• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गिरफ्तार नेता कार्यकर्ता रिहा गरेर तत्काल दमन नरोकिए परिस्थिति भयावह बन्नसक्छ- अध्यक्ष जंगली

    6K
    SHARES


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा सङ्गठन नेपालले आफ्नो पार्टी र सङ्गठनमाथिको हस्तक्षेप र दमन बन्द गर्न केपी ओली सरकारसँग माग गरेको छ ।

    सङ्गठनका केन्द्रिय सदस्य तथा काठमाडौं  जिल्ला अध्यक्ष कुबेर र नेकपा काठमाडौं जिल्ला सचिबालय बबि श्रेष्ठलाई बिनाकारण गिरफ्तार गरी झुट्टा मुद्धा लगायको भन्दै युवा सङ्गठनले घोर भ्रत्सर्ना गरेको छ ।

    आइतबार युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले एक विज्ञप्ति सार्वजनिक गर्दै गिरफ्तार पार्टी र सङ्गठनका सबै नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । सङ्गठनका काठमाडौं अध्यक्ष कुबेर, पार्टीका काठमाडौं जिल्ला सचिबालय बबिसहित पार्टी स्थायी समिति सदस्य हेमन्त ओली र पोलिटब्युरो सदस्य जीवन्तलगायतका सबै नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहा गर्न उनले माग गरेका हुन ।

    ‘भ्रष्टाचार बिरोधी आन्दोलनका क्रममा गिरफ्तार पर्नुभएका हाम्रो पार्टीका स्थायीसमिति सदस्य क. शुदर्सन, पोलिटब्युरो सदस्य क. जीवन्त र पार्टीका सीसीएमहरु लगायत सम्पुर्ण कमरेडहरुलाई बिनासर्त रिहा गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ- ‘अन्यथा देशमा ठुलो भयावह स्थिति सृजना हुने निश्चित देखिन्छ र यसको सुरुवात केपि-पिकेहरुले गरिसकेका छ्न ।’

    यतिबेला देशी बिदेशी प्रतिकृयाबादी शक्तिहरु दिलो ज्यान दिएर देशलाई जबर्जस्त गृहयुद्धमा धकेल्न लागिपरेको भन्दै अध्यक्ष जंगलीले त्यसको उदाहरण आफ्नो पार्टीमाथिको प्रतिबन्ध रहेको बताएका छन् । नेकपामाथि दमन गरेर ओली सरकार आफ्नो असफलता र आफ्ना अनगन्ती काला कर्तुतहरु लुकाउन जनताको ध्यान अन्यत्रै मोड्ने कुचेष्टा गरिरखेको उनको दावी छ ।

    उत्पीडित तथा श्रमजिबि नेपाली युवाहरुको अग्रदस्ता सङ्गठन युवा सङ्गठन नेपालले लामो समयदेखि भ्रष्टाचार र राष्ट्रघात लगायतका बिषयमा संघर्ष गर्दै आएको जिकिर गर्दै अध्यक्ष जंगलीले भनेका छन् – ‘कथित बाम सरकारका नाममा गठित केपि-प्रचण्डको झुण्डले इतिहासका सबै काण्डहर लाई बिर्साइ दिनेगरी ब्रह्मलुट मच्चाइरहेको सबैमा छर्लङ छ । जनताको जनमतलाई ब्यापक दुरुपयोग गर्दै आफ्नो लुटको स्वर्ग बनाउने कुचेष्टा गरिरहेका छन ।’

    जनताका न्यायपुर्ण मुद्धाहरुलाई सम्बोधन गर्नुको साँटो दमन गर्ने नीति लिएको ओली सरकारबिरुद्ध युवा सङ्गठन अझ शशक्तरुपमा प्रतिरोध गर्न तमतयार रहेको उनले बताएका छन् ।

    बिना कारण गिरफ्तार गरिएका सबै नेता कार्यकर्तालाई बिनासर्त तत्काल रिहा नगरे देशमा ठुलो भयावह अवस्था आउनसक्ने उनको चेतावनी छ । साथै ओली सरकारको ज्यादतीबिरुद्ध बोल्न र लेख्न सम्पुर्ण देशभक्त, राष्ट्रबादी शक्ती, बुद्धिजीवी, मानवअधिकारबादी, बामपन्थी शक्ति, लोकतान्त्रिक शक्ति, ब्यापारी, वकिल, पत्रकारलगायत सबैमा उनले अपिल समेत गरेका छन् ।

    प्रतिक्रिया