• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    10.1K
    SHARES

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको असन्तुष्टि बाहिर आउन थालेको छ । पूर्व माओवादी नेताहरु ओलीको कार्यशैलीप्रति असन्तुष्टि रहेका बेला पार्टी अध्यक्ष प्रचण्ड भने खुलेर आलोचना गर्न सकेका छैनन् ।

    तर घुमाउरो शैलीमा भने उनले असन्तुष्टि भने पोख्न थालेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले पार्टीभित्र आफु अनुकूलतामा निर्णय गर्दै आएको पूर्व माओवादी नेताहरुको भनाइ छ । ओलीसँग पुर्वएमालेकै नेताहरु पनि असन्तुष्ट छन् ।

    यसैबीच बुधबार मात्रै प्रचण्डले नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न अभियान चालिने बताएका छन् । पार्टीभित्र केहि जडसुत्रवादी रहेकोतर्फ इसारा गर्दै उनले पार्टी शुद्धीकरणको अभियानसँगै विकासलाई तीव्रताका साथ अगाडि बढाउने बेला आएको बताएका छन् ।

    बुधबार ललितपुरको श्री सिद्धिमंगल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रचण्डले अब पार्टीले जनचाहनाबमोजिम नै पार्टी विकास र एकतामा अगाडि बढ्ने बताएका हुन् ।

    ‘नेपाली जनताले कम्युनिस्ट पार्टीको नेतृत्वमा जे देखेका छन् कम्युनिस्ट पार्टी जडसूत्रवादी होइन र अवसरवादी होइन भनेर स्थापित गर्नुछ’, प्रचण्डले भने, ‘एकतालाई नयाँ स्थितिमा अगाडि बढाएर जनतामा के होला के होला भन्ने स्थितिको अन्त्य गरेका छौँ । अब अभियान लिएर जिल्ला जिल्लामा जाँदैछौँ ।’

    प्रचण्डलेले छिट्टै पार्टीका केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने पनि बताएका छन् । भवनको उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए । यस वर्ष पार्टीको संगठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए ।

    पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानुन निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको सुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको सुरुआत भएको बताउँदै भने–‘हामीले निर्वाचनको समयमा गरेको संकल्पअनुसार नै विकासको काम सुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ ।’

    उनले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको संकेत देखिन थालेको बताए । पहिले निजी विद्यालयमाभन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भएपनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्नसक्ने भएको उनले प्रस्ट पारे ।

    लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्नेखालको भएपनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । उनले भने–‘सामुदायिक विद्यालयहरु यसरी नै सुधार हुँदै जाने हो भने केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिकमै केन्द्रित हुनेछन् ।’

    यसैबीच आफूभन्दा जुनियरलाई अध्यक्ष बनाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रुपन्देही जिल्ला सचिवमा मनोनित भएका नेता दधिराम न्यौपानेले राजीनामा दिएका छन् ।

    एकताका लागि पूर्व माओवादी र एमालेमा भागबण्डा हुँदा रुपन्देहीको अध्यक्ष एमालेको भागमा परेको थियो । एमालेले प्रदेश सदस्य एवं बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई अध्यक्ष बनाएको छ भने पूर्व माओवादी केन्द्रको भागमा परेको सचिवमा न्यौपाने मनोनित भएका थिए ।

    आफूभन्दा जुनियरलाई अध्यक्ष बनाएपछि असन्तुष्ट भएर न्यौपानेले मंगलबार राजीनामा दिए पनि त्यसको कारण भने अन्य नै बताएका छन् । उनले प्रदेश ५ इन्चार्ज शंकर पोखरेललाई भेटेरै राजीनामा र पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत राजीनामा बुझाएका छन् ।

    राजीनामा पत्रमा उनले नयाँलाई अवसर दिन र आफू प्रदेशसभाको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने उल्लेख गरेको बताइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ