News Portal

  • मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल दोस्रो स्थानमा उक्लियो

    संचारकेन्द्र संवाददाता
    ३६ पटक

    काठमाडौं । १९ वर्ष मुनिकाे विश्वकप क्रिकेट प्रतियाेगिताकाे छनाेट खेलमा नेपालले मलेसियालाई शानदार ढंगले पराजित गरेकाे छ । आइसिसी यू-१९ विश्वकप छनोटमा सोमबार नेपाली टाेलीले मलेसियालाई ८ विकेटले पराजित गरेकाे हाे । यससँगै अब नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

    मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको ९३ रनको सामान्य लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो।

    यो जितसँगै नेपाल ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको हो। त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो।

    ६ टोली सम्मेलित प्रतियोगिताको शीर्षमा रहने टोली २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनेछन्। नेपाल र यूएई दुबैले अब २-२ खेल खेल्न बाँकी छ।

    तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिएपनि यूएईविरुद्धको खेलमा वर्षाले विथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पछि परेको थियो। उक्त खेलमा २ अंक गुमाएपछि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ।

    टस हारेर ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। उसका लेज्जट ड्यानियल फिक्रेले ५५ बलमा ३७ रन बनाएका थिए। त्यसबाहेक ममुहम्मद आमिले १३ र हाकिम हिर्सनले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

    नेपालका पवन सर्राफ र कुशल मल्ले ३-३ विकेट लिए। ८.३ ओभर बलिङ गरेका पवनले १ ओभर मेडन राख्दै १३ रनमात्रै खर्चिएका थिए। यस्तै ८ ओभर बलिङ गरेका कुशलले २ ओभर मेडन राख्दै २० रन खर्चे। उनीहरुसँगै कमलसिंह ऐरीले २ तथा सागर ढकालले १ विकेट लिए।

    जवाफी ब्याटिङमा नेपालका ओपनर रित गौतमले ३९, आसिफ सेखले २६ र पवन सर्राफले १९ रन जोड्दै नेपाललाई सहज जित दिलाए। ४५ बल खेलेका रितले ५ चौका प्रहार गरे। यस्तै १८ बल खेलेका आसिफले ३ चौका र १ छक्का प्रहार गरेका थिए।

    २०७६ बैशाख २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...