• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डको यस्तो घोषणाले ओली मख्ख, नेता कार्यकर्ता चकित

    13.8K
    SHARES

    काठमाडौं । । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले पार्टी एकता टुंगिएको घोषणा गरेका छन् । सोमबार औपचारिक रुपमा घोषणा हुने उनले जानकारी दिए ।

    आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए। कार्यक्रममा सहभागी हुन आउनुअघि आफूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि प्रचण्डले दिए ।

    पार्टी सचिवालयले आज बेलुका गर्ने निर्णयको औपचारिक घोषणा सोमबार हुने प्रचण्डले बताए । ‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ,’ प्रचण्डले भने, ‘अब एकता टुंगियो । यसमा कुनै शंका नलिन अपिल गर्दछु ।’ अध्यक्ष प्रचण्डले पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार बनाएको प्रष्ट पारे।

    उनले तीन महिनामा टुंग्याउने भनेको एकता प्रक्रियालाई लामो समय लागेपछि नेता कार्यकर्ता र आम जनतामा चिन्ता सुरु भएको भन्दै अब त्यसको अन्त्य भएको बताए। जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको बताए।

    आजै साँझ पाँच बजे बस्ने सचिवालयको बैठकले सम्पूर्ण कुरा टुंग्याउने उनको दावी थियो । आज विहान बालुवाटारमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच भएको छलफलपछि यो समझदारी भएको थियो ।

    यसअघि शुक्रबार दुवै अध्यक्षको परामर्शपछि महासचिव पौडेलले शनिवार बिहानै बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । पौडेल आइतबार बिहानैदेखि शीर्ष नेताहरुसँग परामर्शमा छन् ।

    एमालेले पाएका ४५ जिल्ला नेतृत्वको जिम्मेवारी विधि र मापदण्ड बनाएरमात्र दिनुपर्ने अडान नेता नेपालले लिँदै आएका छन्। अध्यक्ष ओलीले आफू अनुकूल जिल्ला नेतृत्व चयन गर्नसक्ने आशंकामा कारण नेपालले विधि र मापदण्ड निर्माणको माग गरेका हुन्।

    एकताका लागि अध्यक्ष प्रचण्डले जनप्रतिनिधिलाई जिल्ला नेतृत्वमा नल्याउने यसअघिको निर्णय संसोधन गर्ने प्रस्ताव राखेका छन्, त्यसमा ओली र नेपाल दुबै सकरात्मक देखिएका छन्।

    स्रोतका अनुसार विभिन्न मापदण्डमा छलफल हुँदा पनि विशेषगरी पूर्वएमालेभित्र केपी ओली र माधव नेपाल समूहबीच सहमति हुन नसकेपछि जनप्रतिनिधिलाई जिल्ला नेतृत्वबाट बञ्चित नगर्ने समझदारी नजिक नेताहरु पुगेका छन् । यसअघि साबिक एमालेको जिल्ला अध्यक्ष रहेका नेताहरु अहिले जनप्रतिनिधि भए पनि उक्त जिल्ला अध्यक्ष एमालेको भागमा परेमा सोही जिम्मेवारीमा रहन पाउनेछन् ।

    अध्यक्ष प्रचण्डको प्रस्तावमा ओली र नेपाल सहमत भएपछि जनप्रतिनिधिले पार्टीको कार्यकारी भूमिकामा पनि रहन पाउने समझदारी नजिक नेताहरु पुगेको स्रोतले जनाएको छ । त्यसो गर्दा जिल्ला अधिवेशनको मितिसमेत तोकेर जिम्मेवारी दिइनेछ ।

    यता नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतमले बारम्बार राखेको प्रस्ताव दुई अध्यक्षले घाममा सुकाइदिएका छन् । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच एक व्यक्ति एक पदको अवधारणामा मात्रै पार्टी चल्न नसक्ने सहमति भएपछि गौतमको प्रस्ताव अलपत्र परेको हो ।

    आइतबार साँझ सचिवालयको बैठकमा सहमतिको खेस्रालाई प्रस्तावमा राखिनेछ । जनप्रतिनिधि पनि पार्टीका विभिन्न कमिटीका कार्यकारी भूमिकामा रहनसक्ने प्रस्ताव सचिवालयमा पर्नेछ ।

    गौतमले एक व्यक्ति एक पदको वकालत गर्दै पार्टीमा खटेका अन्यले मौका पाउनुपर्ने बताउँदै आएका थिए । सचिवालयको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अध्यक्ष पद छाडी प्रधानमन्त्रीमात्र बस्नुपर्ने बताएका थिए ।

    गौतमले सचिवालय बैठकमा लिखित मागपत्र र अवधारणा नै प्रस्ताव गरी पार्टी एकल अध्यक्ष प्रणालीमा जानुका साथै, एक व्यक्ति एक पद हुनुपर्ने जिकीर गरेका थिए ।

    प्रतिक्रिया