• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    हेलिकोप्टरबाट विषाक्त मासु खसालेर २० लाख जंगली बिरालो मार्दै सरकार, दियो यस्तो कारण

    20.1K
    SHARES

    काठमाडौं ।  सरकारले जंगलमा रहेका २० लाख भन्दा धेरै बिरालो मार्ने योजना अघि सारेको छ । स्थानीय वन्यजन्तुलाई नकारात्मक असर पुर्‍याइरहेको भन्दै  सरकारले २० लाख जंगली बिरालोलाई मार्ने योजना अघि सारेको हो । हाल जंगलमा २० देखि ६० लाखसम्म जंगली बिरालो रहेको अनुमान छ ।

    यस योजनाअनुसार आगामी वर्षबाट हेलिकोप्टरबाट विषाक्त मासु जंगलमा खसालेर बिरालोलाई मारिनेछ ।  सरकारले विज्ञप्ति जारी गर्दै जंगली बिरालोले  वन्यजन्तु र जंगली वातावरणलाई नकारात्मक असर पुर्‍याइरहेकाले त्यसलाई निवारण गर्नु यो कार्यक्रमको उद्देश्य रहेको जनाएको छ ।

    अठारौँ शताब्दीमा युरोपबाट बिरालो  ल्याइएको र त्यसयता बिरालोकै कारण  २७ भन्दा धेरै स्तनधारी प्राणी लोप भइसकेको बताइन्छ । यो योजना अनुसार कङ्गारुको मासु, कुखुराको बोसो र जडिबुटीमा १०८० नाम गरेको विष मिलाएर हेलिकोप्टरबाट बिरालो रहेको जंगली क्षेत्रमा चारो हालिनेछ ।

    १०८० नामक विषाक्त पदार्थ जनावरका लागि निकै नै घातक हुने गर्छ । त्यसपछि चारो खाएको १५ मिनेटभित्रै बिरालोको ज्यान जाने अनुमान छ । चारो हालेर बिरालो मार्नेबाहेक केही अवस्थामा सरकारले गोली हानेर र जालमा फसाएर समेत बिरालो मार्ने जनाइएको छ । त्यसबाहेक अष्ट्रेलियाका केही राज्यले जंगली बिरालो मारेर ल्याउनेलाई पुरस्कारको समेत व्यवस्था गरेका छन् ।

    यसअनुसार क्विन्सल्याण्ड राज्यले जंगली बिरालो मारेर ल्याए ७ अष्टे«लियन डलर उपलब्ध गराउँदै आएको छ । सरकारको यस्तो कदमको भने अष्ट्रेलियाका पशु अधिकारवादी संस्थाले भने चर्को विरोध गरेका छन् ।

    यासैसिच अमेरिकामा बस्ने अमारा मजीद एक मुस्लिम अभियन्ता हुन् । उनले विश्वभरका मुसलमानमा व्याप्त चालचलनका बारेमा अभियान चलाउने गरेकी छिन् । उनले मुसलमानको चलन तोड्ने विषयमा एक किताव लेखेकी छिन् । किताबको नाम हो–‘द फरेनर्स’ ।

    हालसालै अमारामाथि एक गम्भीर आरोप लाग्यो जसका कारण उनी निकै दुःखी भइन् । श्रीलंका सरकार र प्रहरीले गलतीले आमारालाई कोलम्बोमा भएको आत्घाती धमाकाकालागि जिम्मेवार मानेको र इस्लामिक स्टेटसँग जोडिएको संदिग्ध बताएको थिए । जब यो समाचार उनले थाहा पाइन् तब उनले ट्वीट गरिन् ।

    ‘आज विहान मलाई थाहा भयो कि श्रीलंकाको सरकारले गलत तरिकाबाट इस्टरमा आइतबार भएको हमलाको सिलसिलामा इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने संदिग्धको रुपमा मेरो पहिचान गरेको छ, यो कस्तो विहानी ।’

    आमाराले लेखेकि छिन्, ‘सबैलाई थाहा छ कि यो पूर्ण रुपमा गलत छ र म भन्न चाहन्छु कि हाम्रो समुदाय पहिलादेखि नै कडा निगरानीसँग लडिरहेको छ, कृपया मलाई यो भयानक हमालासँग जोड्न बन्द गरियोस् र आगमी दिनहरुमा यस्ता सूचना जारी गर्नुभन्दा पहिला ध्यान दिनुहोस् ।किनकी यसले कसैको परिवार र समूदायमा गहिरो असर पर्छ ।’

    आमाराको ट्वीटपछि श्रीलंकाली प्रहरीले एक वक्तव्य जारी गर्दै आफ्नो गल्तीको लागि माफी मागेको छ र भनेको छ,‘यो तस्वीरमा देखाइएकी महिला वान्टेड होइनन् ।’ आइतबार श्रीलंकाको राजधानी कोलम्बोमा विभिन्न आठ स्थानमा भएको श्रृंखलावद्ध विस्फोटमा २५० जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ