News Portal

  • एकाबिहानै फेरी सुदूरपश्चिममा भूकम्प, केन्द्रविन्दु बझाङ, नयाँ बर्षको सुरुवातमै घटनै घटना

    संचारकेन्द्र संवाददाता
    १६९ पटक

    चैनपुर । नयाँ बर्षको सुरुवातमा देशमा बिभिन्न घटना घटिरहेको छन् । बैसाख १ गते नयाँबर्षकै सोलुखुम्बुमा ठुलो दुर्घटना भयो । यक्त दुर्घटनामा ३ जनाको ज्यान गयो ।

    त्यस्तै नयाँ बर्षकै दिन सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो । ति घटना सेलाउन नपाउदै सोमबार फेरी सुदूरपश्चिममा भूकम्प गएको छ । बझाङ केन्द्रबिन्दु बनाएर साेमबार बिहानै ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

    सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी दिए । आसपासका जिल्लासम्म भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे ।

    लुक्लामा यसरी भयो बिमान दुर्घटना

    सोलुखुम्बुको लुक्ला विमानस्थलमा मनाङको एयरको हेलिकप्टर ल्याण्ड भयो। केहीबेर उक्त हेलिकप्टर पार्किङतिर गयो। पार्किङमा हेलिकप्टरलाई सहजताका दुई जना प्रहरी पनि नजिकै गए।

    पर्यटक प्रहरीमा कार्यरत असई रामबहादुर खड्का र विमानस्थल सुरक्षामा खटिएका रूद्रबहादुर श्रेष्ठ हेलिकप्टरको नजिकै थिए। लुक्ला प्रहरीका अनुसा त्यही बेला समिट एयरको जहाज रामेछापको मन्थली विमानस्थलका लागि टेकअफ गर्दै थियो।

    तर जहाज धावनमार्गबाट उड्न सकेन बरू धावनमार्गबाट चिप्लियो। आएर हेलिकप्टरसँग ठोक्कियो। ठोक्किएका जहाज र हेलिकप्टरले दुई जना असईलाई पनि ठक्कर दिए।

    सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।

    श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।

    दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

    दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

    प्रजिअ रानाका अनुसार आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । ‘हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट आएको छ,’ प्रजिअ रानाले भने ।

    यता लुक्लाबिमान दुर्घटना भएको ४ घण्टा नबित्दै सर्लाही जिल्लामा बस दुर्घटना भएको छ । सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित सडक खण्डमा आइतबार बिहान बा.३ ख १३१८ नम्बरको बस पल्टेर दुर्घटना भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

    प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका ९ का ४० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै दुहबी नगरपालिका बस्ने २३ वर्षीय अनिल उराव र मोरङको बूढीगंगा गाउँपालिका ६ बस्ने २२ वर्षीय बबली राउत रहेका छन् ।

    उनीहरुको लालबन्दीस्थित सिटी केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । घाइतेमध्ये चार जनालाई विराटनगर र बाँकीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरु बस रिजर्भ गरेर जाने क्रममा दुर्घटनामा परेको हो ।

    २०७६ बैशाख २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...