानालाई कुठाराघात गर्दै अध्यारो कुनाबाट नाजायज तवरले राजस्व छल्नेहरु संग गरेको राष्ट्रघाती साँठगाँठको नेपाल तरुण दल घोर निन्दा गर्दै एनसेलले तिर्नुपर्ने राजस्व तत्काल असुलउपर गर्न जोडदार माग गर्दछ ।

    ५. राजधानीका जनताको दशकौ देखिको मेलम्चीको पानी खाने सपना आज वर्तमान भ्रष्टाचारी ओली सरकारको अर्कमण्यता र कुकृत्यको कारण अधुरै भई ठेकेदार कम्पनी समेत पलाएन भएकोमा नेपाल तरुण खेद प्रकट गर्दछ । वर्तमान सरकारका जिम्मेवार मन्त्री विना मगरको गैरजिम्मेवार र भ्रष्टाचारी चरित्रका कारण अबरुद्ध हुन गएको मेलम्ची परियोजना भ्रष्टाचार रहित ढंगबाट छिटो भन्दा छिटो सम्पन्न गर्न सरकार संग नेपाल तरुण दल जोडदार माग गर्दछ ।

    ६. देशका सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण गर्नुपर्ने सरकारको अहम दायित्वलाई चटक्कै बिर्सेर भूमाफियाहरु संग मिलेर वर्तमान सरकारको संरक्षणमा सरकारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको नाममा लालपुर्जा बाढ्ने काम भईरहेको तथ्य बालुवाटार प्रधानमन्त्री निवास परिसरको जग्गा काण्डबाट प्रष्ट भएको छ ।

    देशका जनताको साझा सम्पत्ति माफियाहरु संग मिलेर सरकारको संरक्षणमा व्यक्तिको नाममा हस्तान्तरण गरिने अक्षम्य भ्रष्टाचारको नेपाल तरुण दल घोर निन्दा र भत्र्सना गर्दै बालुवाटार जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायत सम्पूर्ण व्यक्तिहरुलाई हदै सम्मको कारवाहीको लागि नेपाल तरुण दल जोडदार माग गर्दछ ।

    प्रतिक्रिया