News Portal

  • आज सार्वजनिक विदा, मन्त्री आफैले निकाले यस्तो विज्ञप्ति

    संचारकेन्द्र संवाददाता
    ६२९ पटक

    काठमाडौं । सरकारले आज वैशाख २ गते सोमबार जुडशितल पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

    आन्तरिक मामिला तथा कानूनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका हुन, यो प्रदेश २ काे खबर हाे

    मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरि शीतलता, सुख, शान्ति, एवं दीर्घायुको कामना गरी आशीर्वाद दिने चलन छ ।

    रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ ।

    यता संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

    यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको छ ।

    सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक निकायले २० लाखभन्दा बढी लागत अनुमान भएको खरिद कार्य बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ ।

    ‘सचिवालयले यो वर्ष दुई करोड ९७ लाखको मालसामान खरिद तथा विभिन्न मर्मत कार्य बोलपत्र आह्वान नगरी सीधै खरिद गरेको देखियो,’ शुक्रबार सार्वजनिक महालेखाको ५६औँ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘नियमावलीमा भएको व्यवस्थाको पालना गरी खरिद कार्य गर्नुपर्दछ ।’

    सार्वजनिक खरिद ऐनको दफा ६६ उपदफा २ अनुसार सार्वजनिक निकायका प्रमुखले तत्काल गर्नुपर्ने खरिदसम्बन्धी विस्तृत विवरणको जानकारी एक तहमाथिको अधिकारीलाई दिनुपर्छ । तर, संसद् सचिवालयले महासचिवको स्वीकृतिविनै सचिवको मात्र स्वीकृतिमा विभिन्न कम्पनीलाई झन्डै दुई करोड रुपैयाँ भुक्तानीसमेत गरेको छ ।

    संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत दुई करोडभन्दा बढी खर्च गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाललगायत समिति सभापति तथा सचिवको कार्यकक्ष निर्माणका लागि भन्दै सचिवालयले काम अघि बढाएको विषयमा अख्तियारले दुई–दुईवटा पत्र पठाइसकेको छ ।

    सचिवालय स्रोतका अनुसार अख्तियारले के–कति प्रक्रिया पूरा गरी के–कति रकमबराबरको निर्माण कार्य गरिएको हो, त्यसको जानकारी पठाउन भन्दै सचिवालयलाई पहिलो पत्र पठाएको थियो ।

    २०७६ बैशाख २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...