• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमाले-माओवादी पार्टी एकता- प्रचण्डले कति जिल्लामा पाए अध्यक्ष ? नामसहित हेर्नुहोस्

    23.2K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो ।

    माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको बताइएको छ ।

    नेकपाले ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । एमालेतर्फबाट अध्यक्ष भएको जिल्लामा माओवादीबाट सचिव र माओवादीबाट अध्यक्ष भएको जिल्लामा एमालेबाट सचिव बनाइने भएको छ ।

    यसका लागि सविकका जिल्ला अध्यक्ष/संयोजकहरुलाई नेतृत्व दिइने छ । तर, नेताहरुले सचिवको ठाउँमा सहअध्यक्ष बनाउने गरि समेत छलफल चलाएका छन् । खासगरी पूर्वएमालेबाट नेताहरुको घटुवाप्रति असन्तुष्टि आएपछि यस विषयमा शीर्ष तहमा छलफल चलेको हो ।

    यता, स्रोतले माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि उपलब्ध गराएको छ । जस अनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । यसैगरी, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ ।

    नेकपाको एकता टुंगो लागेसँगै आज (सोमबार) घोषणा हुँदै छ । नेकपाका शीर्ष नेताबीच आइतबार राति बालुवाटार बैठकमा सहमति जुटेपछि आज जिल्ला कमिटीको घोषणा हुन लागेको हो ।

    ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११ महिनापछि जिल्ला कमिटीले पूर्णता पाउँदै छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ६०–४० को भागबण्डाका आधारमा सहमति जुटाइएको छ ।

    नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच विगत एक सातादेखि गहन छलफलपश्चात सहमति जुटेको छ ।

    पछिल्लो समय गठन भएको एकता कार्यदललाई विघटन गर्दै सचिवालय कमिटीले जिल्ला तहको नेतृत्व टुंगो लगाउन शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएको थियो । ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

    ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ । लामो गृहकार्यपश्चात् नेतृत्व टुंगो लाग्ने भएको हो ।

    अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेता निरन्तर छलफल गर्दै जिल्ला तहको एकता टुंगो लगाउन सफल भएका हुन् ।

    यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको छ । जिल्ला तहको एकता टुंगो लागे पनि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता भने अझै टुंगो लागेको छैन ।

    यी हुन् माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु

    प्रदेश १- ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
    सुनसरी : रामकुमारी चौधरी
    उदयपुर : विनोद कटुवाल दिनेश
    खोटाङ: देवान चाम्लिङ
    ओखलढुंगा : मोहन कुमार खड्का

    प्रदेश २- बारा : गोपाल ठाकुर
    सर्लाही : डाचाराज वाग्ले
    धनुषा : जोखकुमार बर्बरीया
    सिराहा : रामकुमार यादव

    प्रदेश ३- चितवन : यमवहादुर परियार
    सिन्धुली : राजन दाहाल
    नुवाकोट : हिरानाथ खतिवडा
    काभ्रे : रुकु चौलागाई
    रामेछाप : मैनकुमार मोक्तान (मदन)

    गण्डकी प्रदेश – गोरखा : जगन्नाथ खनाल
    लमजुङ : मधुमाया अधिकारी
    म्याग्दी : गोविन्द पौडेल
    स्याङजा : पारस गैरे

    प्रदेश ५ – बांके: आइपी खरेल
    बर्दिया: भवनकुमार थारु
    रोल्पा: सुरेन्द्र थापा धु्रव
    पूर्वी रुकुम: मेघबहादुर श्रेष्ठ
    नवलपरासी: राजुप्रसाद हरिजन

    कर्णाली प्रदेश- रुकुम पश्चिम: गोपाल शर्मा (अनल)
    जाजरकोट: ढकविर राना
    जुम्ला: सुरेश पहाडी
    हुम्ला: विजय भण्डारी
    कालिकोट: दुर्गबहादुर रावत
    मुगु: सुखवीर बुढा

    सुदुरपश्चिम प्रदेश – दार्चुला: गणेश खत्री
    डडेलधुरा: मानसिंह माल
    कञ्चनपुर: वीरबहादुर थापा
    वझाङ: कलकबहादुर खड्का

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ