• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    हिम्मतवालिका नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’, यस्तो डरलाग्दो छ अभियोग

    17.7K
    SHARES

    काठमाडौं । मानव तस्करीको आरोप लागेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ। नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोपमा साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको हो।

    ‘रेड कर्नर नोटिस’ जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन्। चलचित्र अभिनेत्री रेखा थापासँग मिलेर गौतमले बनाएका थिए।

    कुनै बेला अभिनेत्री थापा र गौतमबीच प्रेम सम्बन्ध रहेको चर्चाले रंगबजार गर्माएको थियो । रेखाले सुदर्शनलाई काखैमा राखेर किस गर्ने अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् ।

    हाल क्यानाडामा बस्दै आएका गौतम दुई वर्षअघि अमेरिका मानव तस्करीमा तानिएका थिए। गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटीमा अलपत्र पारेका समाचार सार्वजनिक भएको थियो ।

    फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो। हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका छिराउने योजना रहेको पानीजहाज बिग्रिएपछि उनीहरु बहामास भन्ने देशमा पक्राउ परेका थिए।

    पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो। त्यहाँबाट अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो। अनुसन्धानकै क्रममा गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

    उनी अदालत उपस्थित नभएपछि नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)लाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा उनीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीले जानकारी दिए ।

    कलाकार बनाएर मानव तस्करी -प्रहरीका अनुसार उनीहरूलाई नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेले पु(याएका थिए । त्यसपछि अमेरिका लैजाने जिम्मा भने गौतमले लिएका थिए ।

    उनीहरूलाई संस्कार नामक चलचित्रका कलाकार तथा प्राविधिक बनाएर अमेरिका लगिँदै थियो । त्यसमध्ये सागर, लेकबहादुर, अनिल र सुरजलाई भने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरिसकेको छ ।

    महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले मानव तस्करीमा हिम्मतवाली चलचित्रका नायक सुदर्शन गौतमको संलग्नता देखिएको बताए । उनले भने, ‘हामीले केहीलाई पक्राउ गरेका छौँ । केही निगरानीमा छन् । उनीहरूको बयान सुन्दा सुदर्शन गौतमको पनि संलग्नता देखिन्छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

    यी रुट हुँदै अमेरिका गएका थिए तीन युवती – प्रहरीका अनुसार बाँके कोहलपुरका जसोदा र पुष्पलाई सागर, लेकबहादुर, अनिल र सुरजको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बैंकक लगे । बैंककमा दुई महिना राखे ।

    त्यसपछि मलेसिया लगे । त्यहाँ १२ दिन राखे । अनि सिंगापुर लगे । त्यहाँ ८ दिन बिताए । फर्काएर उनीहरूलाई भारतको दिल्ली ल्याइयो । दिल्लीमा ६ दिन राखियो । भक्तपुरकी सुमित्रा कुँवरलाई पहिले नै त्यहाँ राखिएको रहेछ । त्यहाँबाट तीनैजना ‘संस्कार’ फिल्मको सुटिङका लागि हाइटी जान लागेको भन्दै नक्कली कागजात बनाइयो ।

    सोही कागजातका आधारमा तीनैजनालाई दिल्लीबाट रसियाको मस्को हुँदै स्पेनको म्याड्रिड, बोगटा लगियो । त्यसपछि सबैलाई डोमेनिकन रिपब्लिक लगियो । करिब एक महिनाको बसाइपछि उनीहरूलाई हाइटीको राजधानी पोर्ट अफ प्रिन्स लगियो । त्यहाँ ३ महिना राखियो । त्यसपछि उनीहरूलाई हाइटीकै अर्को सहर पोर्ट अफ वे लगियो ।

    त्यहाँबाट पानीजहाज चढाएर पोभो लगियो । यहीक्रममा जहाजको इन्जिन बिग्रियो । १८ दिनसम्म जहाज समुन्द्रमै बेवारिसे बन्यो । यसक्रमा भक्तपुरकी सुमित्राको जहाजमै ज्यान गयो । अन्य भने बेहोस बने । यहीबीचमा बाहमासका सुरक्षाकर्मीले अलपत्र जहाज भेटे ।

    प्रतिक्रिया